वर्षाका कारण ५ दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

असार ४, हुम्ला । अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा पाँच दिनदेखि अवरुद्ध बनेको छ । देशभरसहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो । निषेधाज्ञाको समयमा पनि नेपालगञ्ज सुर्खेतबाट नियमित उडान गर्दै आएका निजी हवाई उडान खराब मौसमका कारण अवरुद्ध बनेका छन् । नेपालमा भित्रिएको मनसुनका कारण जिल्लामा लगातार भएको वर्षाले हवाई उडानअवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी गराएको छ । हवाई उाडनअवरुद्ध हुँदा जिल्ला बाहिरबाट ढुवानी हुँदै आएको सामग्रीसमेत ठप्प भएको छ ।  नेपालगञ्ज सुर्खेतबाट खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी, विकास निर्माणका सामग्री, सिमकोटमा भित्रिने दैनिक उपभोग्य वस्तु हवाई सेवाअवरुद्ध हुँदा ठप्प भएको छ ।  दैनिक उपभोग्य वस्तुको ढुवानी नहुँदा सिमकोटमा समस्या हुने देखिएको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरले उडान गर्दै आएका छन् । रासस

सम्बन्धित सामग्री

५ दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध

निरन्तर वर्षाका कारण ५ दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध छ । शनिबार रातिदेखि लगातार वर्षा भएकाले आइतबारदेखि हवाई सेवा अवरुद्ध भएको हो ।

अविरल वर्षाले हुम्लामा हवाई उडान अवरुद्ध

एक मात्र यातायातको साधन हवाई यातायात सोमबार अवरुद्ध भएको छ । आइतबार रातीबाट परेको अविरल वर्षाका कारण हवाई सेवा अवरुद्ध भएको बताइएको छ ।