बलिउडका चर्चित अभिनेता आमिर खानले पत्नी किरण रावसँग बिहेको १५ वर्षमा सम्बन्धविच्छेद गरेका छन् । तर उनको यो सम्बन्धविच्छेद पहिलो भने होइन ।
खानले यसअघि नै पहिले पत्नी रीना दत्तासँग सम्बन्धविच्छेद गरिसकेका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार किरणसँग आमिरको पहिलो भेट सन् २००१ मा चलचित्र लगानको छायांकनका क्रममा भएको थियो । पत्नी रीनासँग सम्बन्धविच्छेद भएपछि आमिरले किरणलाई फेरि भेटेर सम्बन्ध अगाडि बढाएका थिए ।
आमिरले किरणसँग फोनमा कुराकानीका क्रममा मन पराएका थिए । एक अन्तर्वार्तामा आमिरले भनेका छन्, ‘किरणसँग...