पुस २७ देखि माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय, परीक्षा के हुन्छ ?

शिक्षा मन्त्रालयले पुस २७ गतेदेखि माघ १५ गतेसम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । हालैका दिनहरूमा कोभिड-१९ को संक्रमण तीव्ररूपमा फैलिनुका साथै ओमिक्रोन भेरियन्टको संक्रमणको समेत पुष्टि भएका कारण विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा वचावटको विषयलाई विशेष ध्यान दिदै देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हने गरी यही २०७८ पौष २७ गते देखि २०७८ माघ १५सम्म विदा दिने निर्णय मन्त्रालयले गरेको हो । विदाको उक्त अवधिमा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकी मार्फत् खोप लगाउने कार्यक्रम रहेकोले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोपलगाउने कार्यमा आफ्ना बालबालिकाहरूलाई पठाईदिनुहुन सबै अभिभावकहरूमा मन्त्रालयले अनुरोध गरेको छ । विदाको अवधिमा विद्यालयहरूले सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रवन्ध मिलाउनुहुन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरूले पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाका कार्यक्रमहरू जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरू पूर्ण रूपमा पालना हुनेगरी जेड आकारमा वसाइ व्यवस्था गरी सञ्चालन गर्ने गरी प्रवन्ध गर्न मन्त्रालयले निर्देशन जारी गरेको छ । मन्त्रालयको आज बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार नै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । सीसीएमसीको आइतबार बसेको बैठकले कोभिड संक्रमण बढेकोले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । सोहि अनुसार मन्त्रालयले आज यसबारे सूचना जारी गरेको हो । सीसीएमसीले देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुले वार्षिक विदामा मिलान हुने गरी आगामी माघ १५ सम्म विदा दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत् सूचना जारी गर्न सिफारिश गर्ने । विदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समुहका पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने र जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान संचालन गर्न सहजीकरण गर्ने । यस कार्यमा प्रदेश सरकारहरुले सहयोग र सहजिकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत् तथा सबै स्थानीय तहहरुलाई विगतमा झै आवश्यक सहयोग तथा सहजिकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् अनुरोध गर्ने निर्णय गरेको थियो ।त्यस्तै सीसीएमसीले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी जेड आकारमा वसाई व्यवस्था गरी संञ्चालन गर्न, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न र भौतिक दूरीको प्रावधान कडाईका साथ परीपालना गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गर्ने निर्णय गरेको थियो।शिक्षा मन्त्रालयको आज बैठकले सीसीएमसीको सिफारिसलाई कार्यन्वयनमा लैजाने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

एसइई परीक्षा खारेज नगर्न सुझाव

राष्ट्रिय परीक्षा बोर्डले विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रावधान नहटाउन सुझाव दिएको छ । संसद्को शिक्षा, स्वास्थ्य तथा विज्ञान प्रविधि समितिमा छलफलका क्रममा रहेको विद्यालय शिक्षासम्बन्धी कानुनलाई...

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

२५ पुस, सिमकोट। चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मीन पचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । […]

सांघाईमा विद्यालय र कलेजको परीक्षा सारियो

एजेन्सी, २५ वैशाख । कोरोना भाइरसको महामारी बढेपछि चीनको औद्योगिक शहर सांघाईमा ठूलो असर परेको छ । त्यहाँको दैनिक जनजीवनमा प्रभाव परेको हो । परीक्षाहरु पनि सारिएको छ । सांघाईमा माध्यमिक र कलेज तहको इन्ट्रान्स परीक्षा एक महिना पछाडि सारिएको हो । अब जुलाईमा मात्र परीक्षा गरिने तयारी भएको छ । कोरोना भाइरसको महामारीले सांघाईमा […]

हिमपातले वार्षिक परीक्षा नहुँदै मनाङका विद्यालय बन्द

यसवर्ष कतै त्रैमासिक र कतै अद्र्यवार्षिक परीक्षा मात्रै सकिएको छ । वार्षिक परीक्षाको अझै पनि टुङ्गो छैन । मनाङका शिक्षक, विद्यार्थी र अभिभावक हिमपात अगावै लमजुङ, चितवन, पोखरा, काठमाडौँतर्फ झर्ने गर्दथे । यस पटक परीक्षा अगावै विद्यालय बन्द गरिएको छ ।

