कञ्चनपुरमा एक लाख ९७ हजारभन्दा बढीले लगाए कोरोना विरुद्धको पूर्ण खोप

पुस २३, कञ्चनपुर । कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका संख्या एक लाख ९७ हजार २३३ पुगेको छ ।  स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिसिल्ड र अस्त्रजेनेकाको पूर्ण मात्रा लगाउनेको संख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको संख्या एक लाख ३२ हजार ३९ रहेको छ । जोन्सन एन्ड जोन्सन खोप लगाउनेको संख्या २७ हजार ४००  छ । कोभिसिल्ड र अस्त्रजेनेकाको पहिलो मात्रा ५१ हजार १०३ जनाले लगाएका छन् । यसैगरी, भेरोसेलको पहिलो मात्रा खोप एक लाख ८४ हजार ८९८ जनाले लगाएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई ६३ हजार ७३७ मोर्डना खोपको पहिलो मात्रा दिइएको छ । खोपको पहिलो मात्रा लगाउनेको संख्या ८६ दशमलव ६० र दोस्रो मात्रा खोप लगाउनेको संख्या ६५ प्रतिशत छ । बिहीवार मात्रै १५ हजार २०० जनालाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइएको छ । ‘माघ महीनादेखि नियमित रुपमा अन्य खोप जस्तै कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको छ,’ अधिकृत कुवँरले भने, ‘बिदाको दिनबाहेक हप्ताको ६ ओटै  दिन पालिकामार्फत खोप लगाउनका लागि योजना बनाउँदैछौँ ।’ कोरोनाविरुद्धको खोप लगाउनबाट कोही नछुटून् भन्ने उद्देश्य लिएर कार्य अगाडि बढाइँदै आएको उनले बताए । ‘तत्कालै एक लाख भेरोसेल खोप लगाउनका लागि कार्य अगाडि बढाई सकिएका छौँ,’ उनले भने, ‘अपुग भएको खोप आवश्यकताअनुसार कैलालीको धनगढीस्थित आपूर्ति केन्द्रबाट ल्याउने व्यवस्था गरिएको छ ।’ भारतबाट नेपाल भित्रिने नेपालीलाई सीमा नाका गड्डाचौकीमै समेत कोरोनाविरुद्धको पहिलो मात्रा लगाउने व्यवस्था गरिएको छ । दोस्रो मात्रा सम्बन्धित पालिकामा गएर लगाउने व्यवस्था गरिएको छ । रासस

सम्बन्धित सामग्री

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।...

अझै पाँच जिल्ला पूर्ण खोप घोषणा हुन बाँकी

मुलुकका पाँच जिल्लाले पूर्ण खोप जिल्ला घोषणा गर्न सकेका छैनन्। नुवाकोट, पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला पूर्ण खोप जिल्ला घोषित हुन अझै बाँकी छन्।...

कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।

कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।...

कैलाली पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

कैलालीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। ‘स्थानीय स्थायित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ कैलालीलाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।...

डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

हिमाली जिल्ला डोल्पा पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ। शनिबार जिल्ला सदरमुकाम दुनैमा डोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको हो। राष्ट्रिय लक्ष्यअनुरुप जिल्लाका आठवटै स्थानीय तह पूर्ण खोप सुनिश्चित...

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो। यसअघि गण्डकी प्रदेशको लमजुङ र पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भइसकेका छन्।

दाङ पूर्ण खोप सुनिश्चित घोषित

दाङ –  दाङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना बनेको छ। जिल्लाका १० वटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि बिहीबार जिल्ला नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला बनेको हो। जिल्ला खोप समन्वय समिति अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा एक कार्यक्रम गरी खोपको सुनिश्चिततासँगै यसको दिगोपनाका लागि सबै पक्षले काम गर्ने प्रतिवद्धतासहित […]

मनाङ पूर्ण खोप सुनिश्चितता घोषणा

काठमाडाैँ- मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको छ। जिल्लाका लक्षित बालबालिकालाई सबै खोप पूरा गरिएपछि मनाङलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो। जिल्लाका १६ महिनादेखि २३ महिनासम्मका ७२० बालबालिकालाई सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले जानकारी दिए। तोकिएको उमेर समूहका बालबालिकाले खोप लगाउन छुटेकालाई […]

लमजुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

लमजुङ जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । ‘स्थानीय श्रोतको उपयोग, सहयोग र स्वामित्व पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नारा सहित बुधबार एक कार्यक्रमका विच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको हो ।स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना […]