सिन्धुपाल्चोकमा ग्यास पड्किएर ३ जना बालबालिकाको मृत्यु

सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास लिक भएर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ । बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास विष्फोट हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले रातोपाटीलाई बताए । मृत्यु हुनेमा इशाक तामाङ, सरगम तामाङ र दिव्या तामाङ छिन् । किराना पसलसँगै रहेको खाजा पसलको ग्याँस लिक भएर दुर्घटना भएको बताइएको छ । मृत्यु भएका बालबालिका १० वर्ष, ६ वर्ष र साढे २ बर्षका छन् ।

सम्बन्धित सामग्री

जलेर एक परिवारका तीन बालबालिकाको मृत्यु

भोजपुरको हतुवागढी गाउँपालिकामा भएको आगलागीमा परी ३ जना बालबालिकाको मृत्यु भएको छ । हतुवागढी गाउँपालिका वडा नंम्वर ७, पात्ले पानीमा भएको आगलागीमा परि एकाघरकै तीन जना बालबालिकाको मृत्यु भएको हो ।

गौरमा आगलागी, ३ बालबालिकाको मृत्यु

रौतहटको सदरमुकाम गौर बजारस्थित एक घरमा आगलागी हुँदा ३ बालबालिकाको मृत्यु हुनका साथै लाखौंको धनमाल क्षति भएको छ ।विद्युतको तार सर्ट भइ गए राति ११ बजे गौर नगरपालिका–१ स्थित इस्लाम मियाको कपास डसना पसल र जाकिर बाइक ग्यारेज रहेको घरमा आगलागी भएको हो ।आगलागी हुँदा घरभित्रै सुतिरहेका १६ जनामध्ये ३ जना बालबालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा वर्ष ९ की रुखसाना खातुन, वर्ष ५ का ईमरान मन्सुरी र वर्ष ७ की सबिला खातुन रहेको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले जानकारी द

हुम्लामा पहिरोले घर पुरिएर ४ बालबालिकाको मृत्यु

हुम्लामा पहिरोमा पुरिएर ४ बालबालिकाको मृत्यु भएको छ भने ३ जना घाइतेको उद्धार गरिएको छ । चंखेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा यो घट्ना भएको हो। लगातार परेको पानीले घरमाथि पहिरो ...

सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर विष्फोट : ३ बालबालिकाको मृत्यु

बाह्रबिसे : सिन्धुपाल्चोकको बाह्रबिसेमा ग्यास सिलिण्डर विष्फोट हुँदा ३ जना बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ स्थित मानेस्वाँरामा ग्यास लिक भएर विष्फोट भएपछि मिनबहादुर तामाङको घर दनदनी बलेको थियो। दनदनी बलेको घरमा तामाङका १० वर्षीय छोरा इशाक, मिनबहादुरका भाइ कुमार तामाङका ६ वर्षीय छोरा सरगम र छिमेकी पदम तामाङकी अढाइ वर्षीया छोरी दिव्याको घरभित्रै जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक देवेन्द्र शाहले जानकारी दिए।&

पानीमा आएको करेन्ट लागेर ३ बालबालिकाको एकै ठाउँमा ज्यान गयो

दाङ :  दाङमा करेन्ट लागेर ३ जना बालबालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका १० नारायणपुर उत्तर अम्रराईका ४ वर्षीया रेणुका चौधरी, ८ वर्षीय प्रशान्त चौधरी र ३ वर्षीय अमृत चाधैरीको कुलोमा पानी तान्न राखिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।  सोही ठाउँको एक घरमा मृत्युपश्...

जाजरकोटमा पहिरोले दुई घर पुरिए, तीन जनाको मृत्यु, चार बेपत्ता :: Pahilopost.com

सुर्खेतः अविरल वर्षाका कारण गएराति जाजरकोटको सदरमुकाम खलङ्गामा पहिरो जाँदा २ घर पुरिएका छन्। पहिरोले घर पुरिँदा ३ जना बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी जाजरकोटले जनाएको छ।  जाजरकोट प्रहरी इन्सपेक्टर इन्द्रजित सुनारले पहिरोमा परी तीर्थ बोहोरा र गोपाल सुनारको घर पुरिएको जानकारी दिए। तीर्थको घरबाट तीन जनाको शव निकालिएको