ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान

काठमाडौं : ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान सुरु हुने भएको छ।जिल्ला स्वास्थ्य कार्यालयको पहलमा बिहीबार बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकको निर्णयअनुसार नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाका लागि २ दिन विशेष खोप कार्यक्रम गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिए।‘बुधबार स्वास्थ्य कार्यालयमा बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकले यही वैशाख १५ र ३१ गते खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ,’ प्रमुख डा सापक