मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ०.९२५ प्रतिशत नगद लाभांश गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ८१ करोड १५ लाख ५० हजार रहेको छ । कम्पनीको उक्त  प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । 

सम्बन्धित सामग्री

सात विकास बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ विकास बैंकमध्ये हालसम्ममा सात विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेका हुन् । त्यस्तै ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।   लाभांश घोषणा गरेका अधिकांश विकास बैंकले बोनस शेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशलमव २ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत गरेर कुल १० दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश साधारण सभाबाट पारित भइसकेको छ ।  त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  मितेरी डेभलपमेन्ट बैंकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ९ दशलमव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा बोलाएको छ । लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।  गरिमा विकास बैंकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । महालक्ष्मी विकास बैंकले भने ६ दशलमव ४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  कुन बैंकको कति ?

मुक्तिनाथ विकास र आइसीएफसी फाइनान्सको लाभांश घोषणा: यस्तो छ लाभांशको इतिहास

काठमाडौं। मुक्तिनाथ विकास बैंक र आइसीएफसी फाइनान्सले गत बर्षको नाफाबाट लाभांश घोषणा गरेका छन्।  मुक्तिनाथले ११.२५ प्रतिशत बोनस सेयर र