हवाई उडान नहुँदा उपभोग्य वस्तु अभाव

सडक सञ्जालले नजोडिएको हिमाली जिल्ला हुम्लामा हवाई उडान नहुँदा दैनिक उपभोग्य बस्तुसँगै विकास निर्माणको काम प्रभावित हुन थालेको छ। कर्णालीमा उडान भर्दै आएका निजी विमान कम्पनीहरु पूर्वतर्फ जाँदा कर्णालीका जिल्लाहरुमा हुने उडान प्रभावित भएको छ।...

सम्बन्धित सामग्री

लगातारको झरीका कारण अवरुद्ध  हुम्लाको हवाई उडान ५ दिनपछि सञ्चालन

सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो । गत आइतबार उडान भरेका निजी जहाजले सोमबार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो । आज बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगञ्जबाट समिट एयरले पहिलो उडान सिमकोट भरेको हुम्लाका स्टेशन इन्चार्ज गोविन्द लामाले बताए। बिहान १० बजेपछि मौसममा सुधार आउँदा निजी एयरलाइन्स उडान भर्न सफल भएका हुन् । हवाई सेवा सञ्चालन हुँदा जिल्ला बाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई केही सहज भएको छ । जिल्लामा दैनिक उपभोग्य वस्तु भित्रिएको छ । योसँगै जिल्लामा पसल व्यवसायीको सामग्री, निर्माण सामग्री, खाद्यान्न पनि भित्रिएको छ । नेपालगञ्जबाट समिट, सीता र तारा एयरले हुम्लामा उडान भरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए । बिहान पानी पर्ने र दिउँसो हावा लाग्ने हुँदा हुम्लामा पाँच दिनसम्म उडान हुन नसकेको हो । उडान नभएपछि पाँच दिनअघि टिकट लिएका यात्रु नेपालगञ्ज विमानस्थलमा रोकिनुपरेको थियो । उडान हुँदा यात्रुलाई सहज भएको छ भने दैनिक उपभोग्य वस्तु र अन्य सामान पनि ढुवानी हुने भएको छ ।रासस

हिमपातले प्रभावित हुम्लाको हवाई सेवा ५ दिनपछि शुरु

माघ २५, हुम्ला । हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौं  दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ ।  विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो । पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्यसम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जानकारी दिएको छ ।  हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत भएको छ । नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन् । यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्नसमेत ढुवानी भएको छ । पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो भने हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ । सीता र तारा एयरले जिल्लाका लागि उडान गरेका थिए । रासस

हिमपातले हुुम्लाको जनजीवन कष्टकर, हवाई सेवा पनि अवरुद्ध

सिमकोट– बुधबार बिहानदेखि हुम्लामा भारी हिमपात हुँदा हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका तारा, सिता, समिट एयरको उडान प्रभावित भएको हो । हवाई उडान नहुँदा दैनिक उपभोग्य वस्तु, खाद्यान्न, तरकारी, बजार व्यवसायीहरुको सामाग्री ढुवानी हुन सकेको छैन । भारी हिमपातले सात गाउँपालिका […]

वर्षाका कारण ५ दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

असार ४, हुम्ला । अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा पाँच दिनदेखि अवरुद्ध बनेको छ । देशभरसहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो । निषेधाज्ञाको समयमा पनि नेपालगञ्ज सुर्खेतबाट नियमित उडान गर्दै आएका निजी हवाई उडान खराब मौसमका कारण अवरुद्ध बनेका छन् । नेपालमा भित्रिएको मनसुनका कारण जिल्लामा लगातार भएको वर्षाले हवाई उडानअवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी गराएको छ । हवाई उाडनअवरुद्ध हुँदा जिल्ला बाहिरबाट ढुवानी हुँदै आएको सामग्रीसमेत ठप्प भएको छ ।  नेपालगञ्ज सुर्खेतबाट खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी, विकास निर्माणका सामग्री, सिमकोटमा भित्रिने दैनिक उपभोग्य वस्तु हवाई सेवाअवरुद्ध हुँदा ठप्प भएको छ ।  दैनिक उपभोग्य वस्तुको ढुवानी नहुँदा सिमकोटमा समस्या हुने देखिएको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरले उडान गर्दै आएका छन् । रासस