काठमाडौं : शहिद स्मारक ए डिभिजन लिग फुटबलको दशौं चरणमा फ्रेन्डसले पहिलो जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सको एक जित नै उसलाई तत्कालका लागि रेलिगेशन जोनबाट माथि उठ्न पर्याप्त रह्यो।फ्रेन्ड्सले प्रभावशाली जित निकाल्ने क्रममा ब्रिगेडमाथि ५-२ को जित निकाल्यो। जितसँगै फ्रेन्ड्सले ६ अंक जोडेर १२ औं स्थानमा रहँदै रेलिगेशन जोन छाड्यो। फ्रेन्ड्ससँग पराजित भएपछि ब्रिगेड ब्वाइज रेलिगेशन जोनमा झरेको छ।३ साताको विश्रामपछि शुरु भएको दशौं चरणको खेलमा फ्रेन्ड्स