उद्देश्य अनुरूप काम गर्दैनन् लघुवित्त

जिल्लाका ग्रामीण भेगका समुदायलाई आयआर्जन कार्यक्रममा लगानी गरी कृषकलाई स्वरोजगार गर्ने उद्देश्यले विस्तार भएका लघुवित्त वित्तीय संस्थाले उद्देश्य अनुरूप कार्यक्रम सञ्चालन नगर्दा यहाँका विपन्न परिवारका सदस्य यस्ता संस्थाको सेवाबाट वञ्चित भएका छन् । जिल्लामा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड, एनआइसी लघुवित्त वित्तीय संस्था लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा कार्यालयले जिल्लाको छायानाथ रारा नगरपालिकाका विभिन्न ग्रामीण बस्तीमा काम गर्दै आएका छन् ।

सम्बन्धित सामग्री

हुनेखानेलाई कर्जा प्रवाह हुन थालेपछि समस्या आएको हो : शंकरमान श्रेष्ठ

लघुवित्त वित्तीय संस्थाहरूले गरिबी न्यूनीकरणको उद्देश्य प्राप्तिमा कसरी काम गरिरहेका छन् ? लघुवित्त एउटा उद्देश्यमुखी कार्यक्रम हो । लघुवित्त चमत्कारी अस्त्र हो, गरिबीलाई शून्यमा झार्न सक्छ । धेरै देशमा लघुवित्तमार्फत गरिबीलाई करिब–करिब शून्यमा...

