झापाको बिर्तामोड नगरपालिकाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् ।
बिर्तामोड–१ स्थित चारपानेबाट २ युवती, बिर्तामोड–५ जात्रुबाडीबाट २ युवा र बिर्तामोड–५ नयाँबसपार्कस्थित मिलनचोकबाट २ युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ ५ बजे बिर्तामोड–१ स्थित चारपानेबाट सोही स्थानकी देवी तामाङ र बिर्तामोड–५ की २१ वर्षीया सीता खतिवडालाई ४ ग्राम ४५ मिलीग्र...