प्रदेश १ राजधानी र नामकरण बहस : अधिकांश सांसद विकेन्द्रीकरणविरुद्धमा

विराटनगर : मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को राजधानी विकेन्द्रित गर्ने मनसाय व्यक्त गरिरहँदा नेकपाका अधिकांश सांसद भने त्यसको विपक्षमा उभिएका छन्। प्रदेशको नाम र राजधानीको टुंगो लगाउने भन्दै दुई दिनदेखि बसेको नेकपाको बैठकमा बोल्ने ५४ जना सांसदमध्ये ५२ जनाले विकेन्द्रीकरणविरुद्ध राय व्यक्त गरेका हुन्। यस्तै, प्रदेश...

सम्बन्धित सामग्री

प्रदेश-१ को नामकरणमा अन्योल कायमै, दलहरु आ-आफ्नै अडानमा

काठमाण्डाै - दलहरुबीच सहमति हुन नसक्दा प्रदेश-१ को नामकरणमा अन्योल बढ्दै गएको छ । दलहरु आआफ्नो अडानबाट पछि नहट्दा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना कम देखिएको छ । दलहरुले सहमति जुटाउन ढिलाइ गर्दा विभिन्न जातजाति, संस्कृति, सभ्यता र भूगोलका नाममा नामकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन बढ्न थालेका छन् । ७ मध्ये ६ प्रदेशले आफ्नो नामकरण गरिसकेका छन् । प्रदेश-१ को मात्र नामकरण हुन बाँकी छ । यसअघि २०७५ साल वैशाख २३ गते प्रदेशको राजधानी विराटनगर टुङ्गो लागे पनि नामकरण भने हुन सकेको थिएन । प्रदेश...

पेचिलो बन्दै प्रदेश १ नामकरण : पहिचान कि भूगोल ?

विराटनगर : प्रदेशसभाको कार्यकाल अन्त्यको मिति नजिकिँदै गर्दा यतिवेला प्रदेश १ मा प्रदेशको नाम जुराउन प्रदेश सरकार, प्रदेशसभा सदस्यहरू कसरतमा जुटेका छन्।देश संघीयतामा गएर पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेश १ सरकार स्थापना भएको ४ वर्ष बितिसक्दा दुई तिहाइ बहुमत रहेको नेपाल कम्युनिष्ट पार्टीको विभाजनले परेको प्रभावका कारण ३/३ जना मुख्यमन्त्री पाएको प्रदेश १ ले राजधानी पाए पनि नामको भने अझै टुंगो लगाउन सकेको छैन।०७६ वैशाख २३ गते प्रदेशको राजधानी विराटनगर भनेर तोकिएको थियो। निवर

प्रदेश १ को नाम जुराउने चर्चा

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश प्रमुख परशुराम खापुङलाई भेट गरी प्रदेशको नामकरण सम्बन्धी छलफल गरेका छन्।बिहीवार मुख्यमन्त्री राईले प्रदेश प्रमुख खापुङलाई भेट गरी भर्खरै पास भएको बजेट र प्रदेशको नामकरण सम्बन्धमा छलफल भएको मुख्यमन्त्री कार्यालयको सचिवालयले जनाएको छ।यतिबेला प्रदेश १ सरकारसँगै प्रदेशसभाका माननीयहरूलाई प्रदेश नामकरणको दबाब परेको छ। तीनवटा मुख्यमन्त्री पाएको प्रदेश १ ले राजधानी पाउँदा अझै नाम पाउन सकेको छैन।मुख्यमन्त्र

प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमाले सहमत

इटहरी । प्रदेश १ को नामकरण टुंगो लगाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ । नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले यसैपटक नामको टुंगो गरेर जानेगरी कांग्रेस र एमालेबीच सहमति भएको हो । ‘यो नाम, उ नाम भन्ने केही पनि सहमति भएको होइन, यसैपटक प्रदेशको नामकरण टुंगो लाग्नुपर्छ भन्ने […] The post प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमाले सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश १ को नामकरण : पहिचान कि भूगोल ?

