बलिउड अभिनेत्री शिल्पा सेट्टी र राज कुन्द्राको विषय फेरि चर्चामा आएको छ । अहिले भने उनीहरूको सम्बन्धविच्छेद हुने खबरले चर्चा पाएको हो ।
समाचारअनुसार राजलाई हिरासतमा लिएपछि शिल्पा र उनको सम्बन्ध कमजोर बनेको छ । यही कारण शिल्पा अब राजसँग बस्न चाहँदिनन् र शिल्पाले राजसँग सम्बन्धविच्छेद गर्न लागेको खबर आएका छन् ।
यद्यपि यी समाचारमाथि राज र शिल्पा दुवैको तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन । तर, हालै शिल्पाले आफ्नो इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छन्, जसले सम्बन्धविच्छेदको खबर खण्डन गर्छ ।
शिल्पाले विवाहको त...