काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले सञ्चारमाध्यमले आफूविरुद्धका समाचार मात्रै प्रकाशन गरेको भन्दै आपत्ति जनाएकी छन्।
शुक्रवार स्वास्थ्य पत्रकार मञ्चले मन्त्री कार्कीलाई बधाई ज्ञापन गर्न मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीले उठाएको प्रश्नको उत्तर दिँदै उनले यस्तो आशय व्यक्त गरेकी हुन्।
दुईजना मन्त्रीहरूले एकै कार्यक्रममा एकैपटक रिबन काटेको पहिलो पटक देखेका थियौँ, यो गर्न जरुरी थियो र ? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले अस्पतालको कार्यक्रममा क्याथ ल्याबको उद्घाटनसँगै जनशक्तिका मुद्दाहरू, सेवा व...