लघुवित्तका उद्देश्य तथा चुनौतीहरू

नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था ऐन २०६३ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त संस्था लघुवित्त वित्तीय संस्था हो । हाल नेपालमा ६५ भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरू रहेका छन् । लघुवित्तीय संस्थाले विपन्न तथा न्यून आयस्तर भएका व्यक्ति तथा महिलाहरूलाई सदस्य बनाई तिनीहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीमा कृषि तथा लघुउद्यम व्यवसाय सञ्चालन गर्न विनाधितो लघु कर्जा प्रवाह गर्छ । त्यस्तै, सामूहिक सदस्य तथा व्यक्तिगत सदस्यहरूलाई स्वीकारयोग्य धितो लिई लघुउद्यम तथा लघु व्यवसाय सञ्चालन गर्न धितो कर्जा प्रवाह गर्ने गर्छ । लघुवित्त संस्थाले विशेष गरी विनाधितो कर्जा उपलब्ध गराउने गर्छ । लघुवित्त संस्थाहरूले नेपालका दुर्गम गाउँघरमा गई वित्तीय साक्षरता प्रदान गर्छन् । यिनले वित्तीय शिक्षा प्रदान गर्ने, बचत संकलन गर्ने, विनाधितो कर्जा दिने, धितोमा कर्जा दिने कार्यलगायत वित्तीय सेवा प्रवाह गर्दै आइरहेका छन् । नेपालमा गरीबी न्यूनीकरणका लागि धेरै कार्यक्रमहरू लागू भए तापनि लघुवित्तका कार्यक्रमहरू गरीब र ग्रामीण क्षेत्रमा मात्र आधारित छन् । लघुवित्त बैंकिङ सेवाले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरूलाई वित्तीय सेवा तथा कृषि उत्पादन गर्न सहज र सुरक्षित गर्नका लागि मार्गदर्शन प्रदान गर्छ । नेपालमा लघुवित्त बैंकिङ सेवाको शुरूआतले औपचारिक बैंकिङ सेवाहरूमा पहुँच नभएकाहरूलाई नयाँ वित्तीय समाधान प्रदान गर्न मद्दत गरेको छ । साथै, ग्रामीण क्षेत्रका लागि भरपर्दो, सुरक्षित र सुविधाजनक बैंकिङ सेवाहरू प्रदान गर्छ । विभिन्न उत्पादन र सेवाहरू प्रदान गर्दै लघुवित्त बैंकिङले नेपालको बैंकिङ क्षेत्रमा क्रान्तिकारी परिवर्तन गर्दै यसलाई थप समावेशी बनाएको छ । लघुवित्तीय संस्थाले नेपालको ग्रामीण क्षेत्रको विकासलाई बढावा दिएको छ । लघु कर्जा र वित्तीय सेवामा पहुँच प्रदान गरेर लघुवित्तले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको छ । लघुवित्तलाई विशेष गरी प्रभावकारी विकास पूर्वाधारका रूपमा मान्यता प्रदान गरिएको छ । जसमा, लघुवित्तीय संस्थाहरूमार्फत उपलब्ध गराइने सेवाहरूलाई विशेष गरी गरीब र अतिगरीबलाई लक्षित गरिएको छ । लक्षित समुदायको सामाजिक, आर्थिक स्थितिमा महत्त्वपूर्ण योगदान पुर्‍याउन र लघुवित्त बैंकिङ सेवाहरू प्रदान गर्ने संस्थाहरूलाई केही वर्षभित्रै निरन्तर बढ्दो पहुँचको साथ दिगो संस्थाका रूपमा विकास गर्न सकिन्छ । लघुवित्त वित्तीय संस्थाका उद्देश्यहरू लक्षित क्षेत्रका महिलाहरूको आवश्यकता र तिनीहरूको सशक्तीकरण प्रक्रियालाई सहयोग पुर्‍याउनु लघुवित्तको उद्देश्य हो । सदस्यहरूमाझ सामूहिक भावना पैदा गर्नु, सदस्यहरूको आत्मविश्वास र क्षमता अभिवृद्धि गर्नु र सदस्यहरूमा सामूहिक निर्णय क्षमताको विकास गर्नु पनि लघुवित्त संस्थाको उद्देश्य हो । महिलाहरूमा बचत गर्ने बानीलाई प्रोत्साहित गर्ने र उनीहरूको आफ्नै पूँजी स्रोतको आधार सञ्चय गर्न सहजीकरण गर्ने काम पनि लघुवित्तको हो । महिलाहरूलाई विशेष गरी महिला विकाससँग सम्बद्ध सामाजिक जिम्मेवारीहरू लिन उत्पे्ररित गर्ने उद्देश्य पनि लघुवित्तले लिएको छ । कर्जालाई सही कार्यका लागि उपयोग गरी आयस्तर अभिवृद्धि गर्नु तथा भविष्यमा पर्नसक्ने जोखिमलाई सामना गर्नु र आत्मविश्वास बढाउन उत्प्रेरित गर्नु पनि लघुवित्तका उद्देश्य हुन् । कर्जाको सदुपयोग गराई आत्मसम्मान तथा आत्मनिर्भरता बढाउन मद्दत गर्ने काम पनि लघुवित्तले गर्छ । नेपालको ग्रामीण तथा पिछडिएको क्षेत्रको गरीबी निवारणमा महत्त्वपूर्ण योगदान गर्नु लघुवित्तको उद्देश्य हो । यसरी स्थापित लघुवित्तले नेपालमा गरीबी निवारणलगायत क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको छ । तर, पछिल्लो समय लघुवित्तीय संस्थाहरूमा चुनौती थपिएका छन् । लघुवित्त क्षेत्रका चुनौतीहरू विपन्न वर्गको आर्थिक उत्थानमा यसको योगदान महत्त्वपूर्ण भए पनि यसले केही चुनौती र समस्या भोगिरहेको छ । लघुवित्तका लागि पहिलो चुनौती भनेको नेपालको भौगोलिक अवस्था नै हो । त्यस्तै कर्मचारीहरूको सुरक्षाको कमी, वित्त कम्पनीहरूसँगको प्रतिस्पर्धा पनि लघुवित्त क्षेत्रमा विद्यमान चुनौती हुन् । कर्मचारीहरूलाई आवश्यक तालिम दिन सकिएको छैन । त्यस्तै यस क्षेत्रमा दक्ष कर्मचारीको अभाव पनि छ । पछिल्लो समय लघुवित्त वित्तीय संस्था सेवामुखीभन्दा नाफामुखी भइरहेका छन् । बढी नाफा लिएको भनी यसको व्यापक आलोचना भइरहेको छ । सदस्यहरूमा कर्जाको दोहोरोपना र कर्जा लगानीपश्चात् कर्जाको सदुपयोगिता निरीक्षण नहुँदा लघुवित्त सेवामा समस्या थपिएको छ । यही कारण नै लघुवित्त संस्थाविरुद्ध संघर्ष पनि शुरू भएको छ । समाधानका उपायहरू लघुवित्त क्षेत्रमा विद्यमान समस्याको समाधानका लागि केही कदम चाल्नैपर्ने देखिएको छ । तिनमा उचित नियमन, फिल्डको सुपरिवेक्षण, ब्याजदरको पारदर्शिता, दक्ष कर्मचारी तथा उचित तालिमको व्यवस्था आदि प्रमुख छन् । त्यस्तै नाफामुखी नभई सेवामुखी हुनुपर्ने, लघुवित्त संस्थाको कर्जा तिर्दैनौं भनी विरोध गर्नेमाथि कारबाही गर्नुपर्ने जस्ता कुरामा ध्यान जानुपर्छ । कर्जाको वर्गीकरण लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जा/सापटको साँवा वा ब्याज भुक्तानी हुनुपर्ने भाखा नाघेको अवधिका आधारमा सम्पूर्ण कर्जा सापटलाई देहायबमोजिम वर्गीकरण गरिएको छ । भाखा ननाघेका र १ महीनासम्म भाखा नाघेको कर्जालाई असल कर्जा मानिएको छ । त्यस्तै १ महीनादेखि बढीमा ३ महीनासम्म भाखा नाघेका कर्जालाई सूक्ष्म निगरानीमा राखिने कर्जा मानिएको छ । ३ महीनादेखि बढीमा ६ महीनासम्म भाखा नाघेको कर्जालाई कमसल, ६ महीनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेको कर्जालाई शंकास्पद, १ वर्षभन्दा बढी अवधिले भाखा नाघेको कर्जालाई खराब कर्जामा वर्गीकरण गरिएको छ । यही वर्गीकरणअनुसार न्यूनतम कर्जा नोक्सानीको व्यवस्था गरिएको छ । यसमा १ दशमलव ३ प्रतिशतदेखि शतप्रतिशतसम्म नोक्सानीको व्यवस्था गर्नुपर्ने प्रावधान राखिएको छ । असल र सूक्ष्म निगरानीमा रहेका कर्जालाई सक्रिय कर्जा र कमसल, शंकास्पद तथा खराब कर्जालाई निष्क्रिय कर्जा मानिएको छ । लेखक लघुवित्त वित्तीय संस्थामा कार्यरत छन् ।

