प्रतिबन्धित भारतीय रुपैयाँसहित एकजना पक्राउ

सप्तरी। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ बेरीयाघाटबाट नक्कली भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा महादेवा गाउँपालिका–५ बस्ने २० वर्षीय दिपककुमार मण्डल रहेका छन्। उनको साथबाट एक लाख ९८ हजार ४९० बराबरको प्रतिबन्धित भारतीय रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेका बेला उनलाई प्रहरीले पक्राउ गरेको हो।

सम्बन्धित सामग्री

प्रतिबन्धित भारतीय रुपैयाँसहित एकजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्डव्यागेज चेकिङ एरियाबाट नेपालमा प्रतिबन्धित २ हजार दरको २ लाख ४० हजार भारतीय रुपैयाँ सहित भारतीय नागरिक ४६ वर्षीय टुकाराम मल्हारी गडधेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । एअर इन्डियाको उडानद्वारा काठमाडौंबाट भारतको कलकत्ता प्रस्थान गर्न लागेका उनलाई जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ बाह्य मुलुकतर्फ लैजान […]

प्रतिबन्धित भारतीय रुपैयाँसहित पक्राउ

काठमाडौं । नेपालमा प्रतिबन्धित भारतीय रुपैयाँसहित एकजना पक्राउ परेका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा विमानस्थलबाट भारतको बिहार, नवाधा थाना अक्बरपुर बस्ने ३८ वर्षीय शिवशंकर बब्लु पक्राउ परेका हुन् । आइतबार बिहान प्रहरीले उनलाई नेपालमा प्रतिबन्धित दुई हजार दरका १०० थान गरी दुई लाख भारतीय रुपैयाँ नगदसहित पक्राउ गरेको हो...

पर्सामा प्रतिबन्धित भारतीय रूपैयाँसहित एकजना पक्राउ

काठमाडौं । पर्सामा प्रतिबन्धित भारतीय रूपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–४ बस्ने २५ वर्षीय अजयकुमार शर्मा छन् । वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोकबाट प्रतिबन्धित ५०० दरका २९६ थान र १०० दरका पाँचथान गरी एक लाख ४८ हजार ५०० भारतीय रुपैयाँसहित उनलाई पक्राउ गरिएको हो । भारतबाट वीरगन्जतर्फ आउँदै गरेको...

प्रतिबन्धित भारतीय नोटसहित रौतहटमा एक पक्राउ

काठमाडौं । रौतहटमा प्रतिबन्धित भारतीय नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साह छन् । गौर नगरपालिका–५ मेनचौकबाट पक्राउ परेका उनको साथबाट प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । भारतबाट...