सरकारी वकिल रहँदा ६१ लाख गैरकानूनी सम्पत्ति आर्जन गरेपछि अख्तियारको मुद्दा

उच्च सरकारी वकिल कार्यालय पोखराका तत्कालीन सहन्यायाधिवक्ता (हाल निलम्बित) सुरेन्द्रबहादुर थापाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै ६१ लाख २ हजार ७६ रुपैयाँ बिगो कायम गरी थापाविरुद्ध आरोपपत्र दायर गरिएको जनाएका छन् ।  थापाले विभिन्न कार्यालयमा पदमा बहाल रहँदा स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । विज्ञप्तिमा उल्लेख...

सम्बन्धित सामग्री

दुई फरक भ्रष्टाचारको आरोप लागेका सरकारी वकिल थापालाई एकसाथ सफाइ

१७ जेठ, काठमाडौं । विशेष अदालतले दुई फरक प्रकृतिका मुद्दालाई एकैसाथ हेरेर आरोपितलाई सफाइ दिएको छ । घुस प्रकरण र गैरकानूनी सम्पत्ति आर्जनको मुद्दाका आरोपित सरकारी वकिल (सहन्यायाधीवक्ता) सुरेन्द्रबहादुर थापालाई विशेष अदालतका सदस्यहरु रमेशकुमार पोखरेल, बलभद्र बास्तोला र डा. खुसीप्रसाद थारुको इजलासले सोमबार सफाइ दिएको हो । थापामाथि अख्तियारले तीन वर्षको फरकमा मुद्दा चलाए पनि […]