सिनियर अहेवको ९० लाख सम्पत्ति गैरकानूनी !

काठमाडौं: स्याङ्जाको चापाकोटका सिनियर अहेवको ९० लाखभन्दा बढी सम्पत्ति गैरकानुनी देखिएकाे छ।चापाकोट नगरपालिकाका सिनियरअहेव विन्दु कोइरालाले सार्वजनिक सेवामा नियुक्ति पाएको २०५४ कात्तिक ५ गतेदेखि २०७८ मंसिर २१ गतेसम्मको आयव्यय जाँच गर्दा ९० लाख ३९ हजारकाे स्रोत नखुलेको पाइएकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएकाे छ।उनले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको उजुरी परेपछि अनुसन्धान थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोइराला र उनकी श्रीमती गीतालाई प्रतिवादी बन

सम्बन्धित सामग्री

गैरकानूनी सम्पत्ति आर्जनमा उपकुलपति दासलाई सफाइ

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकूलपति बलभद्रप्रसाद दासले गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा सफाइ पाएका छन् । आइतबार विशेष अदालतले उनीसमेत उनकी श्रीमती पुनम दासमाथि कसूर पुष्टि नहुने फैसला गरेको...

गैरकानूनी सम्पत्ति कमाएको आरोपमा सजाय गर्न माग

१२ पुस, काठमाडौं । निलम्बित सहसचिव चुडामणि शर्मालाई गैरकानुनी सम्पत्ति आर्जनको अभियोगबाट सफाइ दिने विशेष अदालतको निर्णयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । विशेष अदालतको त्रुटिपूर्ण निर्णयका कारण आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मासहित उनकी पत्नी कल्पना उप्रेतीले सफाइ पाएको भन्दै अख्तियारले उनीहरुलाई कसुरदार ठहर गर्न माग गरेको छ । १८ जेठ, […]

अकुत सम्पत्ति आर्जन गर्ने मिश्रविरुद्ध मुद्दा दायर

काठमाडौं : सार्वजनिक सेवामा रहँदा साढे ७२ लाख अकुत सम्पत्ति आर्जन गर्ने वन अधिकृतविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ।मध्यपश्चिम क्षेत्रीय वन निर्देशनालय सुर्खेतका सहायक जिल्ला वन अधिकृत विष्णुकान्त मिश्रले पदमा बहाल रहँदा गैरकानूनी रुपबाट सम्पत्ति आर्जन गरी पदीय हैसियत नमिल्दो उच्च जीवनस्तर यापन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।मिश्र सेवा प्रवेश गरेको २०३६ सालदेखि २०७० सालसम्मको अवधिमा उनले ७२ लाख ५२ हजार ४८० रूपैयाँ गैरकानूनी रुपमा स

सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक मन्त्रिपरिषदमा

२२ माघ, काठमाडौं । गैरकानूनी सम्पत्ति आर्जन गर्ने परिपाटीलाई निरुत्साहित गर्न विभिन्न १८ वटा कानून संशोधन गर्ने विधेयक सोमबारको मन्त्रिपरिषदमा पेश हुने भएको छ । कानून मन्त्रालयले विधेयकको मस्यौदा स्विकृत गरेर आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा दर्ता गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार, मन्त्रिपरिषदमा पेश भएको विधेयक दफावार छलफलका लागि विधेयक समितिमा पेश […]

नासुको सम्पत्ति झण्डै ५ करोड, विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं : जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झाको २ करोड ४४ लाख ७१ हजार १०५ रुपैंयाको सम्पत्ति स्रोत नखुलेको भन्दै बुधबार विशेष अदालत काठमाडौं आरोप पत्र दायर गरेको हो। झाले गैरकानूनी रुपमा कमाएको अकुत सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति उनकी श्रीमती मिनादेवी झा र छोराहरु दिवाकर, शिवाकरण र करुणकर झाको नाममा राखेको देखिएकाले जफतका लागि उनीहरु

६ करोड भन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गर्ने कर्मचारी अख्तियारकाे फन्दामा

काठमाडौं : झापा कलवलगुडीस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीले ६ करोड रुपैँयाभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको खुलेको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार भण्डारीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।भण्डारीले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी आयआर्जन गरेको पाईएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। आराेपी भण्डारीले

लम्बोदर न्यौपाने विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

२७ माघ, काठमाडौं । गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेसहित कलेजका तत्कालिन सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण गरेको आरोपमा मुद्दा दायर गरेको हो । न्यौपानेमाथि १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोप छ । […]

सरकारी वकिल रहँदा ६१ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेपछि अख्तियारको मुद्दा

उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता (हाल निलम्बित) सुरेन्द्रबहादुर थापाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो कायम गरी थापाविरुद्ध आरोपपत्र दायर गरिएको जनाएका छन् ।  थापाले विभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । विज्ञप्तिमा उल्लेख...