फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत डडेल्धुरामा ९४ हजार तीन सय १४ को नाम दर्ता भएको छ। शुक्रबार जिल्ला सदरमुकाममा छैटौं निर्वाचन दिवसको अवसरमा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय, डडेलधुराले सो तथ्यांक सार्वजनिक गरेको हो । २०७८ असारसम्मको मतदाता संख्या जिल्लामा ८८ हजार ४५ जना थियो। जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन कार्य सुरू गरेपछि नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।पछिल्लो तथ्याङ्क हेर्दा जिल्लामा आगामी स्थानीय तहको