धादिङमा पहिरोले डोजर पुर्दा तीनजना बेपत्ता

काठमाडौं : धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन्।रुबीभ्याली-१ तिप्लिङमा सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए। बेपत्ता हुनेमा डोजर चालक, सहचालक र सडक समितिका एक जना रहेको तामाङले बताए।घट्ना स्थलमा अझै प्रहरी पुग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय धादिङले पहिरोमा तीनजना पुरिएको खबर आएको र उद्धारका लागि टोली परिचालन गरिएको जनाएको छ। घटनास्थल नजिकको सेर्तुङ प

सम्बन्धित सामग्री

धादिङ पहिरोमा डोजरसहित बेपत्ता तीनजना अझै भेटिएनन्

काठमाडौं । धादिङमा पहिरोमा परी बेपत्ता भएकाहरू अझै भेटिएका छैनन् । रुबीभ्याली गाउँपालिका–१ मा गएको पहिरोमा परी बेपत्ता भएका डोजर चालक आकाश तामाङ, सहचालक राजु तामाङ र निर्माण व्यवसायी स्थानीय अनिश तामाङ अझै भेटिएका छैनन् । हेलिकोप्टरसमेत परिचालन गरी उनीहरूको खोजीकार्य जारी छ । ठूलो पहिरो गएको र उनीहरूको खोजीकार्य जारी रहेको...

धादिङ पहिरोमा बेपत्ता तीनमध्ये एकजनाको पहिचान खुल्यो

काठमाडौं : धादिङको रुबीभ्याली गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजरसहित बेपत्ता भएका तीनजनाको उद्धारका लागि हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली गएको छ।रुबीभ्याली–१ तिप्लिङमा सडक खन्ने क्रममा बिहीबार बिहान ७ बजे सुक्खा पहिरो खस्दा डोजरसहित तीनजना पुरिएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष चेरुङ तामाङले जानकारी दिए। पुरिएका डोजर चालक, सहचालक र स्थानीय एक जनाको उद्धारका लागि सशस्त्र प्रहरीलाई पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले थाहाखबरलाई जानकारी दिए।धादिङमा प

धादिङमा पहिरो : डोजर पुरियो, तीनजना बेपत्ता

काठमाडौं । धादिङमा पहिरो खस्दा डोजरसहित तीनजना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा सडक खन्दै गर्दा पहिरो खसेको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । आज बिहान ८ बजेतिर पहिरो खसेको हो । धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले उद्धारकार्य भइरहेको जानकारी दिए । ‘‘पहिरो खस्नसाथ स्थानीय प्रहरी टोली परिचालित गरेका...

धादिङमा बाटो खन्दै गर्दा पुरिएर तीनजना बेपत्ता, डोजर पनि पुरियो

धादिङ । धादिङमा बाटो खन्ने क्रममा पहिरो खस्दा तीनजना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका-१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजर पनि पुरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राकेश सिंहले जानकारी दिए । सिंहका अनुसार चालक, सहचालक र उपभोक्ता समितिका एकजना बेपत्ता रहेको प्रारम्भिक जानकारी आए पनि विस्तृत विवरण आइसकेको छैन । खोज […]