बथनाहा-विराटनगर रेल सञ्चालनको तयारी

भारतको वथनाहादेखि विराटनगरको बुद्धनगरसम्म रेल सञ्चालनको तयारी थालिएको छ। भारतको वथनाहादेखि विराटनगरको बुद्धनगरस्थित एकीकृत जाँचचौकी (आइसिपी)सम्म दशैंअघि नै रेल सञ्चालनमा ल्याउने तयारी थालिएको हो।...

सम्बन्धित सामग्री

विस्तार हुँदै जनकपुर रेलसेवा

जनकपुर–जयनगर रेल सेवालाई विस्तार गरी बिजलपुरासम्म चलाउने तयारी सरकारले गरेको छ । यससँगै दोश्रो खण्डको कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनमा आउने भएको छ ।सरकारले जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन गर्ने तयारी गरेपछि कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनमा आउने भएको रेल विभागले जनाएको छ । “सो खण्डमा रेल सेवा विस्तार गरेर सञ्चालनको तयारी भइरहेको छ,” रेल विभागका महानिर्देशक दीपक […]

विस्तार हुँदै जनकपुर रेलसेवा

काठमाडौं । जनकपुर जयनगर रेल सेवालाई विस्तार गरी बिजलपुरासम्म चलाउने तयारी सरकारले गरेको छ । यससँगै दोस्रो खण्डको कुर्थादेखि बिजुलपुरासम्म रेल सञ्चालनमा आउने भएको छ । सरकारले जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन गर्ने तयारी गरेपछि कुर्थादेखि बिजलपुरासम्म रेल सञ्चालनमा आउने भएको रेल विभागले जनाएको छ । सो खण्डमा रेल सेवा विस्तार गरेर सञ्चालनको तयारी भइरहेको छ, […]

रेल सञ्चालन हुनुअघि नै कर्मचारी आन्दोलित

जनकपुरधाम – नेपाल सरकारले खरिद गरेको दुई सेट रेल सञ्चालनको तयारी भइरहेको छ। तर, सञ्चालन नहुँदै कर्मचारीको विषयमा विवाद सुरु भएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले आफ्ना नजिकका व्यक्तिलाई भित्रभित्रै नियुक्त गरेर तालिम दिन थाल्दा यसअघिका नियुक्त भएर तालिमसमेत लिइसकेका कर्मचारीले त्यसको विरोध जनाएका छन्। यसअघिका महाप्रबन्धक गुरु भट्टराईले समेत भित्रभित्रै दैनिक ज्यालादारीमा […]

मन्त्रीले अझै रेल सञ्चालन मिति तोक्न सकिनन्

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले यसै वर्षभित्र रेल सञ्चालन गर्ने तयारी भए पनि मिति तोक्न नसकिने बताएकी छिन् । जनकपुरमा नेपाल रेलवेका भौतिक संरचनाको निरीक्षण गर्दै मन्त्री यादवले मंगलबार रेल सञ्चालनको तयारी अन्तिम चरणमा रहेको दाबी गरिन् ।

रेल सञ्चालन तयारी

सरकारले नौ महिनाअघि भारतबाट ल्याएर थन्क्याएको रेल सञ्चालनको तयारी सुरु गरेको छ ।रेल सञ्चालनका लागि कुर्था–जनकपुर–जयनगर खण्डमा आइतबार रेल्वे ट्रयाकको स्पिड ट्रायल टेस्ट गर्न लागेको छ । भारत सरकारले ट्रयाक बुझाउने तयारी गरेकाले गर्दा ट्रयाक टेस्ट गरेर भारत सरकारले नेपाल हस्तान्तरण गर्न लागेको हो । “कति गतिमा रेल सञ्चालन गर्न सकिन्छ, सोही अनुसार ट्रयाक तयार […]

जनकपुर–जयनगर रेल सञ्चालनको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोभिड संक्रमण कम हुनासाथ जनकपुर–जयनगर रेल सञ्चालनका लागि सबै तयारी पूरा गर्न नेपाल रेल्वे कम्पनीलाई निर्देशन दिएका छन्। आज एक कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले भने,“रेलमार्ग निर्माण सकिएर रेल खरिद गरिएको, जनशक्ति तयार भएको र कानून निर्माण भइसकेकाले अब सञ्चालनका लागि समस्या छैन। निषेधाज्ञा खुलेको एक/दुई सातामा नै रेल सञ्चालन गर्न सकिन्छ।”

