आजदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने

काठमाडौँ । आजदेखि देशभर जोन्सन र भेरोसेल खोप लगाइने भएको छ । सोमबार स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मङ्गलवारदेखि दुवै खोप लगाइन सुरु गर्ने निर्णय गरेको छ । निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकोले लगाउन पाउनेछन् भने, जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले लगाउन पाउनेछन् । भेरोसेल ५५ वर्षमाथिका नागरिक, […]

सम्बन्धित सामग्री

कञ्चनपुरमा एक लाख ९७ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको पूर्ण खोप

पुस २३, कञ्चनपुर । कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका संख्या एक लाख ९७ हजार २३३ पुगेको छ ।  स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिसिल्ड र अस्त्रजेनेकाको पूर्ण मात्रा लगाउनेको संख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या एक लाख ३२ हजार ३९ रहेको छ । जोन्सन एन्ड जोन्सन खोप लगाउनेको संख्या २७ हजार ४००  छ । कोभिसिल्ड र अस्त्रजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई ६३ हजार ७३७ मोर्डना खोपको पहिलो मात्रा दिइएको छ । खोपको पहिलो मात्रा लगाउनेको संख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको संख्या ६५ प्रतिशत छ । बिहीवार मात्रै १५ हजार २०० जनालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइएको छ । ‘माघ महीनादेखि नियमित रुपमा अन्य खोप जस्तै कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको छ,’ अधिकृत कुवँरले भने, ‘बिदाको दिनबाहेक हप्ताको ६ ओटै  दिन पालिकामार्फत खोप लगाउनका लागि योजना बनाउँदैछौँ ।’ कोरोनाविरुद्धको खोप लगाउनबाट कोही नछुटून् भन्ने उद्देश्य लिएर कार्य अगाडि बढाइँदै आएको उनले बताए । ‘तत्कालै एक लाख भेरोसेल खोप लगाउनका लागि कार्य अगाडि बढाई सकिएका छौँ,’ उनले भने, ‘अपुग भएको खोप आवश्यकताअनुसार कैलालीको धनगढीस्थित आपूर्ति केन्द्रबाट ल्याउने व्यवस्था गरिएको छ ।’ भारतबाट नेपाल भित्रिने नेपालीलाई सीमा नाका गड्डाचौकीमै समेत कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने व्यवस्था गरिएको छ । दोस्रो मात्रा सम्बन्धित पालिकामा गएर लगाउने व्यवस्था गरिएको छ । रासस

काठमाडौँका ८ अस्पतालबाट कोरोनाविरुद्धको खोप दिइँदै

काठमाडौँमा मंगबारदेखि कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ । आजदेखि काठमाडौँका ८ अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप दिन लागिएको हो ।एस्ट्राजेनेका खोप १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन लागिएको हो । विदेश जानेका लागि भेरोसेल तथा जोन्सन एन्ड जोन्सन खोप प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालबाट पहिलो र दोस्रो मात्रा दिइन

ललितपुरमा महानगरमा आजदेखि भेरोसेल खोप अभियान सुरु

काठमाडौं। ललितपुर महानगरपालिकामा आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान सुरु हुँदैछ। महानगरले २९ वटा वडामा ४५ वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि भेरोसेल खोप अभियान सुरु गरेको हो। विभिन्न खोपकेन्द्रमा भेरोसेलको पहिलो डोज लगाइनेछ। महानगरको सूचनाअनुसार खोप अभियान साउन १७ गतेसम्म सञ्चालन गरिनेछ। महानगरले साउन १८ गतेबाट जोन्सन एन्ड जोन्सन खोप अभियान पनि सुरु गर्ने जनाएको छ।

भोलिदेखि देशभर जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइने

काठमाडौँ । अमेरिकाबाट जोन्सन र चीनबाट भेरोसेल खोप आइपुगे लगत्तै सरकारले असार २९ गते भोलिदेखि खोप अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । सोमबार स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मङ्गलवारदेखि दुवै खोप लगाइन सुरु गर्ने निर्णय गरेको छ । निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकोले लगाउन पाउनेछन् भने, जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ […]