नविल म्युचुअल फण्ड–३ मा आवेदन खुल्यो

२५ भदौ, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नवील ब्यालेन्स्ड फण्ड ३ नामक आफ्नो चौथो म्युचुअल फण्डका इकाईहरु आजदेखि निश्कासन गरेको छ । यो १० वर्षे अवधिको बन्दमुखी म्युचुअल फण्ड हो । प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाईको सार्वजनिक निश्कासन भएको हो । यो फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्मका लागि […]

सम्बन्धित सामग्री

एनआईसी एसिया बैंकको अर्को ‘म्युचुअल फण्ड’ खुल्यो

काठमाडौं । एनआईसी एसिया बैंकको अर्को म्युचुअल फण्डको बिक्री खुला भएको छ । दोस्रो बजारमै अधिकांश म्युचुअल फण्डको मूल्य १० रुपैयाँभन्दा तल झरेको अवस्थामा ‘एनआईसी एसिया ग्रोथ फण्ड २’ नामक म्युचुअल फण्ड निस्कासन भएको छ । प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १०० इकाइका लागि अर्थात् १ हजार रुपैयाँ आवेदन दिन सकिन्छ । ८ करोड ५० […]

के हो म्युचुअल फण्ड ?

काठमाडौं । पछिल्लो समय धितोपत्र बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार शुक्रवारसम्ममा डिम्याट खाता खोल्नेको संख्या ५५ लाख ३३ हजार नाघेको छ । एउटै कम्पनीको आईपीओमा २७ लाखभन्दा बढी आवेदन पर्ने गरेकोले पछिल्लो समय युवापुस्तालगायत आम जनमानसमा शेयर बजारप्रति बढेको रूचिलाई पुष्टि गर्छ । यसको विपरीत म्युचुअल फण्डले निष्कासन गर्ने इकाईका लागि समयमै पर्याप्त आवेदन नपरेको देखिन्छ । यसले धरैलाई म्युचुअल फण्डबारे जानकारी नभएको बुझ्न सकिन्छ । म्युचुअल फण्डको इकाई विक्री खुला हुँदा लगानीकर्ताहरूले ‘आईपीओ’ हो कि भनेर सामाजिक सञ्जालमा जिज्ञासा राखेको पनि पाइन्छ । के हो म्युचुअल फण्ड ? म्युचुअल फण्ड कम्पनीले खडा गरेको  कोष हो । यसलाई सामूहिक लगानी कोष पनि भनिन्छ । नेपालमा कम्पनीको आईपीओ केही अवस्था बाहेक प्रतिकित्ता रू. १०० मा पाइन्छ भने यस्ता फण्डको इकाई रू. १० मा पाइन्छ । इकाई पनि आईपीओ जसरी नै सार्वजनिक निष्कासनमा ल्याइन्छ । यस्ता फण्डमा लगानी गर्दा कम जोखिम हुन्छ तर तत्काल त्यति धेरै लाभ पनि हुँदैन । त्यसैले नयाँ  लगानीकर्ताको लागि दोश्रो बजार भन्दा म्युचुअल फण्डमा गरिएको लगानी बढी सुरक्षित मानिन्छ । कम जोखिम र मध्यम नाफा दिने योजनाका रूपमा म्युचुअल फण्डलाई लिन सकिन्छ  । यस्ता फण्डहरूले बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, विनिमय बजारमा सूचीकृत धितोपत्र, नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेको कुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्दछन् । धितोपत्र बोर्डको नियमावलीअनुसार योजनाले एक कम्पनीको साधारण शेयरमा कुल चुक्तापूँजीको १० प्रतिशतसम्म लगानी गर्न सक्छन् । तर कम्पनीको कुल साधारण शेयरमा योजनाको आकारको कम्तीमा २० प्रतिशत लगानी योजनाको अवधिभर कायम राख्नुपर्ने हुन्छ । त्यस्तै यस्ता योजनाले कुनै पनि कम्पनीले निष्कासन गरेको अग्राधिकार शेयर वा डिबेञ्चरमा २० प्रतिशतसम्म लगानी गर्न सक्नेछन्  । मुद्दती निक्षेपमा लगानी गर्दा