गरिमा विकास बैंकको लाभांश घोषणा

गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। कम्पनीले १६ प्रतिशतले हुन आउने त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश साधारणसभामा बितरण हुने छ। गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि शेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने छ । कम्पनीले भनेको छ 'गरिमा विकास बैंक लि.को आ.व. २०७७/०७८ को संचित मुनाफा तथा शेयर प्रिमियमबाट रु.६२०,१६६,२९३।४४ (संचित मुनाफा रु.६२०,०६९,२२५/२६ तथा शेयर प्रिमियम रु.९७,०६८।१८) तथा साविक सहारा विकास बैंक लि. को आ.व. २०७७/०७८ को संचित मुनाफा तथा शेयर प्रिमियमबाट रु.११,५४३,००३।३७ (संचित मुनाफा रु.४,८७४,७५१।३७ तथा शेयर प्रिमियम रु.६,६६८,२५२।००) समेत कूल रकम रु.६३१,७०९,२९६.८१ बराबरको रकम जस अनुसार गरिमा विकास बैंक लि. को साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति पूर्वको चुक्ता पूँजी रु.३,६७५,९१२,५०१।०८ (अक्षरेपी तीन अर्व सतसट्टी करोड उन्साठी लाख बाह्र हजार पाँच सय एक रुपैया र पैसा आठ मात्र) तथा साविक सहारा विकास बैंक लि. को चुक्ता पूँजी रु.२७२,२७०,६०४।- (अक्षरेपी सत्ताइस करोड बाइस लाख सत्तरी हजार छ सय चार मात्र) समेत विकास बैंकको हाल कायम चुक्ता पूँजी रु.३,९४८,१८३,१०५.०८ (अक्षरेपी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच रुपैंया पैसा आठ मात्र) को १६ प्रतिशत अर्थात रु.६३१,७०९,२९६.८१ (अक्षरेपी त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र) बोनश शेयर गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति हुने क्रममा सम्पन्न अन्तिम सम्झौता अनुरुप सहारा विकास बैंक लिमिटेड गरिमा विकास बैंक लिमिटेडमा प्राप्ति भए पश्चात गरिमा विकास बैंक लिमिटेडमा हाल कायम शेयरधनीहरुलाई वितरणको लागि प्रस्ताव गर्ने निर्णय भयो । गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि दोस्रो बजारबाट शेयर कारोबार भई कायम शेयरधनीहरुले प्रचलित आयकर ऐन बमोजिम लाभांश (बोनश शेयर) बापत तिनुपर्ने कर सम्बन्धित शेयरधनीहरुबाट नगदै जम्मा गराई भुक्तानी गर्ने समेत निर्णय गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।'

सम्बन्धित सामग्री

सात विकास बैंकले गरे लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ विकास बैंकमध्ये हालसम्ममा सात विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक र महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेका हुन् । त्यस्तै ज्योति विकास बैंक, कामना सेवा विकास बैंक र सप्तकोशी विकास बैंकले यसपटक लाभांश नदिने निर्णय गर्दै साधारणसभा बोलाएका छन् ।   लाभांश घोषणा गरेका अधिकांश विकास बैंकले बोनस शेयरलाई प्राथमिकता दिएका छन् । लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १० दशलमव २ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५५ प्रतिशत गरेर कुल १० दशमलव ७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश साधारण सभाबाट पारित भइसकेको छ ।  त्यस्तै सांग्रिला डेभलपमेन्ट बैंकले ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश मङ्सिर २४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरिसकेको छ । त्यसैगरी मुक्तिनाथ विकास बैंकले ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५१३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  मितेरी डेभलपमेन्ट बैंकले कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ९ दशलमव ५० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५० प्रतिशत कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस १४ गते साधारण सभा बोलाएको छ । लुम्बिनी विकास बैंकले ४ प्रतिशत बोनस शेयर र ४ दशलमव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २६ गते साधारण सभा बोलाएको छ ।  गरिमा विकास बैंकले ९ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावित लाभांश पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । महालक्ष्मी विकास बैंकले भने ६ दशलमव ४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो । यो लाभांश पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ ।  कुन बैंकको कति ?