सहज भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम र आइडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड - दोश्रो चरण ’ का लागि आवेदन खुल्ला गरिएको छ । विराटनगरमा आयोजित कार्यक्रममा दुग्धजन्य उत्पादनमा नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले यसमा आवेदन दिन सक्ने जानकारी दिइयो । आवेदकहरुले प्रदेश नम्बर १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान भएका दुग्धजन्य उत्पादन विविधिकरण संग सम्बन्धित चुनौतिलाई सम्बोधन गर्ने समाधान प्रस्तुत गर्