कञ्चनपुर : सत्तारुढ दल नेपाली कांग्रेससँग चुनावी तालमेलमा दूरी बढेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले उम्मेदवार चयन गर्न थालेका छन्।कांग्रेसले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय लिए पछि यी दुई दल तालमेल अनुसार उम्मेदवार चयन गर्ने मनस्थितिमा थिए।कांग्रेसका पालिका समितिले तालमेल गर्ने आवश्यकता नरहेको भन्दै घोषणा गर्न थालेपछि सत्तारुढ गठबन्धन आबद्ध चार दलबीच अनौपचारिक छलफल समेत रोकिएको छ।यस अघि चैत २१ गते सत्ता साझेदार चार दलको बैठक कांग्रेस पार्टी का