चितवनमा कोरोनाका कारण दुई जनाको मृत्यु

चितवन । जिल्लाका अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचाररत तनहुँका कोरोना सङ्क्रमित र चितवन मेडिकल कलेजमा उपचाररत बाराका सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४५ वर्षीय पुरुष रहेका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ४ः ४५ बजे मृत्यु भएको हो ।अस्पतालका अनुसार यही वैशाख ११ गते निमोनियाको उपचारका लागि अस्पताल भर्ना भएका उनमा १२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएका उन

सम्बन्धित सामग्री

देशभर कोरोनाका कारण ३३ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायकाअनुसार आज देशभर ३३ जनाको मृत्यु भएको छ। योसँगै देशभर कुल १० हजार २९२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा कोरोनाका कारण मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। अर्कातिर, देशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ७ हजार ४०२ पुगेको छ।

कोरोनाका कारण एकैदिन करिब १० हजार जनाको मृत्यु

काठमाडौं। कोरोना भाइरसका कारण विश्वमा बितेको २४ घण्टामा थप ९ हजार ८५६ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४३ लाख २५ हजार ६९० पुगेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा २ हजार ४८ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार १८३, रुसमा ७९२ र अमेरिकामा ६५७ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण थप ७ हजार ९१५ जनाको मृत्यु

काठमाडौं। बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण विश्वमा थप ७ हजार ९१५ जनाको मृत्यु भएको छ। वल्डोमटिर्सका अनुसार योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ लाख १५ हजार ४५४ पुगेको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ४७५ जनाको मृत्यु भएको छ। सोही अवधिमा रुसमा ७६९, इरानमा ५८८, अर्जेन्टिनामा ५०२ भारतमा ३७६ र अमेरिकामा ३०९ जनाको

कोरोनाका कारण विश्वमा एकैदिन १० हजारभन्दा बढीको मृत्यु

काठमाडौं।कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या बढ्न थालेको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार पछिल्लो चौबिस घण्टामा विश्वमा कोरोनाका कारण १० हजार २५३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण विश्वमा मृत्यु हुनेको संख्या ४२ लाख७९ हजार ३०२ पुगोके छ।बितेको चौबिस घण्टामा कोरोनाका कारण सबैभन्दा बढी इन्डोनेसियामा १ हजार ७३९ जनाको मृत्यु भएको छ। ब्राजिलमा १ हजार ८६ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण बागमतीमा थप ९ जनाको मृत्यु

कोरोना संक्रमणका कारण बागमती प्रदेशमा थप ९ जनाको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा संक्रमणबाट प्रदेशका ४ जिल्लामा एक महिला र ८ पुरुष गरि ९ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार कोरोनाका कारण काठमाडौं उपत्यकामा ६ जना र उपत्यका बाहिरका जिल्लामा ३ जनाको मृत्यु भएको हो । संक्रमणका कारण काठमाडौंमा ५ जना पुरुष, भक्तपुरमा एकजना महिला, रामेछापमा एकजना पुरुष र नुवाकोटमा २ जना पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम सेढाईले जानकारी दि

कोरोनाका कारण विश्वमा थप ८ हजार ७१३ जनाको मृत्यु

काठमाडौं।कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा विश्वमा थप ८ हजार ७१३ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ४२ लाख ३२ हजार २३२ पुगेको छ।वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु इन्डोनेसियामा १ हजार ८०८ जनाको भएको छ।सोही अवधिमा ब्राजिलमा ९२५, रुस्मा ७९२, भारतमा ५४२ र मेक्सिकोमा ४५९ जनाको मृत्यु भएको छ।

कोरोनाका कारण विश्वमा थप ७ हजार ९३६ जनाको मृत्यु

काठमाडौं।बितेको २४ घण्टामा विश्वमा कोरोना भाइरस संक्रमणका कारण थप ७ हजार ९३६ जनाको मृत्यु भएको छ।सो अवधिमा सबैभन्दा बढीको मृत्यु इन्डोनेसिया र ब्राजिलमा भएको छ।वल्डोमिटर्सका अनुसार कोरोनाका कारण इन्डोनेसियामा १ हजार ४१५ र ब्राजिलमा १ हजार ८० जनाको मृत्यु भएको छ। रुसमा ७९९ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाका कारण विश्वमा ४१ लाख ६७ हजार ६७९ जनाको मृत्यु भएको छ।

बागमती प्रदेशमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । संक्रमणका कारण प्रदेशका १३ जिल्लाका ८ जना महिला र १९ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले जनाएको छ ।मन्त्रालयका अनुसार कोरोनाका कारण सबैभन्दा बढी काठमाडौंमा एक जना महिला र ८ जना पुरुष गरी ९ जनाको मृत्यु भएको छ ।त्यस्तै ललितपुरमा ४ जना, भक्तपुरमा ३ जना, काभ्रेमा ६ जना, नुवाकोटमा २ जना, चितवन, रामेछाप र मकवानपुरमा १/१ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।संक्रमणका क

पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको मृत्यु

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण देशैभर १२ जनाको मृत्यु भएको जनाएको छ। योसँगै कोरोनाको कारण नेपालभित्र मृत्यु हुनेको संख्या तीन हजार १ सय ७६ पुगेको छ। पछिल्लो सङ्क्रमितको संख्या बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ। आइतबार देशभर कोरोनाका कारण २८ जनाको मृत्यु भएको थियो।

कोरोनाका कारण थप ४ जनाको मृत्यु

काठमाडौं। पछिल्लो चौबिस घण्टामा कोरोना भाइरसको संक्रमणका कारण देशभर थप ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण नेपालभित्र मृत्यु हुनेको संख्या तीन हजार ८३ पुगेको छ। पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढेसँगै यसबाट मृत्यु हुनेहरुको संख्या पनि बढ्न थालेको छ।