अलैँची उत्पादन घट्यो, मूल्य बढ्यो

खोटाङमा अलैँची उत्पादन घटेको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष जिल्लामा २५.२१ प्रतिशतले अलैँची उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र खोटाङले जनाएको छ । जिल्लामा अघिल्लो वर्ष ७८७.३६ मेट्रिक टन अलैँची उत्पादन भएको थियो भने यो वर्ष १९८.५२ ले घटेर ५८८.८४ मेट्रिक टन उत्पादन भएको ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख हरिनारायण राईले जानकारी दिनुभयो ।