प्रदेश १ को नामकरण अनिश्चित, संसदीय दलका नेता भन्छन् ‘भोट बैँक बिग्रिन्छ भन्ने डरले नामकरण भएन’

इटहरी । दलहरूका आ–आफ्नै अडानका कारण प्रदेश १ को नामकरण नजुरेको दलहरूले बताएका छन् । प्रदेश १ सरकारमा तीनपटक मुख्यमन्त्री फेरिएपनि अझैसम्म नामले टुंगो पाएको छैन । पहिलो कार्यकालका मुख्यमन्त्री शेरधन राई त्यसपछि मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा जुर्न नसकेको नामकरण वर्तमान मुख्मयन्त्री राजेन्द्रकुमार राईको कार्यकालमा पनि नटुंगिने निश्चित जस्तै भएको छ । संघीय सरकारले मंसिर […] The post प्रदेश १ को नामकरण अनिश्चित, संसदीय दलका नेता भन्छन् ‘भोट बैँक बिग्रिन्छ भन्ने डरले नामकरण भएन’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

नयाँ प्रदेशसभाले गर्ला प्रदेश १ को नामकरण ?

१२ पुस, विराटनगर । पहिलो कार्यकाल नाम नराखी सकिएपछि प्रदेश १ को प्रदेशसभा निर्वाचनमा उठेका धेरै उम्मेदवारले नामाङ्कनको विषय उठाएर भोट मागे । निर्वाचित भएपछि उनीहरुले नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता जनाएका छन् । ‘अघिल्लो कार्यकालमा नामाङ्कन सम्पन्न भएन, हामी सबै आलोचनाको पात्र बन्यौ,’ नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की भन्छन्, ‘अब […]

प्रदेशसभाको यही कार्यकालमा प्रदेश १ ले नाम पाउने सम्भावना कम

प्रदेशसभाको कार्यकाल अन्तिम चरणमा पुगेको समयमा प्रदेश १ को नामकरणको बहस पनि जोडतोडका साथ उठिरहेको छ । समय कम भएका कारण प्रदेश १ को नामकरण निष्कर्षमा पुग्ने सम्भावना भने कमजोर हुँदै गएको छ ।दलहरुबीच सहमतिमा नामकरण टुङ्ग्याउन पनि नसक्ने र कुनै एउटा नाममा दुई तिहाई पुग्न पनि नसक्ने अवस्था कायम छ । प्रदेशसभामा रहेका पहिचान पक्षधर सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी संसदीय दलका नेता तथा मुख्यमन्त्री राजेन्द्रकुमार राई पहिचानसहितको नाम नआउने हो भने संसद अधिवेशन नै अन्त्य गर्ने मुडमा

प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमाले सहमत

इटहरी । प्रदेश १ को नामकरण टुंगो लगाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ । नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले यसैपटक नामको टुंगो गरेर जानेगरी कांग्रेस र एमालेबीच सहमति भएको हो । ‘यो नाम, उ नाम भन्ने केही पनि सहमति भएको होइन, यसैपटक प्रदेशको नामकरण टुंगो लाग्नुपर्छ भन्ने […] The post प्रदेश १ को नामकरणका लागि कांग्रेस र एमाले सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक.

'साझा सहमति नबनेसम्म प्रदेश १ को नामकरण सम्भव छैन'

विराटनगर : नेपाली कांग्रेसका प्रदेश-१ संसदीय दलका नेता राजीव कोइरालाले साझा सहमति नबनेसम्म प्रदेशको नामकरण सम्भव नभएको बताएका छन्।प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै कोइरालाले जबसम्म साझा सहमति बन्दैन तबसम्म प्रदेशको नामकरण सम्भव नरहने बताएका हुन्।मही माग्दा ढुंग्रो लुकाउने कुनै आवश्यकता नरहेको बताउँदै उनले जबसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार रहँदैन तबसम्म प्रदेशको नामकरण सम्भव नरहेको बताए।‘प्रदेश सरकारले पहल गनुपर्‍यो प्रमुख प्रतिपक्षी दल एमालेलाई समेटेर के नाम राख्दा उचित हु

प्रदेश नं १ को नामकरणका लागि सर्वदलीय बैठकको आह्वान

विराटनगर (अस) । प्रदेश १ को नामकरणका लागि प्रक्रिया शुरू गर्न प्रदेश सरकारले फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न यसअघि प्रदेश नं १ सरकारले बनाएको समितिका तर्फबाट सर्वदलीय बैठकको आह्वान गरिएको हो । प्रदेश नं १ को सरकारको गत माघ १६ गतेको मन्त्रिपरिषद् बैठकले तत्कालीन सामाजिक विकास मन्त्री जयराम यादवलाई प्रदेश १ को नामकरणका लागि समन्वय तथा सहजीकरण गर्न जिम्मा लगाएको थियो । सोही समितिको जिम्मेवारीअनुसार बिहीवार मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थितिमा उनकै कार्यकक्षमा बसेको बैठकले प्रदेशको नाम टुंगो लगाउने प्रक्रिया अघि बढाउन लागेको हो । बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका उपनेता एवं सडक, पूर्वाधार तथा शहरी विकास मन्त्री हिमाल कार्की, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी संसदीय दलका नेता तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फे सहभागी थिए ।   बैठकले सत्तारूढ पाँचदलीय गठबन्धनका तर्फबाट सर्वसम्मतिले प्रदेश १ को नाम प्रस्ताव गरिने प्रारम्भिक सहमति गरेको हालका स्वास्थ्यमन्त्री तथा प्रदेशको नामकरणका लागि गठित समन्वय तथा सहजीकरण समितिका प्रमुख जयराम यादवले जानकारी दिए । ‘आजको बैठकमा प्रदेशको नाम प्रदेश सभामा प्रस्तुत गर्नुपर्दा सत्तारूढ गठबन्धनका तर्फबाट सहमतिमा प्रस्ताव गर्ने प्रारम्भिक सहमति गरेका छौं,’ मन्त्री यादवले भने  । मन्त्री यादवले प्रदेश १ को नामकरण सम्बन्धमा फागुन १० गते प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितको सर्वदलीय बैठक डाकिएको जानकारी दिएका छन् । उक्त बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय दलका नेता, तिनै दलहरूका प्रदेश कमिटी अध्यक्ष/सभापति, सरकारका सबै मन्त्रीहरू सहभागी हुने बताइएको छ । बैठक फागुन १० गते दिनको १२:१५ बजेका लागि डाकिएको छ ।