फुटबलर पिके र गायिका शकिराबीच सम्बन्धविच्छेद

स्पेनका फुटबलर जेरार्ड पिके र कोलम्बियाकी गायिका शकिराले सम्बन्धविच्छेद गर्ने भएका छन् । बिहे गरेको झन्डै १२ वर्षपछि उनीहरूले सम्बन्धविच्छेद गर्ने निर्णय गरेका समाचार संस्था रोयटर्सले जनाएको छ । सन् २०११ मा बिहे गरेका उनीहरूका दुई जना छोराछोरी रहेका छन् । सम्बन्धविच्छेदपछि मिलेर छोराछोरीको अपनत्व लिने सहमति भएको खबरमा उल्लेख छ । ‘हामी अलग हुँदैछौँ भनेर पुष्टि गर्दा हामी निकै पछुताइरहेका छौँ, तर हाम्रा बालबालिकाको कल्याणलाई उच्च प्राथमिकता दिएका छौँ, उनीहरूको गोपनीयतालाई सम्मान गर्न हामी सबै समक्ष अपिल गर्दछौँ...