राजीनामा गरेको भोलिपल्ट संसद्‍मा सुनाइयो गजेन्द्र हमाल मन्त्री बनेको सूचना !

मन्त्री बनेको ७२ घण्टा नपुग्दै राजीनामा गरेका गजेन्द्र हमाल मन्त्री बनेको सूचना प्रतिनिधि सभामा सुनाइएको छ ।  सोमवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले मन्त्रिपरिषद् विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका हुन् ।  असोज २२ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त भएका हमालले आइतवार राजीनामा गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटामा मन्त्री बनेका भनिएका हमालले स्वविवेकले राजीनामा गरेको बताएका थिए । प्रतिनिधि सभा बैठकमा एमालेले सोमवार पनि अवरोध कायम राखेक...

सम्बन्धित सामग्री

प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण अझै गोप्य

काठमाडौं, भदौ २१ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १४ महिना हुन लाग्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगरेरै देउवा सरकारका नौ मन्त्री बिदा भएका छन्। यसैबीच देउवा सरकारका तत्कालीन दुईजना मन्त्री मीनेन्द्र रिजाल र गजेन्द्र हमाल आफैले राजीनामा दिए भने २०७९ असार १२ गते मन्त्रिमण्डल फेरबदल […]

प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण अझै गोप्य

शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १४ महिना हुन लाग्दासमेत प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन्। सम्पत्ति विवरण सार्वजनिक नगरेरै देउवा सरकारका नौ मन्त्री बिदा भएका छन्। यसैबीच देउवा सरकारका तत्कालीन दुईजना मन्त्री मीनेन्द्र रिजाल र गजेन्द्र हमाल आफैले राजीनामा दिए भने २०७९ असार १२ गते मन्त्रिमण्डल फेरबदल हुँदा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) बाट आठ नयाँ थपिने क्रममा सात मन्त्री बिदा भएका थिए। बिदा भएका मन्त

राजनीति ‘गन्धा’ छ तर अहिले ‘धन्दा’ छ

देश यतिखेर प्रधानन्यायाधीश प्रकरणमा रनक्क तातेको छ । प्रधानन्यायाधीश राणाले मन्त्रीमण्डल गठनमा भाग खोजेका र उद्योग मन्त्रीका रूपमा नियुक्त गजेन्द्र हमाल चोलेन्द्रका जेठान भएकाले राणा एकाएक विवादमा तानिए । नेपाल बार एसोसिएन एकमुख लागेर राणाको विरोधमा जमेर लागेको छ । उसले भनेको छ –‘राणाको राजीनामा नै एक मात्र विकल्प हो । नत्र हामी आन्दोलनमा जान्छौं ।’

३० घण्टा मन्त्री बनेका गजेन्द्र हमाल भन्छन्– विवादमा मुछिनुभन्दा छाडिदिएँ

गजेन्द्र हमाल श्रीमतीको उपचार गराउन काठमाडौं आएका थिए । एकाएक मन्त्री बने, विरोधपछि राजीनामा गरे । तीन साताको उतारचढावपूर्ण काठमाडौं बसाइपछि हमाल सोमबार नेपालगञ्ज फर्किंदैछन् ।

हिन्दुराष्ट्र पक्षधर गजेन्द्र हमालले के के गरे भिडियोसहित

काठमाडौं, २५ असोज । तीन दिन मन्त्री बनेर राजीनामा दिएका गजेन्द्र हमाल हिन्दु राष्ट्रका पक्षधर हुन् । उनले मन्त्रीबाट राजीनामा दिएपछि आफै हिन्दु राष्ट्रको पक्षधर भएको स्पष्ट पारेका हुन् । ‘म हिन्दु राष्ट्र हुनुपर्ने पक्षको हुँ,’ हमालले प्राइम टाइम्स टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग हमालले भने, ‘हिन्दु राष्ट्र फर्काउन अभियान नै चलाएको छु […]

मन्त्रीबाट राजीनामा दिनुको कारणबारे यसो भन्छन् गजेन्द्र हमाल

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारै उनको राजीनामा स्वीकृत गरिसकेका छन् । आफ्नो नियुक्तिका सम्बन्धमा विरोध भएको तथा विभिन्न आरोपहरू लगाएपछि पदबाट राजीनामा दिएको हमालले बताएका छन् । मन्त्री बनेको दुई दिनमै राजीनामा दिनुको कारणबारे बाह्रखरीले जिज्ञासा राख्दा...

प्रश्न उठिसक्यो, प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : एमाले नेता भट्टराई

एमाले नेता तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेको बताएका छन् । साथै उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन परमादेश जारी गरेको रहेछ भन्ने गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित भएकाले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।‘परमादेश किन दिएको रहेछ भन्ने गजेन्द्र हमाल प्रकरणबाट पुष्टि भएको छ । यसले न्यायालयमाथि गम्भीर प्रश्न उठेको छ

प्रधानन्यायाधीश जबरा जुनसुकै बेला राजीनामा दिने मुडमा !

काठमाडौं, २४ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जुनसुकै बेला राजीनामा दिने मुडमा छन् । पछिल्लो समय एकपछि अर्को गरेर विवादमा नाम मुछिएको भन्दै उनी रुष्ट छन् । गजेन्द्र हमाल मन्त्री बनाईनुभन्दा अघिदेखि नै प्रधानन्यायाधीश जबराको नाम जोडेर मन्त्रिमण्डलमा भाग खोजेको भन्ने समाचार आएको र त्यसमा पनि प्रधानन्यायाधीशले आफ्नो नातेदारलाई मन्त्री बनाउन थालेको भन्ने समाचारले उनी […]