कृषिलाई पर्यटनमा जोड्न माडीमा ‘फार्म स्टे’ सञ्चालनको तयारी

साउन १०, चितवन । कृषिलाई पर्यटनमा जोड्ने उद्देश्यसहित माडीमा फार्म स्टे सञ्चालनको तयारी गरिएको छ ।  स्थानीय पिछडिएका समुदायलाई लक्षित गर्दै उनीहरुलाई आयआर्जनमा जोड्न सहयोग पुगोस् भन्ने हेतुले पनि माडीमा फार्म स्टे सञ्चालनमा ल्याउन लागिएको हो  ।  चक्लाबन्दीमा आधारित सामूहिक खेती गरिदैं आएको माडी नगरपालिका वडा नम्बर ८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्था मार्फत खेती गरिएको सो ठाउँमा फार्मस्टे घरहरु सञ्चालनमा ल्याउन लागिएको हो  ।  संस्थाले कुल १०० घरमा फार्मस्टे घरहरु बनाउने लक्ष्य लिएपनि हाल ४६ ओटा घर परिवारलाई पक्की घर बनाएर त्यही फार्मस्टे सञ्चालन गर्न लागिएको छ ।  प्रदेश सरकारको रू. तीन लाख, माडी नगरपालिकाको डेढ लाख र स्थानीय जनताको चार लाख ५० हजार गरी रू नौ लाखको लागतमा घरहरु बनेका हुन् । दुईओटा बेड रूम, एक लिभिङ रूम, एक किचन र दुईओटा एट्याच्ड ट्वाइलेट बाथरूम छन् ।  कृषि सहकारी संस्थाका प्रबन्धक शिवजी गायकले ४६ ओटा फार्म स्टे घरहरु तयार भएर हस्तान्तरण गरिसकिएको र दशैंबाट सञ्चालनमा ल्याइने जानकारी दिए । हाल सञ्चालनमा ल्याउन सकिएपनि कोभिडका कारण केही समय पछि सञ्चालनमा ल्याइने उनको भनाइ छ ।  १०० विघा क्षेत्रफल रहेको त्यो स्थानमा खेतीको बीचबीचमा घर बनाइएको छ  । माडीलाई कृषि पर्यटनको नमूना नगरपालिका बनाउनको लागि फार्मस्टे सञ्चालनमा ल्याउन लागिएको उनले बताए । ‘यहाँ २० ओटा माछा पोखरी, पशुपालन फार्म, लोकल कुखुरा फार्म रहनुका साथै अर्गानिक कृषि उपज उत्पादन गरिनेछ । रिसोर्टहरुमा होटल, पार्क, स्वीमीङ पुल इत्यादि हुन्छन, गायकले भने, फार्म स्टेमा पाहुन आउँछन् फार्मस्टेमा बस्छन कृषि कर्म हेर्छन् ।’  माडीमा ‘फार्मस्टे’ घरहरु कान्तिपुर गाउँको मूलबाटोनजिकै होमस्टेसमेत सञ्चालन गर्न मिल्ने गरी घरहरु बनाइएको छ । विशेष गरी पिछडिएको समुदायको लागि आयस्तर उकास्न र आत्मनिर्भर बनाउन यो योजना अघि सारिएको हो ।  स्थानीय डिलबहादुर गन्धर्वले यी घरमा होमस्टे सञ्चालन गरेपछि आफ्नो संस्कृतिको संरक्षण पनि हुने र आय आर्जनसमेत गर्न सकिने बताए । जसअनुसार फार्म स्टेमा विभिन्न समुदायका संस्कृति झल्कने गीत, संगीत तथा नाचगान गरी पर्यटकलाई मनोरञ्जन प्रदान गरिनेछ ।  यसअघि आ–आफ्ना जमिनमा परम्परा र निर्वाहमुखी खेती गर्दा घाटा ब्यहोर्दै आएको भन्दै गन्धर्वले फार्मस्टे सञ्चालनमा आएपछि आफूहरु दिगो आर्थिक उपार्जन गर्न सकिने आशा रहेको बताए ।  वाग्मती प्रदेश सरकारले गन्धर्व समुदायका लागि एकीकृत नमूना बस्ती निर्माण गरेको छ । साथै उनीहरुको संस्कृति र भेषभूषाको संरक्षणका लागि गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिएको छ । रू. ५० लाखको लागतमा गन्धर्व संग्रहालय भवन निर्माण गरेको हो । सो भवनमा २५० जना अट्ने क्षमता छ । गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रमा गन्धर्व समुदायको भेषभूषा, बाजागाजा, कृषि उपजहरुको प्रदर्शनी तथा विक्री केन्द्र स्थापना गरिने सहकारीका प्रबन्धक गायकले बताए । सामूहिक खेती गरिएको ठाउँमा कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै विविध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा विकास गर्नको लागि सो गाउँमा विभिन्न संरचनाहरु निर्माण भएको प्रबन्धक गायकले जानकारी दिए । संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरेको छ । सामूहिक खेतीका लागि १०० बिगाहा जमिन एकीकृत गरिएको छ । यहाँ तीन कट्ठादेखि चार बिगाहसम्म जमिन भएकाहरु अहिले एउटै संस्थामा आवद्ध भएका छन् । सूर्योदय कृषि सहकारी संस्थामार्फत् किसानको जमिनलाई चक्लाबन्दी गरिएको हो । कान्तिपुर क्षेत्रको करीब १०० बिगाह खेतीयोग्य जमिनलाई चक्लाबन्दी गर्ने लक्ष्य राखिएकोमा ७० बिगाहभन्दा बढी जमिनलाई एउटै प्लटमा रुपान्तरण गरिएको छ । क्रमश यस क्षेत्रमा ड्रयागन फ्रुट, सूर्यमुखी, तोरीलगायतको खेतीमार्फत् पर्यटकलाई आकर्षण गराउने लक्ष्य राखिएको  छ । एकै ठाउँबाट सबै खेतीको अवलोकन गर्न मिल्ने गरी भ्यू टावर निर्माण गर्ने तयारी पनि सहकारीको छ । सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले कृषि पर्यटनका लागि माडीमा फार्मस्टे उपयोगी र प्रभावकारी हुँदै गएको  बताए । चितवनको दुर्गम क्षेत्रको रुपमा माडी लाई चिनिएपनि नजिकै रहेको राष्ट्रिय निकुञ्ज र उर्बर भूमि भएका कारण कृषि पर्यटनको आकर्षक गन्तव्य हुने पौडेलको भनाइ छ । आगामी दिनमा संस्थाले थप पर्यटन प्रवर्द्धनका कामहरु अघि बढाउंँदै लगिने उनले जानकारी दिए ।   

