लाभांश घोषणा : वाणिज्यभन्दा कम छैनन् विकास बैंक

२९ कात्तिक, काठमाडौं । गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । अधिकांश वाणिज्य बैंकहरुले शेयरधनीहरुका लागि लाभांश घोषणा गरिरहेकै समयमा विकास बैंकहरुले पनि शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ६ प्रतिशत बोनस शेयर दिने घोषणा गरेका छ […]

सम्बन्धित सामग्री

अझै पनि सेयर किन्दा ११ बैंक तथा वित्तीय संस्थाहरूको लाभांश पाइने

१६ पुस, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत पब्लिक कम्पनीहरुले धमाधम वार्षिक साधारणसभा आयोजना गरिरहेका छन् । कतिपय कम्पनीले साधारणसभामार्फत लाभांश समेत स्वीकृत गराइरहेका छन् भने कतिपय कम्पनीले लाभांश प्रस्तावविना नै साधारणसभा गरिरहेका छन् । अझै पनि केही माइक्रोफाइनान्स, विकास बैंक, फाइनान्स तथा वाणिज्य बैंकको सेयर खरिद गर्दा लाभांश पाइन्छ । लाभांश घोषणा गरिसकेका तर […]

सात विकास बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ विकास बैंकमध्ये हालसम्ममा सात विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेका हुन् । त्यस्तै ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।   लाभांश घोषणा गरेका अधिकांश विकास बैंकले बोनस शेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशलमव २ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत गरेर कुल १० दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश साधारण सभाबाट पारित भइसकेको छ ।  त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  मितेरी डेभलपमेन्ट बैंकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ९ दशलमव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा बोलाएको छ । लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।  गरिमा विकास बैंकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । महालक्ष्मी विकास बैंकले भने ६ दशलमव ४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  कुन बैंकको कति ?

गरिमा विकास बैंकको लाभांश घोषणा

गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। कम्पनीले १६ प्रतिशतले हुन आउने त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश साधारणसभामा बितरण हुने छ। गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि शेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने छ । कम्पनीले भनेको छ 'गरिमा विकास बैंक लि.को आ.व. २०७७/०७८ को संचित मुनाफा तथा शेयर प्रिमियमबाट रु.६२०,१६६,२९३।४४ (संचित मुनाफा रु.६२०,०६९,२२५/२६ तथा शेयर प्रिमियम रु.९७,०६८।१८) तथा साविक सहारा विकास बैंक लि. को आ.व. २०७७/०७८ को संचित मुनाफा तथा शेयर प्रिमियमबाट रु.११,५४३,००३।३७ (संचित मुनाफा रु.४,८७४,७५१।३७ तथा शेयर प्रिमियम रु.६,६६८,२५२।००) समेत कूल रकम रु.६३१,७०९,२९६.८१ बराबरको रकम जस अनुसार गरिमा विकास बैंक लि. को साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति पूर्वको चुक्ता पूँजी रु.३,६७५,९१२,५०१।०८ (अक्षरेपी तीन अर्व सतसट्टी करोड उन्साठी लाख बाह्र हजार पाँच सय एक रुपैया र पैसा आठ मात्र) तथा साविक सहारा विकास बैंक लि. को चुक्ता पूँजी रु.२७२,२७०,६०४।- (अक्षरेपी सत्ताइस करोड बाइस लाख सत्तरी हजार छ सय चार मात्र) समेत विकास बैंकको हाल कायम चुक्ता पूँजी रु.३,९४८,१८३,१०५.०८ (अक्षरेपी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच रुपैंया पैसा आठ मात्र) को १६ प्रतिशत अर्थात रु.६३१,७०९,२९६.८१ (अक्षरेपी त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र) बोनश शेयर गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति हुने क्रममा सम्पन्न अन्तिम सम्झौता अनुरुप सहारा विकास बैंक लिमिटेड गरिमा विकास बैंक लिमिटेडमा प्राप्ति भए पश्चात गरिमा विकास बैंक लिमिटेडमा हाल कायम शेयरधनीहरुलाई वितरणको लागि प्रस्ताव गर्ने निर्णय भयो । गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि दोस्रो बजारबाट शेयर कारोबार भई कायम शेयरधनीहरुले प्रचलित आयकर ऐन बमोजिम लाभांश (बोनश शेयर) बापत तिनुपर्ने कर सम्बन्धित शेयरधनीहरुबाट नगदै जम्मा गराई भुक्तानी गर्ने समेत निर्णय गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।'

