पर्वतारोही बढेसँगै वायुसेवा कम्पनी रामेछाप सरे, ५ दिनमा ३ एयरलाइन्सको ४०७ उडान/अवतरण

काठमाडौं । पर्वतारोहण र ट्रेकिङको सिजन शुरू भएसँगै प्रमुख गन्तव्य बन्ने सगरमाथा आरोहण र सँगैका ट्रेकिङ रूटलाई लक्षित गर्दै हुने उडानमा उल्लेख्य वृद्धि देखिएको छ । कोरोना महामारीपछि दुर्गममा उडान गर्दै आएका तीनओटा वायुसेवा कम्पनीले रामेछाप विमानस्थललाई बेस बनाएर उडान गर्न थालिसकेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले पर्यटक तथा लुक्ला उडानका लागि मुभमेन्ट बढ्ने भन्दै उक्त गन्तव्यका लागि रामेछाप विमानस्थल प्रयोग गर्न निर्देशन जारी गरिसकेको छ । त्यसअनुसार अहिले निजीक्षेत्रबाट दुर्गममा उडान गर्दै आएका सीता, समिट र तारा एयरले रामेछापलाई बेस बनाएर उडान शुरू गरिसकेका छन् । यद्यपि सुगम गन्तव्यमा उडान गर्ने बुद्ध, यती र श्री एयरलाइन्सले पनि ‘माउन्टेन फ्लाइट’लाई तीव्रता दिएका छन् ।  रामेछाप विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर सरिता पाण्डेले कोरोना महामारीपछि यो विमानस्थलबाट पहिलोपटक धेरै उडान भएको बताइन् । उनले अप्रिल १ देखि ५ सम्म तीनओटा एयरलाइन्सबाट कुल ४०७ मुभमेन्ट (उडान÷अवतरण) भएको जानकारी दिइन् । यो सिजनमा फ्लाइट मुभमेन्ट बढ्ने भएकाले अप्रिल शुरूदेखि प्राधिकरणले रामेछाप बेस बनाएर लुक्ला उडान गर्न भनेसँगै यताबाट हुने उडान बढेको उनको भनाइ छ । रामेछाप–लुक्ला विमानस्थलमा उडान गर्दै आएको सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्यामराज आचार्यले कोभिडको बेलामा व्यापार राम्रो नभएको तर अहिले सुधार हुँदै आएको बताए । पर्यटकीय सिजन शुरू भएकाले अहिले लुक्लातर्फको उडानमा चाप रहेको भन्दै उनले थपे, ‘यो बेला काठमाडौंबाट पर्याप्त उडान गर्न सकिँदैन । त्यसले गर्दा पर्याप्त उडानका लागि यो सिजनमा रामेछाप विमानस्थलबाट लुक्ला उडान गरिएको छ ।’  अहिले रामेछाप–लुक्ला मुख्य गन्तव्य बनेको भन्दै उनले अन्य गन्तव्यमा खासै उडान हुन नसकेको बताए । हिमाली विमानस्थलमा उडान गर्दै आएको सीता एयरसँग १९ सिट क्षमताका चारओटा डोर्नियर–२२८ जहाज छन् । यस्तै समिट एयरका एक अधिकारीका अनुसार लुक्लातर्फ २० ओटासम्म उडान हुँदै आएका छन् । पर्यटक आगमनमा सुधार भएसँगै कम्पनीको अकुपेन्सी राम्रो रहेको उनको भनाइ छ । लुक्ला गन्तव्यमा काठमाडौंबाट समेत उडान भइरहेको उनले बताए । यता हेलिकोप्टर सञ्चालकहरू पनि उडानमा सुधार भएको बताउँछन् । कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डेले काठमाडौं–लुक्लामा बढी माग आएको बताए । हिमाल चढ्नेभन्दा ट्रेकिङ गर्नेहरू कम आउँदा उल्लेख्य सुधार नभएको उनको भनाइ छ । तैपनि दैनिक ५÷६ उडान गर्दै आएको उनको भनाइ छ । अधिकांश हेलिकोप्टर कम्पनीको उडान यही अनुपातमा भइरहेको उनले बताए । वायुसेवा सञ्चालक संघका एक अधिकारीले हिमाल तथा पूर्वी सेक्टरमा मुभमेन्ट बढेको बताए । मनास्लु, लुक्लामा उडान मुभमेन्ट बढेको छ । ‘कोभिडपछि पहिलोपटक गएको सेप्टेम्बर सिजनमा राम्रो देखिएको थियो,’ उनले भने, ‘अहिले भने त्यो पुष्टि भएको छ भने भारतीय, चिनियाँ पर्यटकको संख्या बढेसँगै यूरोपेली, अमेरिकीहरू पनि आएका छन् ।’ सामान्य अवस्थामा भन्दा अहिले तुलनात्मक रूपमा बुकिङ ५० प्रतिशतले बढेको उनको भनाइ छ । ‘अहिलेसम्मको अवस्था हेर्दा पर्यटक आगमन बढ्ने देखिन्छ,’ उनले भने, ‘मेमा जहाज र हेलिकोप्टर कम्पनीलाई भ्याइनभ्याई हुने देखिन्छ ।’ अहिले सिजन शुरू भएकाले चाप भए पनि सेवा प्रवाह सहज रहेको उनले बताए । संघका अनुसार नेपालमा १२ ओटा हेलिकोप्टर कम्पनीका २८ ओटा हेलिकोप्टरले सेवा दिइरहेका छन् ।  नेपालमा पर्यटक मार्च–अप्रिल र अक्टोबर–नोभेम्बरमा बढी आउँछन् । प्राधिकरणले अप्रिल पहिलो सातादेखि नै लुक्ला उडान रामेछाप विमानस्थलबाट गर्न निर्देशन दिएको थियो । यो सिजनमा बढी मुभमेन्ट हुने भएकाले प्राधिकरणले लुक्ला उडानका लागि रामेछाप विमानस्थल उपयोग गर्न भनेको हो । एयरलाइन्स कम्पनीहरूले प्राधिकरणको निर्देशन पालना गरेका हुन् । अहिले १÷२ महीना रामेछाप विमानस्थल प्रयोग गर्न भनिए पनि चाप कम भएपछि काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै लुक्ला उडान गर्न पाउनेछन् । केही सेड्युल फ्लाइट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै भइरहेका छन् । माउन्टेन फ्लाइटमा निजीक्षेत्रका बुद्ध, यती र श्री एयरलाइन्सले उडान गर्दै आएका छन् । काठमाडौंबाट बुधवार बुद्धले ४, यतिले २ र श्री एयरलाइन्सले २ गरी कुल ८ माउन्टेन फ्लाइट गरेका छन् । गएको मार्च २४ मा पनि यी एयरलाइन्सबाट ९ ओटा उडान भएका छन् । एटीआर४२–७२ सिरिजका जहाज सञ्चालन गर्ने एयरलाइन्सले काठमाडौंबाट पूर्वतर्फका गन्तव्यमा माउन्टेन फ्लाइट गर्दै आएका छन् । यस्तो उडानमा कम्पनीहरूले झ्यालतर्फको सिट मात्र विक्रीमा राख्छन् । बुद्ध एयरले दैनिक तीनओटासम्म उडान गर्छ । ७२ सिट क्षमताको एटीआरका झ्यालतर्फका सिट विक्रीबाट माउन्टेन फ्लाइट गरेको कम्पनीका अधिकारीले बताए । कम्पनीका अनुसार यस्तो उडानमा यात्रुहरू २८ देखि ३५ जनासम्म हुन्छन् । काठमाडौंबाट पूर्वतर्फ जाँदा बाँयातर्फको झ्यालबाट हिमालको दृश्य देखिन्छ । त्यसलाई नै माउन्टेन फ्लाइट भनिएको हुन्छ । फर्किंदा पनि यस्तैखाले माउन्टेन फ्लाइटको टिकट विक्री गरिएको हुन्छ । एउटा फ्लाइटमा ३५ जनासम्मले यस्तो उडान गर्न सक्ने उनले बताए । सामान्य भाडा दरभन्दा अलिक फरक मूल्य कम्पनीहरूले यस्तो उडानमा राख्ने गरेका हुन्छन् । बुद्धले नेपाली र भारतीय नागरिकका लागि एउटै भाडादर तोकेको छ । यसअनुसार यस्तो उडानका लागि बुद्ध एयरले प्रतियात्रु भाडादर १३ हजार ८७० रुपैयाँ तोकेको छ । यस्तै अन्य मुलुकका विदेशी पर्यटक तथा यात्रुका लागि भने प्रतिव्यक्ति २२० अमेरिकी डलर मूल्य राखेको छ । वसन्त ऋतु अर्थात् स्प्रिङ सिजन शुरू भएपछि सगरमाथा आरोहणका लागि पर्वतारोहीहरू बढी आउने गरेका हुन्छन् । यसले गर्दा यो रूटमा पर्यटकको आवागमन बढ्न जान्छ । विभागले बुधवारसम्म ४० देशका ३०४ जनालाई पर्वतारोहणका लागि अनुमति दिएको छ । यसमध्ये सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि छन् । विभागका अनुसार सगरमाथा आरोहणका लागि मात्रै बुधवारसम्ममा ११५ जनाले परमिट पाएका छन् । 

