कोल्ड स्टोरमा ग्यास लिक हुँदा कामदारको मृत्यु

१७ कात्तिक, विराटनगर । विराटनगरमा एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा कामदारको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ४ खारजीमा रहेको रामजानकी कोल्ड स्टोरमा एमोनिया ग्यास लिक हुँदा निसास्सिएर विराटनगर ५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो । बिहीबार दिउँसो ग्यास लिक भएपछि मर्मत गर्न भित्र पसेका उनको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी […]

सम्बन्धित सामग्री

दार्चुलामा ग्यास लिक हुँदा जलेर घाइते भएका ठगुन्नाको मृत्यु

दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका बृद्धको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्। स्थानीय शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। आगलागीमा परी शान्तकुमारकी श्रीमती र छोरा घाइते भएका थिए। उपचारका लागि नोबेल हस्पिटल विराटनगर लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले जानकारी दिइन्। घाइतेको उपचार नोबेल हस्पिटलमैभइरहेको छ। आगलागीका क

काभ्रेमा ग्यास लिक, जलेर एक जना भारतीयको मृत्यु

पाँचखाल नगरपालिका–४ पुरानो बजार डेरा गरी बस्ने भारत सिलामडी बखडी घर भएका ४२ वर्षीय शंकर साहको जलेर सोमबार बिहान मृत्यु भएको छ । आफ्नै डेरामा खाना पकाउने क्रममा अचानक ग्यास लिक भई आगलागी हुँदा जलेर उनको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ

ग्यास लिक भएर आगलागी, वृद्धाको मृत्यु

काठमाडौं : गोरखा शहीद लखन गाउँपालिका–७ बुंकोटस्थित तिवारी गाउँमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। आगलागीमा परी ६९ वर्षीया केशरीमाया वस्तीको मृत्यु भएको गोरखाका एसपी केदार खनालले जानकारी दिए। उनका अनुसार आगलागीमा परी वस्तीको शरीर ९० प्रतिशत जलिसकेको अवस्थामा भेटिएको हो। शुक्रबार राति पानी वा चिया तताउन ग्यास खोल्दा आगलागी भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। बस्तीभन्दा अलि पर जंगलमा केशरीमाया एक्लै बस्ने गरेकी थिइन्। शनिबार बिहान ६ बज

सिन्धुपाल्चोकमा ग्यास लिक भएर विस्फोट, तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा तीन बालबालिकाको मृत्यु भएको छ । ग्यास विस्फोट हुँदा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङको मृत्यु भएको हो । उनीहरू क्रमशः १० वर्ष, ६ वर्ष र साढे २ वर्षका छन् । आज साँझ बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका […]

सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जना बालबालिकाको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए । मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ छिन् । किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर दुर्घटना भएको बताइएको छ । मृत्यु भएका बालबालिका १० वर्ष, ६ वर्ष र साढे २ बर्षका छन् ।

बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा एक वृद्धको मृत्यु

वीरगन्ज । बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा घाइते भएका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरी टोल बस्ने धुरी साह कानुको मृत्यु भएको हो । २५ फागुनमा राति सवा ९ बजे घरमा खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर लिक भई आगलागी भएको थियो । आगलागीमा परी कानुको […]

प्रिन्टिङ मिलमा ग्यास लिक हुँदा ४ जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते

भारतको गुजरातमा एक प्रिन्टिङमिलमा ग्यास लिक हुँदा ४ जनाको मृत्यु भएको छ । बुधवार भएको सो दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घटना गुजरातको सचिन इलाकामा रहेको विश्व प्रेम डाइन्ग एन्ड प्रिन्टिङ मिलमा घटेको हो ।  ग्यास लिक भएका कारण घटना घटेको बताइएको छ ।

अस्पतालमा अक्सिजन लिक हुँदा मर्नेको सङ्ख्या २२ पुग्यो

एजेन्सी। भारतको नासिकस्थित एक अस्पतालमा अक्सिजन ट्यांकरबाट ग्यास लिक हुँदा मर्नेको सङ्ख्या २२ पुगेको छ। भारतमा कोरोनाका बिरामीलाई अक्सिजन अभाव हुँदै आएको अवस्थामा अक्सिजनकै ट्यांकर लिक हुन पुगेको हो। महाराष्ट्रको नासिकस्थित जाकिर हुसेन अस्पतालमा ट्यांकरबाट अक्सिजन लिक भएपछि अस्पताल परिसर धूवाँले भरिएको थियो। महाराष्ट्रमा अहिले अक्सिजन नपाएर कोरोना सङ्क्रमितको मृत्यु भइरहेको सञ्चारमाध्यमले जनाएका छन्।