वैशाख ३० मा हुने ०७९ स्थानीय तहको निर्वाचन दैलोमै आइपुग्दा सोमबार मनोनयन दर्ता गर्ने लक्ष्यका साथ नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो उम्मेदवार निश्चित गर्नमा व्यस्त देखिएका छन् । धेरै पटक छलफल र बैठकका बाबजुद जिल्लामा सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच तालमेल हुन नसकेपछि कांग्रेस र माओवादी केन्द्र एक्लै लड्ने तयारीसहित उम्मेदवार छनोटमा कस्सिएका हुन् ।