रुकुम (पूर्व) : जनयुद्धका क्रममा भूमिगत भएका नेता कार्यकर्ता, जनसेना, शहीद, घाइते, अपांग परिवारका छोराछोरीलाई शिक्षा दिलाउने उद्देश्यले तत्कालीन नेकपा माओवादी शिक्षा विभाग अन्तर्गत स्कुल खोलिएका थिए, तिनैमध्येको एक हो, रुकुमपूर्वको क्याङ्सीमा रहेको शहीद वासु स्मृति जनवादी विद्यालय।२०६२ सालमा रुकुमको मोराबाङ गाविसको क्याङ्सीमा माओवादीका स्थायी समितिका तत्कालीन पोलिटब्यूरो सदस्य सुरेश आले (वासु) को नामबाट स्थापना गरिएको विद्यालयमा राज्यद्वारा अभिभावक मारिएका २० जना टुहुरा बालबालिका सहित १११ आ