योजनाको खुद सम्पत्ति मूल्यको १५ प्रतिशतसम्म लगानी गर्न पाइन्छ । साथै म्युचुअल फण्डहरूले प्रचलित कानुनबमोजिम कुल रकमको २५ प्रतिशतसम्म विदेशी धितोपत्रमा लगानी गर्न सक्ने व्यवस्था रहेको छ । बन्दमुखी र खुलामुखी गरी म्युचुअल फण्ड दुई किसिमका हुन्छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३१ ओटा बन्दमुखी योजना छन् । यस्तै छ ओटा खुलामुखी म्युचुअल फण्ड पनि  छन् । खुलामुखी योजनाहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुँदैनन् । म्युचुअल फण्डको प्रमुख आधार भनेको यसको कुल सम्पत्ति मूल्य हो । यो सूचकले फण्डको सम्रग सम्पत्तिको मूल्याङ्कन गर्दछ । कुल सम्पत्ति मूल्यलाई योजनाको कुल इकाईले भाग गर्दा आउने अनुपातलाई प्रतिइकाई खुद सम्पति मूल्य  भनिन्छ । म्युचुअल फण्ड डिस्काउन्ट र प्रिमियम मूल्यमा पनि खरीद गर्न सकिन्छ । प्रतिइकाई  सम्पत्ति मूल्यभन्दा धेरै मूल्यमा इकाई खरीदविक्री भएमा त्यो प्रिमियममा भएको बुझिन्छ । त्यस्तै विपरीत प्रतिइकाई सम्पति मूल्यभन्दा थोरै मूल्यमा इकाई खरीदविक्री गरियो भने त्यो डिस्काउन्ट मूल्यमा खरीद भएको बुझिन्छ । डिस्काउन्ट मूल्यमा खरीद गर्दा लगानीकर्तालाई केही सुरक्षित अनुभूति हुन सक्छ । बन्दमुखी योजना सर्वसाधारणमा इकाई निष्कासन गर्दा नै उक्त फण्ड कति समयका लागि सञ्चालन हुने भन्ने तोकिएको हुन्छ । सर्वसाधारणमा प्रतिइकाई रू. १० दरले इकाई निष्कासन हुन्छ । सर्वसाधारणमा इकाई निष्कासन भएपछि दोस्रो बजारमा कारोबारका लागि फण्डका इकाईहरू सूचीकरण गराइन्छ । यस प्रकारको फण्डमा साधारणतया पाँच वर्षदेखि १५ वर्षको अवधि तोकिएको हुन्छ । खुलामुखी योजना विभिन्न प्रकारका सामूहिक लगानी कोष योजनाहरूमध्ये खुलामुखी योजना पनि एक हो । यस्ता प्रकारका योजनाहरू नेपाल स्टक एक्सचेन्जमा सूचीकृत हुँदैनन् । तर इकाईहरू दैनिक रूपमा निर्धारण हुने प्रतिइकाई खुद सम्पत्ति मूल्यमा लगानीकर्ताहरूले आफूले चाहेको समयमा इकाईहरू योजना व्यवस्थापक वा तोकिएको वितरकमार्फत सजिलै रूपमा खरीदविक्री गर्न सक्ने व्यवस्था रहेको हुन्छ  । यस्ता योजनाहरूको आकार थपघट भइरहने हुन्छ । जस्तो लगानीकर्ताहरूले इकाईहरू खरीद गरेमा योजनाको आकार बढेर ठूलो हुँदै जान्छ भने विक्री गरेमा योजनाको आकार घटेर सानो हुँदै जान्छ । यस्तो योजना निश्चित समयमा परिपक्व नभई निरन्तर सञ्चालनमा भइरहन्छ । नेपालको पहिलो खुलामुखी योजना एनआईबिएल एस म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल सहभागिता फण्ड हो ।

‘नबिल ब्यालेन्स फण्ड–३’ मा माग गरिएभन्दा बढी आवेदन

काठमाडौँ– नबिल ब्यालेन्स फण्ड–३ का इकाईहरुमा माग गरिएभन्दा बढीको आवेदन परेको छ। नवील म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमूखी योजना ‘नबिल ब्यालेन्स फण्ड–३ ’को प्रतिइकाई मूल्य रु.१० दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १४ प्रतिशत इकाई कोष प्रवर्द्धक नवील बैंक लिमिटेड र १ प्रतिशत […]

एनएमबि क्यापिटलको खुलामुखी म्युचुअल फण्ड योजनामा कति पर्यो आवेदन ?

