सभामुख अग्निप्रसाद सापकोटाले संसदको प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका छन् ।
सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्दै सभामुख सापकोटाले भोलि (मंगलवार)देखि शुरू हुने संसदको हिउँदे अधिवेशनको प्रभावकारिताका लागि राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताएका हुन् ।
उनले सभामुखको भूमिका समन्वय र सहजीकरण गर्ने रहेकाले आफूले सबैसँग छलफल गर्दै अघि बढ्ने बताए । संसदमा रहेको गतिरोध अन्त्यका लागि राजनीतिक दलहरूसँग छलफल गर्ने र आवश्यकताअनुसार सर्वदलीय बैठक राख्ने प...