हिमपातले प्रभावित हुम्लाको हवाई सेवा ५ दिनपछि शुरु

माघ २५, हुम्ला । हुम्लाको अन्तरजिल्ला जोड्ने हवाई सेवा पाँचौं  दिनपछि सञ्चालनमा आएको छ । सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालनमा आएको छ ।  विमानस्थलका कर्मचारी, एयरलाइन्सका कर्मचारी, विमानस्थल सुरक्षा गार्डमा खटिएका सुरक्षाकर्मी, जडीबुटी व्यवसायीलगायतको सक्रियतामा हिउँ फालेपछि हवाईजहाज सञ्चालनमा आएको हो । पाँच दिनदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई उडान हुन नसके पनि हिउँ पन्छाउने कार्यसम्पन्न भएसँगै सीता र तारा एयरले नेपालगञ्जबाट उडान भरेको नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय सिमकोटले जानकारी दिएको छ ।  हवाई सेवा सञ्चालनमा आउँदा जिल्ला बाहिर जाने र भित्रिने नागरिकलाई राहत भएको छ । नेपालगञ्ज र सुर्खेतमा रोकिएका यात्रु हुम्ला पुगेका छन् भने हुम्लाबाट जिल्ला बाहिर गएका छन् । यस्तै नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा सिमकोटको खाद्यान्नसमेत ढुवानी भएको छ । पाँच दिनदेखि बन्द हुँदा सिमकोटमा दैनिक उपभोग्यवस्तुको अभाव भएको थियो भने हवाई सेवा सञ्चालनमा आएसँगै बजारमा दैनिक उपभोग्य वस्तु मासु, तरकारीलगायत भित्रिएको छ । सीता र तारा एयरले जिल्लाका लागि उडान गरेका थिए । रासस

सम्बन्धित सामग्री

हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट – हिमाली जिल्ला हुम्ला शनिबार हवाई सेवा अवरुद्ध भएको छ। शनिबार बिहानैबाट वर्षा तथा हिमपात भइरहेका कारण हवाई सेवा अवरुद्ध भएको हो। बिहानैबाट वर्षा र हिमपात भई रहेको कारण नेपालगञ्ज तथा सुर्खेतबाट आउने हवाई सेवा अबरुद्ध भएको सिमकोट बिमानस्थलले जनाएको छ। बिहानैबाट वर्षा बढी भएको हिउँ परिरहेको कारण यो क्रम दिनभर पनि जारी रहेको […]

हुम्लामा हवाई सेवा सुचारु

सिमकोट – दुई दिनपछि हुम्ला जिल्लाको हवाई सेवा सुचारु भएको छ। शनिबार सिमकोट क्षेत्रमा हावा लाग्न रोकिएपछि हवाई सेवा सुचारु भएको हो। सिमकोट बिमानस्थलका एयरट्राफिक कन्ट्रोलर निसान झाले बिमानस्थल क्षेत्रमा हावाहुरी चल्न रोकिएपछि हवाई सेवा सुचारु रहेको बताए। बिहीबार हावाको चाप ३८ नट रहेकोमा शुक्रबार त्यो घटेर १७ नटमा झरेको कारण दुवै दिन हवाई सेवा […]

अवरुद्ध हवाई सेवा सुचारु

सिमकोट- अवरुद्ध भएको हवाई सेवा बुधबार बिहानैबाट सुचारु भएको छ। हावाहुरी लाग्न रोकिएपछि हवाई सेवा सुचारु भएको हो। अघिल्लो दिन अबरुद्ध भएको हवाई सेवा आज बिहानैबाट सुचारु भएको सिमकोट विमानस्थलले जनाएको छ। आज पहिलो उडान नेपालगञ्जबाट सीता एयरले भरेको थियो भने त्यसपछि समिट र तारा एयरले पनि भरेका थिए। आज दिनभर सुर्खेत र नेपालगञ्जबाट उडान […]

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट – हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। खराब मौसमका कारण हवाई सेवा अवरुद्ध भएको नागरिक उड्ड्यन प्राधिकरण सिमकोट शाखाका प्रमख महेन्द्र बहादुर सिंहले जानकारी दिए। हवाई सेवा अवरुद्ध हुँदा तिहार मनाउन गन्तव्यतर्फ जानुपर्ने यात्रु मर्कामा परेका छन्। शनिबार बिहानैदेखि वर्षा भएपछि उडान प्रभावित भएको हो। आइतबार मौसम खुले पनि हावा चलेका कारण […]

तीन देशसँग हवाई सेवा सम्झौता हुँदै

विश्वमा हवाई सेवा सञ्जाल विस्तार गर्न सरकारले चार देशमा हवाई सेवा (एयर सर्भिस एग्रीमेन्ट) सम्झौता गर्ने तयारी गरेको छ । सरकारले, स्वीट्जरल्याण्ड, रुवाण्डा र इन्डिोनेसियासँग दुई पक्षिय हवाई सेवा सम्झौता गर्ने तयारी गरेको हो । कुवेतसँग भने सरकारले हवाई सेवा सम्झौता संशोधन गर्न लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयले गत वर्ष नै […]

हुम्लामा हवाई सेवा अवरुद्ध

काठमाडौँ,२२ पुष । हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए […]

हुम्लामा हवाई सेवा अवरुद्ध

सिमकोट – हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ। बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ। नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन्। जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि दुई दिनदेखि जिल्ला […]

हुम्लामा अवरुद्ध हवाई सेवा सञ्चालन

सिमकोट । हावाहुरीका कारण अवरुद्ध हुम्लाको हवाई सेवा पुनः हिजोदेखि नियमित भएको छ । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाले हावाहुरीले अवरुद्ध हवाई सेवा नियमित भएको जनाएको छ । हावाहुरीले एक दिन उडान अवरुद्ध भएको थियो । हुम्लामा मौसम राम्रो भए पनि नेपालगञ्जमा हुस्सु लाग्दा शनिबार ढिलो गरी हवाई सेवा थालिएको हो । समिट, सीता र […]

हवाई सेवा दुई दिनदेखि अवरुद्ध

हुम्ला, असार ३० । हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ । मङ्गलबार बिहानदैखि कुहिरो लाग्ने र पानी परेका कारण हवाई सेवा अवरुद्ध भएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रबन्धक नबराज कटुवालले दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको बताए । उनले एकातिर खराब मौसम र अर्कोतिर बिहानैबाट […]

हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

सिमकोट– हिमाली जिल्ला हुम्लाको एक मात्र यातायातको साधन हवाई सेवा दुई दिनदेखि अवरुद्ध भएको छ। कुहिरो लागेको र पानी परेका कारण हवाई सेवा अवरुद्ध भएको हो। नागरिक उड्डायन प्राधिकरण सिमकोट शाखाका निमित्त प्रबन्धक नवराज कटुवालले दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको जानकारी दिए। यतिखेर एकातिर खराब मौसम र अर्कोतिर बिहानैबाट कुहिरो लाग्ने र पानी पर्ने […]