काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ । घटस्थापनादेखि बुधबारसम्म झन्डै तीन लाखले उपत्यका छाडेका छन् । सोमबार र मंगलबार करिब एक एक लाखले उपत्यका छाडेका थिए । बुधबार पनि एक लाखभन्दा धेरै यात्रु उपत्यका बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार निजी तथा सार्वजनिक यातायातका सवारीसाधनबाट उक्त संख्यामा यात्रुहरू बाहिरिएका हुन् । […]