काठमाडौं । डेनमार्कलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको नक आउट चरणमा पुगेको छ । शनिबार राति भएको खेलमा डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्स कतारमा जारी फिफा विश्वकपको राउण्ड अफ सिक्सटिनमा पुग्ने पहिलो टोली बनेको हो । डेनमार्क विरूद्धको खेलमा फ्रान्सलाई विजयी गराउन किलियन एम्बाप्पेले दुई गोल गरेका हुन् । डेनमार्कको लागि क्रिश्चियनसनले एक गोल फर्काएका छन् […]