एमाले बैठकले पार्टीको विधान संशोधन गरेर आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन प्रस्ताव तयार गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, टोप बहादुर रायमाझी र शंकर पोख्रेल रहेको ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
प्रदेश मातहतका जिल्ला कमिटीलाई जिल्ला संगठन कमिटीमा रुपान्तरण गर्न र समयमै अधिवेशन गर्न तथा बाकी स्थानीय तहका कमिटीहरूलाई पनि व्यवस्थित गर्ने जिम्मेदारी सात वटै प्रदेश कमिटीलाई सुम्पिएको छ ...