अध्यक्ष सिंहले लिइन् पद तथा गोपनीयताको शपथ

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छन् । बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवालले सिंहलाई “बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५” अनुसार शपथ ग्रहण गराएका हुन् ।कम्पनीको गत फागुन २९ गते भएको ३३ औँ वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालक समितिको पुनर्गठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट पुनर्निर्वाचित भएकी थिइन् । 

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्डद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डाै – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज साेमवार भएको एक समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । शपथ ग्रहण समारोहमा, उपराष्ट्रपति, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायत विशिष्ट व्यक्तिको उपस्थिति थियो । समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, विभिन्न राजनीतिक दलका नेता, कुटनीतिक न...

उपसभामुख भुसालद्धारा पद तथा गोपनीयताको शपथ

काठमाडौं । प्रतिनिधिसभामा नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आइतबार आयोजित विशेष समारोहमा उहाँलाई सभामुख अग्निप्रसाद सापकोटाले शपथ गराउनु भएको हो । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ व्यक्तित्वको उपस्थिति थियो । भुसाल गएको शुक्रबार प्रतिनिधिसभा बैठकमा […]

नवनिर्वाचित अध्यक्ष तथा प्रमुखहरुले पद तथा गोपनीयताको शपथ लिए

धादिङबेंसी – वैशाख ३० मा सप्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित भएका अध्यक्षहरुले मुख्य निर्वाचन अधिकृतसंग पड तथा योपनीयताको शपथ लिएकाछन । नवनिर्वाचित अध्यक्ष तथा प्रमुखहरुलाई मुख्य निर्वान अधिकृत न्यायाधीश रमेशप्रसाद ज्ञावालीले सोमबार जिल्लामा एक कार्यक्रमको आयोजना गरी ११ वटा गाउँ पालिका अध्यक्ष र दुइटा नगर प्रमुखहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका थिए […]

धितोपत्र बोर्डका अध्यक्ष हमालले लिए गोपनीयताको शपथ

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले बोर्डका नवनियुक्त अध्यक्ष हमाललाई शपथ ग्रहण गराएका हुन् । शपथ ग्रहण पछि बोल्दै अर्थमन्त्री शर्माले पुँजी बजारलाई सुधारका लागि कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमालसँग आग्रह गरेका छन् ।  धितोपत्र बोर्ड […]

राप्रपाका पदाधिकारीले लिए गोपनीयताको शपथ

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नवनियुक्त २४ पदाधिकारीले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँहरूलाई शपथ गराउँदै देशभर सङ्गठन विस्तार गरी पार्टीका नीति तथा कार्यक्रमबारे जनतालाई आश्वस्त पार्न निर्देशन दिनुभयो । पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पदाधिकारीलाई स्वागत गर्दै पार्टीमा आबद्ध सबै नेता तथा कार्यकर्ताले जनताको सेवालाई …

भूमि आयोगका चार सदस्यद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रिय भूमि आयोगका चार सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितिमा मन्त्रालयमा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलासँग नवनियुक्त सदस्यहरु राघोराय यादव (रौतहट), वासुदेव हुमागाईं (काभ्रे), टेकबहादुर शाह (डोटी) र दाताराम खनाल (इलाम)ले शपथ लिएका हुन्। सो अवसरमा मन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको […]

अध्यक्ष डा घिमिरेद्वारा पद तथा गोपनियताको शपथ

नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा रविन्द्र घिमिरेले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।    नियामक निकायको रुपमा रहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिल्वालसँग डा. घिमिरेले आज पद तथा गोपनियताको...

भूमि आयोगका अध्यक्ष निरौलाद्वारा शपथ

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले उहाँलाई शपथ गराउनुभएको हो । सोही कार्यक्रममा अध्यक्ष निरौलाले आयोगका उपाध्यक्ष मीनेन्द्र खड्कालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिनुभयो । शपथपछि प्रधानमन्त्री देउवाले …

राष्ट्रियसभा सदस्य पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : राष्ट्रियसभा सदस्यमा विजयी दृगनारायण पाण्डेले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। लुम्बिनी प्रदेशअन्तर्गत रिक्त राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेलाई सिंहदरबारमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनीयताको शपथ गराएका हुन्।विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका पाण्डे गत जेठ १७ गते भएको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट विजयी भएका थिए। पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका थिए।पाण्डे एमाले प्रदेशसभा सांसद पदबाट राजीनामा दिएर विपक्

ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै, मन्त्रीहरुको पनि शपथ

संविधानको धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपतिद्वारा बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथका लागि शीतल निवासमा एक विशेष समारोहको आयोजना गरिएको छ ।  संसदमा विश्वासको मत लिन नसकेर पदमुक्त भएका ओलीलाई राष्ट्रपति भण्डारीले ३ दिनपछि पुनः प्रधानमन्त्री नियुक्त गरेकी हुन् । अब ओलीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनु पर्नेछ ।  बहुमतीय सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समय सोमवार सकिएप...