नेपालमा लघुवित्त : उद्देश्य भुलेर बरालिएको अभ्यास

लघुवित्तलाई आफैंमा प्रभावकारी र प्रतिस्पर्धी बनाउँदै यसको सेवालाई विशिष्टीकृत गर्दै विद्यमान वित्तीय संस्थाहरूको सोपान (हाइरार्की) घटाएर बैंक र लघुवित्त मात्रै कायम गर्नु उपयुक्त हुने देखिन्छ । अब विशिष्टीकृत बैंकिङ मार्फत लघुवित्त सेवालाई प्रतिस्पर्धी बनाउन नियमनकारी निकायले पनि नीतिगत परिवर्तन गर्न जरूरी देखिन्छ ।

लघुवित्त पीडित भन्छन् : ‘सुरुमा छोराछोरीजस्तो बनेर आए, अहिले उठीवास लगाए’

गुल्मी – गुल्मीकाे धुर्कोटका राजन भण्डारी अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उहाँ घरमा कुखुरापालन गरी जीवन निर्वाह गर्दै आइरहनुभएकाे छ । तिनै राजन हातले लट्ठी टेक्दै त्यसैको सहारामा मङ्गलवार सदरमुकाम तम्घास आइपुग्नुभएकाे छ । उहाँ तम्घास आउनुको मुख्य उद्देश्य भनेको लघुवित्त संस्थाहरूविरुद्धकाे आन्दोलनमा ऐक्यबद्धता जनाउनुथियो । राजनले कुखुरापालनका लागि भनेर चार वटा लघुवित्तबाट तीनदेखि चार लाख रुपैयाँसम्म ऋण लिनुभएकाे छ । यसबीचमा आगलागी हुँदा उहाँका सबै कुखुरा मरे । फेरि उहाँले ...

