इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा महारथी क्लबहरू लिभरपुल र चेल्सी विजयी भएका छन् । मर्सीसाइड डर्बीअन्तर्गत घरेलु मैदान एनफिल्डमा लिभरपुलले एभर्टनलाई २-० अन्तरले हरायो ।पहिलो हाफमा एभर्टनको बलियो रक्षापंक्ति तोड्न नसकेको लिभरपुलका लागि दोस्रो हाफमा जित दिलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक एक गोल गरे । ६२औँ मिनेटमा रोबर्टसनले गोल गर्दै अग्रता दिलाए । ८५औँ मिनेटमा ओरिगीले गोल गर्दै सहज जित दिलाए ।जितसँगै लिभरपुलले ३३ खेलबाट ७९ अंक जोडेको छ र शी