लुक्लामा अफ सिजनमा पनि नियमित उडान गर्न वायुसेवा कम्पनी सहमत

१२ साउन, काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा अफसिजनमा पनि नियमित उडान गर्न वायुसेवा कम्पनी सहमत भएका छन् । यो विमानस्थलमा पर्यटकीय सिजनमा वायुसेवा कम्पनीको चाप लाग्छ । अन्य सिजनमा जहाज नहुँदा समस्या हुने गरेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका र वायुसेवा कम्पनीबीचको छलफलमा सीता र समिट एयरलाई गाउँपालिकाले अफसिजनमा पनि नियमित उडान गर्न अनुरोध गरेको […]

सम्बन्धित सामग्री

चाइना साउदर्नले ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान भर्ने

काठमाडौँ- चीनको वायुसेवा कम्पनी चाइना साउदर्नले ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान भर्ने भएको छ । एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागिएको हो । मंगलबारदेखि दिउँसो १ः२५ बजे अवतरण गर्ने जहाज काठमाडौंबाट भने २ः४० मा उड्नेछ ।

चाइना साउदर्नले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं नियमित उडान थाल्दै

१२ मंसिर, काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी चाइना साउदर्नले मंगलबारदेखि ग्वाङझाउ–काठमाडौं–ग्वाङझाउ रुटमा नियमित उडान गर्ने भएको छ । कम्पनीले एक वर्षपछि यो रुटमा पुनः उडान सुरु गर्न लागेको हो । काठमाडौंमा अन्तिम पटक यो एयरलाइन्सले मे २०२१ मा काठमाडौं उडान गरेको थियो । यो रुटमा सुरुमा ‘प्वाइन्ट टू प्वाइन्ट’ प्यासेन्जर मात्र बोक्ने र तत्काल ट्रान्जिट […]

सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन : बुद्ध एयर

वायुसेवा कम्पनी बुद्ध एयरले  आन्तरिक समस्या समाधान गर्नको लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको स्पष्ट पारेको छ ।  वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जन थलो भएको बताउँदै कम्पनीले आत्मालोचना गरेर आगामी दिनमा आफ्नो कारणले कारणले उडान सेवा अवरुद्ध नहुने प्रतिबद्धता व्यक्त गरेको हो ।यसअघि वायुसेवा  सञ्चालक सङ्घ नेपालले बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको चेतावनी दिए पछिका

गुण एयरले काठमाडौंबाट सुर्खेतमा नियमित उडान गर्ने

निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले काठमाडौंबाट सुर्खेतमा नियमित उडान शुरू गर्ने भएको छ । वायुसेवाले पुस १८ गतेदेखि काठमाडौंबाट सुर्खेतका लागि नियमित हवाई उडान शुरू गर्ने गरी आन्तरिक तयारी गरेको छ । गुणले आफ्ना २ वटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती ५ वटा जेट्स्ट्रीमसहित कूल ७ वटा विमानबाट उडान सेवा सञ्चालन गरिरहेको छ । गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार, भैरहवा, नेपालगञ्ज, विराटनगर, सिमरा र जनकपुरमा नियमित उडान शुरू गरिसकेको छ ।   गुण एयरलाइन्सका प्रवक्ता एवं बजार...

अन्तरप्रदेश उडान विस्तार गर्दै गुण एयरलाइन्स, आजदेखि पोखरा-भरतपुर उडान शुरु

८ मंसिर, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरालाई हब बनाएर अन्तरप्रदेश उडान थालेको छ । पोखरा–भरतपुर रुटमा बुधबारदेखि उडान थालेको कम्पनीले बिहीबारदेखि पोखरा–भैरहवा र शुक्रबारदेखि पोखरा–नेपालगञ्जमा नियमित उडान गर्ने भएको छ । आन्तरिक पर्यटनलाई लक्षित गरी अन्तरप्रदेश उडान विस्तार गरिएको कम्पनीले जनाएको छ । यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने कम्पनीको […]

गुण एयरलाइन्सले थाल्यो सिमरामा नियमित उडान

१६ कात्तिक, काठमाडौं । निजी लगानीको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले सिमरामा नियमित उडान थालेको छ । ३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट कम्पनीले सोमबारदेखि सिमरामा नियमित हवाई उडान थालेको जानकारी गराएको छ । आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट गुणले सेवा दिइरहेको छ । गुण एयरलाइन्सले […]

गुण एयरलाइन्सले सुरू गर्‍यो सिमराको लागि नियमित उडान

नेपालको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट सिमराको लागि नियमित उडान सुरू गरेको छ।

गुण एयरलाइन्सले जेटस्ट्रिम जहाजमार्फत भैरहवामा शुरु गर्‍यो उडान

२१ असोज, काठमाडौं । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले जेटस्ट्रिम जहाजमार्फत भैरहवामा पहिलो पटक आफ्नो नियमित उडान शुरु गरेको छ । काठमाडौं-भैरहवा उडान शुरु गरेको यो जहाजको सिट क्षमता ३० सिट रहेको कम्पनीले जनाएको छ । गुण एयरलाइन्सले बिच एअरक्राफ्ट १९०० मार्फत भरतपुर, पोखरा र तुम्लिङटारमा असोज १ गतेदेखि नै आफ्नो नियमित उडान शुरु गरिसकेको […]

दसैँअगावै गुण एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान गर्ने

निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले दसैँअगावै काठमाडौं–सुर्खेत नियमित उडान सुरु गर्ने भएको छ । हालै सञ्चालनमा आएको गुण एयरलाइन्सले दसैँअगावै काठमाडौं–सुर्खेत हवाई सेवा सञ्चालन गर्ने तयारी थालेको हो ।  देशका पाँच गन्तव्यमा...

गुण एयरलाइन्सले आजबाट उडान सुरु

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित हवाई उडान थाल्ने गरी मंगलबारदेखि नै टिकट बुकिङ खुला गरेको जनाएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं प्रमुख बजार व्यवस्थापक प्रज्वल थापाले आगामी १ असोजबाट नियमित व्यावसायिक उडान सुरु हुने बताए […] The post गुण एयरलाइन्सले आजबाट उडान सुरु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.