काठमाण्डाै - दलहरुबीच सहमति हुन नसक्दा प्रदेश-१ को नामकरणमा अन्योल बढ्दै गएको छ । दलहरु आआफ्नो अडानबाट पछि नहट्दा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना कम देखिएको छ ।
दलहरुले सहमति जुटाउन ढिलाइ गर्दा विभिन्न जातजाति, संस्कृति, सभ्यता र भूगोलका नाममा नामकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन बढ्न थालेका छन् ।
७ मध्ये ६ प्रदेशले आफ्नो नामकरण गरिसकेका छन् । प्रदेश-१ को मात्र नामकरण हुन बाँकी छ । यसअघि २०७५ साल वैशाख २३ गते प्रदेशको राजधानी विराटनगर टुङ्गो लागे पनि नामकरण भने हुन सकेको थिएन ।
प्रदेश...