लघुवित्त अनावश्यक नै हो ?

अहिले लघुवित्तले गर्दा सबै थोक बिग्रिएको जस्तो गरी समाचार आइरहेका छन् । लघुवित्तले बलजफ्ती ऋण भिडाएको र सम्पत्ति हडप्न आँटेको जस्तो चित्रण गरिएको छ । तर, यसको उद्देश्य राम्रो थियो । राम्रो उद्देश्यले थालिए पनि जब बैंकहरूलाई अलग लघुवित्त खोल्न दिइयो त्यसपछि यो क्षेत्र गरीबी निवारण होइन, धन आर्जन गर्ने माध्यम बन्यो । त्यसैले अहिले यसको व्यापक विरोध भइरहेको छ । मुलुकमा रोजगारीका अवसर न्यून छन् । सानोतिनो भए पनि व्यापार–व्यवसाय गर्ने र दुई–चार पैसा कमाउने रहर सबैमा हुन्छ । सजिलै कर्जा नपाउँदा ती रहर पूरा गर्न मीटरब्याजीको फन्दामा पर्नेहरूको संख्या निकै ठूलो छ । यस्ता मीटरब्याजीबाट विपन्नहरूलाई लघुवित्तले नै जोगाएको छ । लघुवित्तले व्यावसायिक बनेर आफ्नो मर्मअनुसार नै काम गर्ने हो भने मीटरब्याजीको जालोबाट विपन्नलाई मुक्त पार्न पनि सकिन्छ । तर, लघुवित्त यसो गर्न चुकिरहेका छन् । ऋणीका आरोपमाथि एकैछिन मात्र घोत्लिने हो भने अनेकन आशंका उब्जिन्छन् । लघुवित्त वित्तीय संस्था र तिनका कर्मचारीलाई व्यापार विस्तार गर्न तीव्र दबाब छ । लघुवित्तका कर्मचारीले अनेक चिल्ला कुरा गरेर विपन्नलाई समूहमा आबद्ध गराउँछन् । व्यापार विस्तारको दबाबमा रहेका लघुवित्तका कर्मचारीका कारण एकै व्यक्तिलाई जति पनि संस्थामा सदस्य बन्न बाध्य हुन्छन् । यही कारण अहिले लघुवित्तको तीव्र विरोध भइरहेको हो । गरीबलाई सहयोग गर्ने भनिए पनि तिनलाई नै उठीवास लगाउन लागेको आरोप लघुवित्तमाथि लगाइएको छ । अत्यधिक मुनाफाका पछाडि लाग्दा लघुवित्तमा विकृति भित्रिएको हो । यस्तो विकृति रोक्न समयमा नै नेपाल राष्ट्र बैंकले नियमन गर्न सक्नुपर्थ्यो । उसले वास्ता नगर्दा नै अहिलेको समस्या आएको हो । अहिले व्यापक विरोध भएपछि केही निर्देशन जारी गरेर यसलाई कस्न लागेको देखिन्छ । यसको मारमा पनि सर्वसाधारण लगानीकर्ता परेका छन् । लाभांश वितरणमा कडाइ गरेसँगै बिहीवार लघुवित्तको शेयर मूल्यमा पहिरो गयो । कैयौंले लाखौं रुपैयाँ घाटा खाए । नियामककै कारण यसरी लगानीकर्ता मर्कामा पर्नु भनेको गलत हो । त्यसैले सोचविचार गरेर सबै पक्षमा ध्यान दिएर मात्रै यस्तो निर्णय गर्नुपर्थ्यो । मोहन आचार्य नयाँबानेश्वर, काठमाडौं ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव समारोह