कोरोनाका कारण जनकपुर–जयनगर रेल सञ्चालन स्थगित

वैशाख ३१, धनुषा । जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ ।  नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महीनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए । हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ । रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका थिए । कोरोनाको बढ्दो कहर र निषेधाज्ञाका कारण ती भारतीय कर्मचारी तत्कालको लागि घर फर्केका छन् । महाप्रबन्धक भट्टराईले भने, ‘यस पटक रेल्वे सञ्चालनको अन्तिम तयारीमा थियौँ, तर समयले धोका दियो ।’ उनले अवस्था सामान्य बनेपछि रेल सञ्चालन गरिने बताए । नेपाल सरकारले भारतबाट २०७७ असोज ७ मा दुई ओटा रेल ल्याएको थियो । रेल आएको दिन जनकपुरधामसम्म परीक्षणस्वरुप चलाएर ल्याए पनि ७ महीनादेखि धनुषाको खजुरीको स्टेसनमा दुवै रेल सशस्त्र प्रहरीको सुरक्षामा त्रिपालले छोपेर राखिएको छ । नेपालले भारतीय कम्पनी कोनकन रेल्वेज कर्पोरेसनसँग ८५ करोड रुपैयाँमा दुई रेल खरीद गरेको हो । नेपालको राष्ट्रिय झण्डाको रातो, नीलो र सेतो रङ लगाइएको रेल इन्जिनसहित ६ ओटा डब्बामा एकपटकमा १२ सयदेखि १ हजार ३०० यात्रु यात्रा गर्नसक्ने क्षमताको छ ।  यसअघि नेपालमा कोइला इञ्जिन भएको रेल चल्ने गर्थ्यो जुन सात वर्षदेखि बन्द छ । अहिले ल्याइएको रेल डिजेल इलेक्ट्रिफाइड मल्टिपल युनिट प्रविधि (डिइएमयु) को छ ।  रेल सञ्चालनका लागि कम्पनीले विभिन्न पदमा १०० जना कर्मचारी नियुक्त गरेको छ । पहिलो चरणमा जयनगरदेखि नेपालको कुर्थासम्म ३४ किलोमिटर रेल सञ्चालन हुने महाप्रबन्धक भट्टराईले बताए । उनले बाँकी १७ किमी कुर्थादेखि बिजलपुरासम्म चालू आर्थिक वर्षभित्र नै सञ्चालन हुने जानकारी दिए । भारतको जयनगरदेखि कुर्थासम्म रेल्वे सञ्चालनका लागि ३ हल्ट र ५ स्टेशन निर्माण गरिएको छ । सरकारले सो रेल सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति भर्ना गर्ने बाटो खोलेको थियो । जसअनुसार आवश्यक दक्ष जनशक्ति करारमा नियुक्त गर्न सैद्धान्तिक स्वीकृति दिइएको हो । रेल्वे कम्पनीका अनुसार विभिन्न ४५ पदका लागि २२६ दरबन्दी आवश्यक छ । नेपालसँग कोइलाबाट चल्ने ‘न्यारोगेज’ रेल मात्रै चलाएको अनुभव छ ।  अहिले चलाउन लागिएको ‘ब्रोडगेज’ रेलबारे नेपालसँग अनुभव नभएको हुँदा भारतीय प्राविधिक कर्मचारीमार्फत शुरुमा रेल सञ्चालन गरिने बताइएको छ ।    पहिलो चरणमा जनकपुरसम्म चल्ने रेल महोत्तरीको बिजलपुरासम्म चलाउने सरकारको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व–पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ । रासस

कोरोनाले जनकपुर–जयनगर रेल प्रभावित

-अजयकुमार साहधनुषा । कोरोनाका कारण जनकपुर–जयनगर रेल सेवा प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल गरिएकोले तत्काल रेल सञ्चालन स्थगित गरिएको बताए ।  हालै रेल्वे सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भइसकेको छ ।रेल्वे सञ्चालन गर्न नेपाली कर्मचारीलाई भारतीयले दश दिनसम्म प्रशिक्षण दिएका

रेल सञ्चालनको तयारी अन्तिम चरणमा

काठमाडौं (अस) । विगत ७ महीनादेखि पार्किङमा रहेका रेल सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले बताएको छ । वैशाख महीनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारी भएको  कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । रेल सञ्चालनका लागि पुराना तथा अवकाश पाइसकेका र हाल कार्यरत कर्मचारीलाई कम्पनीले तालीम दिने भएको छ । १०० जना त्यस्ता कर्मचारी तथा प्राविधिकलाई तालीम दिन लागिएको महाप्रबन्धक भट्टराईले बताए । बुधवारदेखि रेल सञ्चालनको सेफ्टी वर्गका कर्मचारीलाई तालीम दिइने उनले जानकारी दिए । उनका अनुसार तालीम दिन भारतको कोंकण रेल्वे कर्पाेरेशनका अधिकारी जनकपुर आइसकेका छन् । लोकसेवा आयोगले निकाल्ने भर्ना प्रक्रिया रद्द भएपछि कम्पनीले नै कर्मचारी तथा प्राविधिकको व्यवस्थापन गर्न लागेको हो । असोज १ गते जनकपुरमा आएका दुई रेल सञ्चालनका लागि कम्पनीले त्यसअघि भदौ अन्तिम साता १२९ जना कर्मचारीलाई करारमा नियुक्त गर्न विज्ञापन खुलाएको थियो । महाप्रबन्धक भट्टराईका अनुसार तालीम २ हप्तासम्म चल्नेछ । रेल सञ्चालनका लागि पटक–पटक मिति सारिँदै आएको छ । कम्पनी वैशाख महीनाभित्र रेल सञ्चालनको तयारीमा रहेको भट्टराईले बताए । यद्यपि अहिले पुनः कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अन्योल भने कायमै छ । ‘कोरोनाका कारण विलम्ब होला कि भन्ने हो, तर सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने । नेपालले भारतीय कोंकण रेलवे कर्पाेरेशन कम्पनीसँग भन्सारबाहेक ८५ करोड ६५ लाखमा पाँचओटा डिब्बासहितका दुई सेट रेल किनेको छ । भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा जयनगर–जनकपुर ३४ किमी खण्डमा रेल चल्नेछ ।

कुर्था–जयनगर रेल सञ्चालनको अन्तिम तयारी, रेलसेट आगामी महिना आइपुग्ने

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ । रेलमार्ग केही समय पहिले नै निर्माण सम्पन्न भइसकेको र सेट आइपुगेपछि रेल सञ्चालन हुने रेल विभागले जनाएको छ ।