खरिदारसँगै विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृतको परीक्षा पनि स्थगित

काठमाडौँ । लोक सेवा आयोगले खरिदार, विद्यालय निरीक्षक र पाठ्यक्रम अधिकृतको लिखित परीक्षा स्थगित गरेको छ ।  आयोगले बिहीबार एक सूचना प्रकाशित  गर्दै अदालतको आदेश कार्यान्वयन गर्ने सिलसिलामा पूर्व निर्धारित कार्यक्रम अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित भएको जनाएको हो ।

कक्षा १२ को परीक्षा तयारीमा विद्यालय

काठमाडौं, साउन १२।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि पूर्ण रूपमा विद्यार्थीको भौतिक उपस्थितमै सञ्चालन गर्न निर्देशन दिएसँगै विद्यालयहरूले परीक्षाको तयारी गर्न थालेका छन्। वैशाखमा हुनुपर्ने परीक्षाको कोर्ष फागुन चैतमै सकेको थियो। कोरोना उच्च जोखिमका कारण सरेको परीक्षा चाार महिनापछि साउन ३१ गतेदेखि सञ्चालन हुने तय भएको छ। परीक्षा साउन ३१ गतेदेखि […]

गुल्मीका विद्यालय कतै बन्द कतै परीक्षा सञ्चालन

गुल्मी : देशभर कोरोनाको संक्रमण बढेसँगै सरकारले भौतिक उपस्थितिमा हुने सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि गुल्मीका केही विद्यालयहरू भने परीक्षा सञ्चालन भइरहेका छन्। केही विद्यालय भने बन्द छन्।कालीगण्डकी, चन्द्रकोट, सत्यवती, रू रू क्षेत्र, इश्मा‚ मालिका गाउँपालिका र मुसीकोट नगरपालिकाले सबै परीक्षा स्थगित गरी विद्यालयहरू बन्द गरेको गाउँपालिकाले जनाएको छ। तर‚ धुर्कोट गाउँपालिकाले भने परीक्षा सञ्चालन गरिरहेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले  गाउँपालि

परीक्षा लिने निहुँमा उपत्यकाभित्र अझैसम्म विद्यालय सञ्चालन

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर उच्च छ। अब काठमाडौंको अवस्था भयावह हुने चेतावनी विज्ञहरूले दिइरहेका छन्।सरकारले वैशाख ६ गतेबाट बढी प्रभावित काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ लगायत १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरिसकेको छ। ती विद्यालयमा वैकल्पिक माध्यामबाट पठनपाठन चलाउन सरकारले भनेको छ।तर, उपत्यकाका केही विद्यालयले नियम उल्लंघन गर्दै परीक्षा लिने निहुँमा विद्यालय सञ्चालन गरिरहेका छन्। अहिले पनि सडक

पोखराका विद्यालय बन्द नहुने, वैशाखभित्र परीक्षा सक्नुपर्ने

पोखरा । पोखरा क्षेत्रमा तत्काल विद्यालय बन्द नहुने भएको छ । पोखरा महानगरपालिका र निजी विद्यालयका छाता संगठनबीच भएको छलफलमा तत्काल पोखरा महानगर क्षेत्रभित्रका विद्यालय बन्द नगर्ने सहमति भएको हो ।दिन प्रतिदिन कोरोना संक्रमण वृद्धि भएपछि सवै भन्दा बढी संक्रमण विद्यालयमा देखिएको भन्दै सरकारले शहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तर, पोखरा क्षेत्रका विद्यालय भने तत्काल बन्द नगर्ने सहमति भएको हो । । छलफलमा तत्काल विद्यालय बन्द नगर्ने र कक्षा आठ बाहेक सम्पूर्ण कक्षाको परीक्षा य

स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी

आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन गरिएका बेला सरकारले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै परीक्षाको तयारी भइरहेको जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले विद्यालयहरूले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै शैक्षिक कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । जेठमा तय गरिएका परीक्षा कार्यक्रम सोहीअनुसार नै...