प्रतिबन्धित भारतीय रुपैयाँसहित एक पक्राउ

नेपाल प्रहरीले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ एक लाख आठ हजार ५०० नगदसहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।पक्राउ कन्हैया लालले इन्डिगो एयरको उडानमा काठमाडौंबाट भारतको दिल्ली जान लागेको अवस्थामा हातमा बोक्ने झोलामा उक्त रकम लिएर जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो

सम्बन्धित सामग्री

प्रतिबन्धित भारतीय नोट सहित २१ वर्षीय युवक पक्राउ

४ माघ, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले प्रतिबन्धित भारतीय नोट सहित एक युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं. १ छपकैया बस्ने २१ वर्षीय जटाशंकर साह सोनार पक्राउ परेका हुन् । उनको साथबाट प्रतिबन्धित भारतीय ५०० र २००० दरका नोट १ लाख रुपैयाँ फेला परेको दावी प्रहरीले गरेको छ । माघ ३ गते दिउँसो […]

त्रिभुवन विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर एबी २८७६४६६ वाहक ३२ वर्षीया वानविसा जन्तासन र राहदानी वन्बर एबी २८७९४३० वाहक ४१ वर्षीया वारापोर्न खुनसोमबाट रहेका छन् । उनीहरुलाई विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई हजार दरको चार थान र […]

प्रतिबन्धित भारतीय मुद्रासहित दुई विदेशी पक्राउ

२७ फागुन, काठमाडौं । प्रतिबन्धित भारतीय मुद्रासहित दुई विदेशी महिला पक्राउ गरेका छन् । नेपालबाट भारत जन लागेका दुवै जनालाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा थाई नागरिक ३२ वर्षीया वान्विसा जन्टासन र वारापर्न खुर्सोम्बात छन् । वान्विसाको साथबाट एक हजार र पाँचसयका एक लाख ७९ हजार ५०० र वारापर्नको साथबाट […]

पर्सामा प्रतिबन्धित भारतीय नोटसहित एक युवा पक्राउ

काठमाडौँ– पर्सा प्रहरीले प्रतिबन्धित भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ। प्रतिबन्धित एक लाख अड्चालीस हजार पाँच सय रुपैयाँसहित पर्साको बहुदरमाई नगरपालिका-४ का २५ वर्षीय अजयकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको जनाएको हो । शर्मालाई बुधबार अपरान्ह ५ बजे पक्राउ गरिएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । भारतबाट वीरगञ्ज आउँदै गरेको […]

प्रतिबन्धित भारतीय नोटसहित युवक पक्राउ

पर्सा : वीरगन्जका आसिफ अंसारी ५ लाख अवैध नेपाली हुन्डी रकमसहित पक्राउ परेको २ दिन काट्न नपाउँदै फेरि त्यहि सीमा नजिकबाट अवैध भारतीय नोटसहित पर्साकै अर्का युवक पक्राउ परेका छन्। पक्राउ पर्ने युवकसँग १ लाख ४८ हजार ५ सय प्रतिबन्धित भारतीय नोट बरामद भएको छ। सो अवैध नोट लिएर भारतबाट मोटरसाइकलमा नेपाल प्रवेश गरिसक्दा सीमा वारी चेकजाँच गरेको प्रहरीले अभियुक्तलाई रंगेहात पक्राउ गरेको हो।पक्राउ पर्ने युवक पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ का अजय कुमार शर्मा रहेको पर्साका प्रहरी नायव उ

प्रतिबन्धित भारतीय नोटसहित युवक पक्राउ

वीरगञ्ज – प्रतिबन्धित भारतीय नोटसहित एक युवक पक्राउ परेका छन्। पर्साको बहुदरमाइ नगरपालिका–४ बस्ने २५ वर्षीय अजयकुमार शर्मा प्रतिबन्धित भारतीय नोटसहित पक्राउ परेका हुन्। प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले शर्मालाई वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो। ना १५ प २३७२ नम्बरको मोटरसाइकलमा भारतबाट वीरगञ्जतर्फ आउँदै गरेका उनलाई चेकजाँच गरिएको थियो। चेकजाँच […]

प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

सप्तरी, १७ जेठ । प्रतिबन्धित भारतीय रुपैयाँ सहित युवक पक्राउ परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका(१४ बेरीयाघाटबाट १ लाख ९८ हजार ४ सय ९० प्रतिबन्धित भारतीय रुपैयाँ सहित महादेवा गाउँपालिका–५ बस्ने २० वर्षीय दिपक कुमार मण्डललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी रामपुर मलहनियाबाट खटिएको प्रहरीले जाँच […]

प्रतिबन्धित भारतीय रुपैयाँसहित एकजना पक्राउ

सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरीयाघाटबाट नक्कली भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा महादेवा गाउँपालिका–५ बस्ने २० वर्षीय दिपककुमार मण्डल रहेका छन्। उनको साथबाट एक लाख ९८ हजार ४९० बराबरको प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।

प्रतिबन्धित भारतीय रुपैयाँ सहित एक पक्राउ

मोरङ, ५ बैशाख । प्रतिबन्धित भारतीय रुपैयाँ सहित एकजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट प्रतिबन्धित ५ सय दरका २ सय ६ थान गरी कूल १ लाख ६ हजार भारतीय रुपैयाँ सहित सुनसरी धरान उपमहानगरपालिका–८ बस्ने ५५ वर्षीय नौसाद मिया पक्राउ परेका हुन् । अस्थाई प्रहरी चौकी मटेरुवाबाट खटिएको प्रहरीले जाँच […]