‘बलि दिन’ भारत पुर्‍याइएकी बालिकाको उद्धार

काठमाडौं । बलि दिन भारत पुर्‍याइएको अवस्थामा वाग्मती प्रदेशकी १६ वर्षीया बालिकाको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनको उद्धार गरेको हो । माध्यमिक तहमा अध्ययनरत ती बालिका गत मंसिर १७ गतेदेखि सम्पर्कविहीन थिइन् । आफ्नो घरमा राम्रो सम्बन्ध नहुँदा सानै उमेरबाट मामाघरमा बसेर अध्ययन गर्दै आएकी उनी साथीको प्रलोभनमा परेर […]

सम्बन्धित सामग्री

भारत लैजान लागिएका पाँच बालिकाको उद्धार

जिल्ला प्रहरी कार्यालय बाराले भारत लैजान लागिएका पाँच जना बालिकाहरुको उद्धार गरी परिवारको जिम्मा लगाएको छ।...

बालबालिकालाई बेच्नका लागि भारत लगेको आरोपमा तीन जना पक्राउ

१५ भदौ, जनकपुरधाम । धनुषा प्रहरीले दिल्लीतर्फ लगिँदै गरेका दुई जना बालिकाको उद्धार गरेको छ । उनीहरुलाई भारतमा बेच्नका लागि लैजान लागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ पनि गरेको छ । जनकपुरधामबाट जयनगरतर्फ जाँदै गरेको नेपाली रेलमा बालिकालाई चढाएर लग्दै गरेकोअवस्थामा इनर्वा स्टेशनबाट ती बालिकाको उद्धार गरिएको र तीन जनालाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता […]

जोखिममा रहेका दुई बालिकाको रौतहटबाट उद्धार

रौतहट : प्रहरीले जोखिममा रहेका दुई बालिकाको उद्धार गरेको छ। मंगलबार जिल्लाको गौर नगरपालिका– ५ स्थित नेपाल–भारत मैत्री अनाथ आश्रमबाट अत्यधिक जोखिममा रहेका बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको हो। अन्दाजी वर्ष १३ की मनिषा कुमारी र ७ वर्षकी खुसीकुमारीको उद्धार गरी अस्थायी संरक्षण केन्द्रका कार्यक्रम संयोजक मुकेश कुशवहालाई जिम्मा लगाएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतल

सीमावर्ती क्षेत्रबाट १३ वर्षीय बालिकाको उद्धार, प्रेमी जोडी पक्राउ

नेपाल– भारत सीमावर्ती क्षेत्र विराटनगर– १५ स्थित २ नम्बर गेट नजिकबाट १३ वर्षीय बालिकाको उद्धार गरको छ ।  झापाको १३ वर्षीय बालिकालाई प्रलोभन देखाएर भारत लैजाने क्रममा प्रहरी र साना हात नामक संस्थाले सीमावर्ती क्षेत्रदेखि मंगलबार उद्धार गरेको हो ।नयाँ लुकाइ किनिदिएर भारतमा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभन देखाइ बालिकालाई बेच्ने तयारी भइरहेको सूचनाको आधारमा ती बालिकालाई उद्धार गरेको प्रहरीले जनाएको छ । गैरसरकारी संस्थासँगको सहकार्यमा बालिकाको उद्धार गरेको मोरङ प्रहरी प्रमु

वीरगञ्जबाट बालिकाको उद्धार‚ एक पक्राउ

पर्सा : वीरगञ्ज नाका हुँदै भारत लैजान लागेको अवस्थामा प्रहरीले एक बालिकालाई उद्धार गरेको छ। बैतडी घर भएकी १४ वर्षीया बालिकालाई माइती नेपाल वीरगञ्जको समन्वयमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य द्वारबाट मंगलबार उद्धार गरेको हो। माघ ७ गतेदेखि घरबाट सम्पर्कविहीन भएकी ती बालिकालाई प्रहरीले खोजतलास गरिरहेको थियो।बालिकालाई ललाई फकाई भारततर्फ लैजाँदै गरेको आरोपमा बालिकाका साथमा रहेका अर्घाखाँची सन्धिखर्क नगरपालिका– ७ घर भई हाल चितवन भरतपुर उपमहानगरपालिका–१ पोखरा बसपार्क

दिल्लीबाट ११ वर्षीया बालिकाको उद्धार, वीरगंजमा ल्याएर परिवारको जिम्मा लगाइयो

वीरगंज : वीरगंजकी ११ वर्षीया एक बालिकालाई भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरिएको छ। वीरगंज-१५ लक्षमानवास्थित घरबाट गत ११ जुलाईमा बिहान ७ बजेदेखि उनी बेपत्ता भएकी थिइन्। करिब ३ महिनापछि उनलाई फेला पार्न र परिवारमा फिर्ता ल्याउन ‘केआई नेपाल आफन्त नेपाल’ संस्थाले मद्दत गरेको हो। उद्धार गर्ने संस्थाका भारत प्रमुख…

भारतमा बेचिएकी बालिकाको चार वर्षपछि उद्धार

झापा-चार वर्ष अघि ललाइफकाईमा भारत पुगेकी नुवाकोटकी १६ वर्षिया बालिकाको उद्धार गरिएको छ । गाउँकै चिनेजानेकी महिलाले भारतमा काम लगाईदिने आश्वासन दिएर बालिकालाई भारत पु-याएको बुझिएको छ । भारतको कोलकातामा बेचिएकी बालिकालाई कोलकातास्थित महावाणिज्य दूतको कार्यालय र विश्व सेवा विस्तार संस्थाले उद्धार गरेर पूर्वी नाका काँकडभिट्ट हुँदै नेपाल ल्याएको छ ।बालिकालाई कोलकता प्रहरीले एक वर्षअघि […]

बलि दिन भारत पुर्‍याइएकी बालिकाको उद्धार

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ ।