काठमाडौं : डेंगुकाे प्रकाेप तीव्र हुँदै गएपछि सरकारले डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’ को अभियान ल्याउने भएकाे छ।सरकारका मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा बुधबार बसेको बैठकले डेंगु रोग रोकथामका लागि सचेतनामूलक कार्यक्रम गर्ने निर्णय गरेको हो।बैठकले रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशीघ्र मोबाइल रिङ्गटोन बनाई प्रचार प्रसार गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ। रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको स्वास्थ्य