विराटनगर : गत माघ ३ गते प्रदेश २ अर्थात ‘मधेस प्रदेश’ ले आफ्नो नाम र राजधानी टुंगो लगाइसकेको छ। प्रदेश २ ले सहजताका साथ  प्रदेशवासीको भावनाअनुसार नाम टुंगो लगाएसँगै यतिवेला प्रदेश १ लाई पनि नामकरणका लागि दबाब बढेको छ। निर्वाचित प्रदेश सरकार गठन भएको ४ वर्ष बितिसक्दा ६ वटा प्रदेशले नाम र राजधानी टुंगो लगाइसकेका छन् भने प्रदेश १ ले राजधानी टुंगो लगाए पनि नाम राख्न सकेको छैन।नेपालका ७ प्रदेशमध्ये ५ वटाले भूगोल र एउटाले पहिचानका आधारमा प्रदेशको नाम टुंगो लगाएका छन्। ०७८ स

पेचिलो बन्दै प्रदेश १ को नामकरण‚ के भन्छन् दलका नेता?

विराटनगर : सात प्रदेशमध्ये ६ वटाको नामकरण भएपछि प्रदेश १ सरकारलाई पनि प्रदेशको नामकरण गर्न दवाव परेको छ। यति बेला प्रदेशले के नाम पाउँला भन्नेमा प्रदेशवासीको ध्यान केन्द्रित भएको छ।तर, प्रदेशको नाम के राख्ने भन्ने विषयमा सत्तारुढ दल मात्रै होइन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)मा पनि मतैक्य छैन। सत्ता गठबन्धनमा नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ नेकपा (एकीकृत समाजवादी)‚ जनता समाजवादी पार्टी (जसपा)‚ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छ।संविधानमा प्रदेशको राजधानी र ना

नामकरणका लागि दबाबमा प्रदेश १ सरकार, यस्तो छ तयारी

सातमध्ये ६ वटा प्रदेशले प्रदेशको नामकरण टुङ्ग्याइसकेका छन् । सातवटै प्रदेश एकसाथ स्थापना भए पनि प्रदेश १ ले भने अहिलेसम्म नाम पाउन सकेको छैन । पाँच प्रदेशले यसअघि नै नामकरण गरिसकेका थिए भने सोमबारमात्र प्रदेश २ ले पनि प्रदेशसभाबाट प्रदेशको नाम ‘मधेस’ पारित गरेको छ ।योसँगै नामकरणमा पछि परेको प्रदेश १ सरकारलाई दबाब बढेको छ । दलहरु बिच सहमति नबन्दा प्रदेश १ को नामकरण थाँती रहँदै आएको छ । प्रदेश १ को राजधानी विराटनगर कायम भए पनि नामकरणबारे दलहरुबीच मतैक्यता छैन । प्रदेशको नाम भूगोल

प्रदेश १  मात्र  बन्यो नामविहीन प्रदेश

प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकले ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको थियो । प्रदेश २ ले नाम पाएपछि अब एक मात्र प्रदेश कामविहीन भएको छ । सातमध्ये ६ वटा प्रदेशको नामाकरण भइसक्दा प्रदेश १ को भने नामकरण हुन नसकेको हो । प्रदेश १ को स्थायी राजधानी भने विराटनगर कायम भइसकेको छ । २०७६ वैशाख २३ को प्रदेश सभा बैठकले प्रदेशको राजधानी विराटनगर कायम गरेको थियो । मुख्यमन्त्री परिवर्तन भइसक्दा समेत प्रदेशको नामकरण हुन सकेको छैन । दे

‘दलबीचको मतान्तरका कारण प्रदेश १ को नामकरण हुन सकेन’

मोरङ – प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले दलबीचको मतान्तरका कारण नामकरण गर्न नसकेको बताएका छन्। उनले शुक्रबार विराटनगरस्थित एक होटलमा पत्रकार सम्मेलन गर्दै नामकरणमा आफ्नो मात्र जिम्मेवारी नरहेको बताए। आफ्नो कार्यकालमा प्रदेशको राजधानी सहमतिमा राख्न सफल भएको जनाएका राईले दलबीचको मतान्तरका कारण प्रदेशका नामकरण आउन नसकेको भन्दै बचाव गरेका हुन्। संविधानतः प्रदेश सभा सञ्चालनको […]