सम्बन्धित सामग्री

तीन वटा जहाज नहुनेले वायुसेवा कम्पनी खोल्न नपाउँने

काठमाडौं, भदौ १६ । वायु सेवा सञ्चालन गर्ने नयाँ कम्पनीसँग तीन वटा जहाज अनिवार्य हुनुपर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार वायु सेवा कम्पनी सञ्चालन नियमको १० औँ संशोधन गर्दै यस्तो नियम बनाएको हो । नियम संशोधन भएसँगै नयाँ कम्पनीसँग तीन वटा जहाज हुनैपर्ने भएको हो । हाल वायु सेवा सञ्चालन गरिरहेका कम्पनीका […]

आन्तरिक वायुसेवा कम्पनी : सुगममा जोड, दुर्गममा अनिच्छुक

काठमाडौं, कात्तिक २९ । हवाई नीतिमा वायुसेवा प्रदायक कम्पनीहरूले दुर्गम क्षेत्रमा अनिवार्य उडान गर्नुपर्ने व्यवस्था भए पनि नेपालका अधिकांश कम्पनी त्यसमा अनिच्छुक रहँदै आएका छन् । लाइसेन्स लिने बेला दुर्गममा अनिवार्य उडान गर्ने प्रतिबद्धता व्यक्त गरेका कम्पनीहरू सुगममै सीमित हुँदा नियामक निकाय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भने चासो नदिएको गुनासो छ । ‘सुगममा […]

लुक्लामा अफ सिजनमा पनि नियमित उडान गर्न वायुसेवा कम्पनी सहमत

१२ साउन, काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा अफसिजनमा पनि नियमित उडान गर्न वायुसेवा कम्पनी सहमत भएका छन् । यो विमानस्थलमा पर्यटकीय सिजनमा वायुसेवा कम्पनीको चाप लाग्छ । अन्य सिजनमा जहाज नहुँदा समस्या हुने गरेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका र वायुसेवा कम्पनीबीचको छलफलमा सीता र समिट एयरलाई गाउँपालिकाले अफसिजनमा पनि नियमित उडान गर्न अनुरोध गरेको […]

क्यान र वायुसेवा कम्पनी आमनेसामने

अत्यावश्यक सेवाहरूको सूचीमा पर्ने वायु सेवा क्षेत्रमा पर्ने वायुसेवा कम्पनीहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङका लागि पर्याप्त स्थान नभएकाले बाहिर पार्किङ गर्न भनेपछि वायु सेवा कम्पनीहरू ५ बुँदे माग राख्दै आन्दोलित बनेका हुन् ।वायु सेवा कम्पनीहरूको छाता संगठन नेपाल वायु सेवा सञ्चालक संघले आन्दोलित बनेको हो । क्यानले एकपक्षीय रूपमा वायु सेवा सञ्चालनको नयाँ व्यवस्था गरेको, यात्रु सेवा शुल्क, ल्यान्डिङ, पार्किङ र नेभिगेसन

भैरहवामा उडानका लागि पाँच वायुसेवा कम्पनी सम्पर्कमा

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वटा कम्पनी सम्पर्कमा आएका छन् ।

गौतमबुद्ध विमानस्थलमा उडानका लागि सम्पर्कमा पाँच वायुसेवा कम्पनी

काठमाडौं : हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको लुम्बिनी प्रदेशको रूपन्देहीमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँचवटा कम्पनी सम्पर्कमा आएका छन्।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आगामी जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ।यहाँ उडानका लागि कुवेतको जजिरा, श्र

गुण एयरलाइन्सले भाेलिदेखि काठमाडौं-सुर्खेत उडान सुरु गर्ने, भाडा कति ?

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं-सुर्खेत व्यावसायिक उडान सुरु गर्न लागेको छ ।

गुण एयरलाइन्सले सुरू गर्‍यो सिमराको लागि नियमित उडान

नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट सिमराको लागि नियमित उडान सुरू गरेको छ।

आजदेखि भैरहवा उडान भर्दै गुण एयरलाइन्स

निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजदेखि भैरहवा उडान सुरु गर्ने भएको छ।