एनएमबि क्यापिटल NMB Capital  को पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनामा  ६७ करोड बढीको आवेदन परेको छ  । यस निष्काशनमा आवेदन दिने आज अन्तिम दिन सोमबार साँझसम्ममा ९९ हजार ७ सय ९ जना आवेदकबाट ६ करोड ७९ लाख ५६ हजार ४ सय ३० इकाईको लागि आवेदन परेको बिक्रि प्रबन्धक एनएबि क्यापिटलले जनाएको छ  ।आवेदन फेरिफाई हुने क्रम मै रहेकोले यो संख्या घटबढ हुन सक्ने क्यापिटलले जनाएको छ ।  क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरि १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई  नामको खुलामुखी योजनाको इकाई निष्काशन गरेको हो ।क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले १० करोड इकाई निष्काशन गरेको हो । जस मध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरिएको हो । ४ करोड इकाई मध्ये १४ प्रतिशत इकाई अर्थात् १ करोड ४० लाख इकैई कोष प्रबर्दक एनएमबि बैंकको लागि तथा १ प्रतिशत अर्थात् १० लाख इकाई योजना ब्यबस्थापक एमएमबि क्यापिटलको लागि छुट्याईएको थियो । बाँकि रहेको २ करोड ५० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्डले क्यापिटललाई साउन २२ गते योजना संचालनको लागि अनुमति दिएको थियो ।

‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा २.३७ गुणा बढी आवेदन

काठमाडौं । मेगा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘मेगा म्युचुअल फण्ड–१’ का इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन परेको बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ । यस योजनाको प्रति इकाई १० का दरको १० करोड इकाई मध्ये न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवर्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखिएको थियो । बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको दुई दिनमै मागभन्दा बढि आवेदन प्राप्त भई चौथो

आरबीबी म्युचुअल फण्ड १ को आवेदन बन्द

राष्ट्रिय वाणिज्य बैंकको आरबीबी म्युचुअल फण्ड एकको इकाइहरु सार्वजनिक निष्काशन बन्द भएको छ ।प्रतिइकाई १० रूपैयाँका दरको १० करोड इकाईमध्ये बिज पँुजीबापत १३ प्रतिशत इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक तथा २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडका लागि गरी कुल निष्काशन गरिने इकाईको जम्मा १५ प्रतिशत इकाई सुरक्षित राखेर बाँकी न्यूनतम ८ […]

आरबीबी म्युचुअल फण्ड १ मा लगानी गर्ने आज अन्तिम दिन

राष्ट्रिय बाणिज्य बैंक (आरबीबी) म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ । गत असार २३ गतेदेखि खुलेको बैंकको प्रति इकाई १० रुपैयाँका दरले १० करोड इकाई बराबरको म्युचुअल फण्डमा मागे भन्दा पनि बढि आवेदन परेकाले सूचना अनुसार आज आवेदन बन्द गर्न लागिएको बैंकले जनाएको हो ।कुल १० करोड इकाई बराबरको म्युचुअल फण्ड मध्ये बैंकले बीज पूँजी बापत १३ प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको लागि ग

आरबिबि म्युचुअल फण्ड १ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

आरबिबि म्युचुअल फण्ड १ को इकाई खरिदका लागि आवेदन दिने आज (असार २७ गते) अन्तिम दिन हो। आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असार २३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो। निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १३ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई र २ प्रतिशत इकाई योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याइएको हो। उक्त फण्डमा न्...

एनआईसी एसियाको ‘सेलेक्ट ३०’मा खुल्यो आवेदन

काठमाडौं। एनआईसी एसिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईसी एसिया सेलेक्ट ३०’ मा आजदेखि आवेदन खुलेको छ। यसमा लगानीकर्ताले असार १४ गतेसम्ममा आवेदन दिन पाउनेछन्। कम्पनीले प्रतिकित्ता १० रुपैयाका दरले १० करोड कित्ता फण्ड बिक्रीमा गर्न लागेको हो। जसमध्ये १५ प्रतिशत एनआईसी एसिया बैंकलाई र बाँकी ८५ प्रतिशत सर्वसाधारका लागि छुट्याईएको छ।