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २२औं वार्षिकोत्सव सम्पन्न भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा वार्षिकोत्सव सम्पन्न भएको हो । सो अवसरमा संस्थाले देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेको थियो । संस्थाले वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण लगायत सामाजिक कार्य गरिएको बताएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चौधरीले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट वित्तीय संस्थाको रूपमा लघुवित्त सेवा दिइरहेको भन्दै आगामी दिनमा थप ऊर्जाका साथ काममा लाग्न आग्रह गरिन । सांसद तथा लघुवित्त अभियन्ता लीलानाथ श्रेष्ठले गरीबी न्यूनीकरणमा लघुवित्तको भूमिका प्रभावकारी रहेको बताए । त्यस्तै सांसद तथा लघुवित्त अभियन्ता योगेन्द्र मण्डलले लघुवित्तको मर्म र उद्देश्य अनुरूप चल्न सके संस्थाको उद्देश्य सार्थक हुने बताए । नेपाल राष्ट्र बैंकका सञ्चालक चिन्तामणि सिवाकोटीले लघुवित्तले मुलुकको गरीबी निवारणमा पुर्‍याएको योगदानलाई कम आकलन गर्न नमिल्ने बताए । संस्थाको सञ्चालक समितिका अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङले लघुवित्त गरीबी निवारणको उपयुक्त माध्यम भएकाले यसको स्वस्थ विकास र विस्तारमा जोड दिनुपर्ने बताइन् ।

डिप्रोक्स लघुवित्त २२औँ वर्षमा, २८ कर्मचारीलाई दीर्घ सेवा पदक

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड २१ औँ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ । औपचारिक वित्तीय सेवाको पहुँच वाहिररहेका विपन्न ग्रामिण परिवारलाई स्तरीय, दिगो तथा भरपर्दो लघुवित्त सेवा उपलब्ध गराई उनीहरुको आर्थिक अवास्था सुधार्ने मुल उद्देश्य लिई डिप्रोक्स–नेपाल, नविल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, लुम्बिनी विकास बैंक लिमिटेड (तत्कालिन […]

लघुवित्त के हो ? लघुवित्तबाट कसरी लिने बिनाधितो ऋण ?

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चार वर्गमा विभाजन गरेको छ । जसमध्ये एक हो– लघुवित्त वित्तीय संस्था । ग्रामिण क्षेत्रका विपन्न वर्गहरुको आर्थिक स्तर उकास्ने मूख्य उद्देश्य बोकेका यस्ता संस्थाहरु गाउँ गाउँमा गएर सेवा दिइरहेका हुन्छन् । विकट क्षेत्रका गरिबहरुलाई उद्यमी बनाउनका लागि यस्ता संस्थाहरुले बिना धितो ऋण प्रवाह गर्छन । बिना धितो […]

लघुवित्त संस्थाहरूमा महिलाको बढ्दो सहभागिता

विकास एक निरन्तर प्रक्रिया हो, जसको प्रमुख उद्देश्य मानवीय सुखशान्तिको अभिवृद्धि गर्नु हो । वस्तुतः मानव भन्नाले महिला र पुरुष दुवैको प्रसङ्ग आउने हुनाले समानताअन्तर्गत लैङ्गिक समानता पनि पर्छ, जुन बिना घरपरिवारमा कलह, द्वेष, ईष्र्या र आशन्तिबाहेक केही पनि हुँदैन र कुनै पनि देश विकासको गोरेटोमा अग्रसर हुन सक्दैन ।वास्तवमा कुनै पनि देशको सर्वतोमुखी विकासका […]

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको कार्यशाला

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयमा कार्यरत फिल्ड कर्मचारीहरुलाई २ दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । तालिममा उपस्थित शाखा कार्यलयका कर्मचारीहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले तालिमको उद्देश्य तथा तालिमबाट प्राप्त ज्ञानलाई दैनिक कार्य र व्यक्तिगत जीवनमा पालना गरेर सफलात हासिल गर्न सुझाव दिए ।तालिममा कर्मचारीहरुलाई कर्जा व्यवस्थापन, धितो कर्जाको महत्व […]