सम्बन्धित सामग्री

पोखराको प्याराग्लाइडिङ: तोरीपानी क्षेत्रबाट पुन: सञ्चालनको तयारी

पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानै स्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी गरिएको छ।...

स्वचालित वधशाला सञ्चालनको तयारी

धादिङ– धादिङको धुनीबेसी नगरपालिकामा दैनिक ३२ हजार २ सय ४० खुकुरा वध गर्ने क्षमताको स्वचालित वधशाला सञ्चालनको तयारी भइरहेको छ । नुवाकोटका केशवराज थापाले सञ्चालनमा ल्याउन लागेको केबी एग्रो एन्ड रिसर्च प्रालि सञ्चालनको अन्तिम तयारीमा रहेको हो । धुनीबेसी नगरपालिका वडा नं. ८ बाहुनडाँडामा ब्रोइलर कुखुरा वधशाला सञ्चालन गर्न ६५ करोड रुपैयाँ लाग्ने भएको छ […]

बनेपा बसपार्क सञ्चालनको तयारी

काभ्रे, ७ जेठ । निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क सञ्चालनको तयारी थालिएको छ । यसका लागि नगरपालिका कार्यालयले आवश्यक छलफलसहितको प्रक्रिया अघि बढाइएको जनाएको छ । चालिसको दशक सुरुवातमै अरनिको राजमार्गमा सवारीको सङ्ख्या बढ्न थालेपछि बनेपा नगरपालिका– ८ स्थित नगरपालिका कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो । मध्यपहाडी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको बनेपा […]

नयाँ संसद् सञ्चालनको तयारी हुँदै

निर्वाचनको मतपरिणाम सार्वजनिक अन्तिम चरणमा पुगेसँगै नयाँ संसद् सञ्चालनको तयारी सुरु भएको छ ।  संविधानको धार ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को...

बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी

खोटाङ- खोटाङको केपिलासगढी गाउँपालिकाले बुहारी शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको छ। पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालनको तयारी गरेको हो। आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमअनुसार गाउँपालिकाले पढ्न मन भएका बुहारीको तथ्यांक संकलनका लागि शिक्षा शाखा र महिला तथा बालबालिका शाखालाई जिम्मेवारी दिइएको छ। वडा […]

लामो समयदेखि बन्द रहेको हवाई सेवा सञ्चालनको तयारी

बैतडी– सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा लामो समयदेखि बन्द रहेको हवाई सेवा पुनः सञ्चालनको तयारी भएको छ । गत चैतदेखि बन्द रहेको धनगढी-बैतडी-धनगढी हवाई सेवा पुनः सञ्चालनको तयारी भएको हो ।  यही असोज ८ गते शनिबारदेखि नियमित रुपमा यहाँ उडान हुने समिट एयर बैतडीका प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए । साताको एक दिन बिहीबार समिट […]

बथनाहा–विराटनगर रेल सञ्चालनको तयारी

भारतको वथनाहादेखि विराटनगरको बुधनगरसम्म रेल सञ्चालनको तयारी थालिएको छ। भारतको वथनाहादेखि विराटनगरको बुधनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी) सम्म दशैंअघि नै रेल सञ्चालनमा ल्याउने तयारी थालिएको हो।...

बथनाहा-विराटनगर रेल सञ्चालनको तयारी

भारतको वथनाहादेखि विराटनगरको बुद्धनगरसम्म रेल सञ्चालनको तयारी थालिएको छ। भारतको वथनाहादेखि विराटनगरको बुद्धनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी)सम्म दशैंअघि नै रेल सञ्चालनमा ल्याउने तयारी थालिएको हो।...

नगरपालिकामा ‘फ्रण्ट डेक्स’ सञ्चालनको तयारी

गलकोट । बागलुङ नगरपालिकाले सेवाग्राहीको सजिलोका लागि ‘फ्रण्ट डेक्स’ सञ्चालनको तयारी थालेको छ । नगर कार्यपालिकाको तेस्रो कार्यपालिका बैठकले आम नागरिकको सहजताका निम्ति ‘फ्रण्ट डेक्स’ सञ्चालन गर्ने निर्णय गरेको हो । ‘फ्रण्ट डेक्स’ स्थापनासँगै नगरपालिका भित्र छिर्ने बित्तिकै कहाँ के गर्ने भनेर अब सेवाग्राही अलमलिनुपर्ने अवस्थाको अन्त्य हुने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए । नगरपालिकाबाट प्रदान […]

इनरुवामा २० बेडको कोभिड अस्पताल सञ्चालनको तयारी

कोरोना संक्रमण भई उपचारको आवश्यकता भएकालाई सुनसरीकाे सदरमुकाम इनरुवामा २० बेडको अस्पताल सञ्चालनको तयारी गरिएको छ ।...