डडेल्धुरा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा आइपुगेका छन्। देउवा बिहीबार दिउँसो डडेलधुराको अमरगढी पुगेका हुन्।
देउवा आउने भएपछि अमरगढीमा बाम लोकतान्त्रिक गठबन्धनले आफ्नो शक्ति प्रदर्शन गरेको छ। देउवा सहभागी कार्यक्रममा हजारौं नेता कार्यकर्ताहरु भेला भएका छन्।