कृषि विकास बैंकको लाभांश घोषणा

कृषि विकास बैंक Agriculture Development Bank Limited  लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि १.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बैंकको संचालक समितिको ९३७ औं बैठकको निर्णयानुसार नेपाल राष्ट्र वैकको स्वकृती प्राप्त भए पश्चात आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारण सभाबाट अनुमोदन गराई बैंकको आर्थिक वर्ष २०७७/०७८ मा कायम रहेको साधारण चुक्ता पुजीको २० प्रतिशतले बोनस लाभांश र बोनस लाभांशमा लाग्ने कर १.०५२६ प्रतिशतले हुने नगद लाभांश प्रदान गर्ने र नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पूँजिमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय गरेको हो।नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

ज्योति विकास बैंकको लाभांश घोषणा

ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम हुने चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ४.५ प्रतिशत नगद लाभांश गरि कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।   हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७ सय ८१ रुपैयाँ रहेको छ ।कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.९२५ प्रतिशत नगद लाभांश गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

१४ बैंकको लाभांश घोषणा हुँदा हिमालयनको उच्च, औसत लाभांश १५.१७ प्रतिशत (सुचीसहित)

हालसम्म १४ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७/७८ को मुनाफ बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेका छन् । कार्तिक १२ गते शुक्रबार साँझसम्ममा नेपाल स्टक एक्सचेन्जमा सुचिकृत २६ मध्ये १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् । यी मध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकले गरेको छ भने सबै भन्दा कम प्रस्ताव कुमारी बैंकले गरेको छ । हिमालयन बैंकले २१.३६ प्रतिशत बोनस र ४.४६४ प्रतिशत नगद गरि कुल २६ प्रतिशत लाभाश प्रस्ताव गरेको छ भने कुमारी बैंकले ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद गरि कुल ८.६७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।हिमालयन बैंकपछि सानिमा बैंकको लाभांश उच्च छ । सानिमाले १७ प्रतिशत बोनस र ०.८९ प्रतिशत नगद गरि कुल १७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै नेपाल बैंकले १४ प्रतिशत बोनस र ३ प्रतिशत नगद गरि १७ प्रतिशत , सिटिजन्स बैंकले १२.९१ प्रतिशत र ३.०९ प्रतिशत नगद गरि १६ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १२.६१ प्रतिशत बोनस र ३.३९ प्रतिशत नगद गरि १६ प्रतिशत, तथा एनआईसी एसियाले १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । त्यस्तै नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस र ३.५० नगद गरि १५.५० प्रतिशत, सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस र ०.४५ प्रतिशत गरि १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १२.२ प्रतिशत बोनस र ०.७० नगद गरि १४ प्रैशत, बैंक अफ काठमाडौँले १० प्रतिशत बोनस र ४ प्रतिशत नगद गरि १४ प्रतिशत र ग्लोबल आईएमई बैंकले १० प्रतिशत बोनस र ३.५० प्रतिशत नगद गरि १३.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साथै स्ट्यान्डर्ड चार्टर्ड बैंकले १० प्रतिशत बोनस र ३.०६ प्रतिशत नगद गरि १३.०६ र एभरेष्ट बैंकले ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद गरि कुल १०.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । हालसम्म घोषणा गरिएका १४ बैंकको औसत नगद लाभांश २.७१ प्रतिशत, औसत बोनस शेयर १२.४५ प्रतिशत र कुल औसत लाभांश १५.१७ प्रतिशत रहेको छ । अब कृषि विकास बैंक, सिभिल बैंक, सेन्चुरी बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नबिल बैंक, एनसीसी बैंक, एनएमबि बैंक, प्राइम कमर्शियल बैंक, प्रभु बैंक र नेपाल एसबिआइ बैंकको लाभांश घोषणा हुन् बाँकि छ ।  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलेपनि लाभांश घोषणा गरेको छैन  ।  बैंकहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकहरुको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

लुम्बिनी विकास बैंक Lumbini Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.७१२ प्रतिशत नगद लाभांश गरि कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।   हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ९० करोड ६४ लाख रहेको छ  । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।

कामना सेवा विकास बैंकको लाभांश घोषणा

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले लाभांश घोषणा गरेको छ । बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार बैंकले हाल कायम चुक्ता पुंजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश गरि कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रहेको छ।