‘ईभी शो’को आकर्षण : १६ लाखको सिटी स्प्रीडदेखि २ करोड ३० लाख मूल्यको टेस्लासम्म (भिडियोसहित)

नेपालकै पहिलो ‘ईभी अटो शो’ बिहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । ‘अटो शो’ कुम्भ मेलाकै रुपमा चिनिने नाडा अटो शो यस पटक भने ईभी अटो शोमा रुपान्तरण भएको हो । यद्यपि, नेपालमा पहिलो पटक आयोजना हुँदै गरेको ईभी शोमा विभिन्न ब्राण्डको उत्साहपूर्ण सहभागिता देखिएको छ ।असोज ६ गतेदेखि ९ गतेसम्म ४ दिन चल्ने ईभी शोमा ९ वटा चारपाङ्ग्रेसहित एउटा तीन पाङ्ग्रे (अटो), १६ वटा दुई पाङ्ग्रे र अन्य अटो कम्पोनेट गरी कुल ५१ वटा ब्राण्डले सहभागिता जनाएका छन् । जसमा ४ वटा वित्त कम्पनीक

सम्बन्धित सामग्री

विद्युतीय भुक्तानीले देखाएको बाटो

स्मार्टफोन तथा इन्टरनेटको बढ्दो पहुँच, बैंक वित्तीय संस्था र विभिन्न वालेट कम्पनीको सेवा विस्तार तथा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारी नीतिका कारण मोबाइलबाट भुक्तानी गर्ने प्रवृत्ति निकै बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को तथ्यांकले मोबाइल बंैकिङ कारोबार ४२ प्रतिशत तथा क्यूआर कोडमार्फत भुक्तानी १०७ प्रतिशत र मोबाइल वालेटको प्रयोग १४ प्रतिशतले बढेको छ । यसले बिस्तारै नगदरहित कारोबारलाई सम्भव बनाउँदै लगेको देखिन्छ भने भोलिका दिनमा डिजिटल इकोनोमीको बाटो खुल्नेसमेत देखिन्छ ।  विद्युतीय भुक्तानीमा युवा वर्गको आकर्षण देखिएको छ भने पुरानो पुस्ता यसको प्रयोगमा हिचकिचाइरहेको अवस्था पनि छ । यसबाट हुने कारोबार शतप्रतिशत सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्ने हो भने पुरानो पुस्ता पनि यसमा अभ्यस्त हुने देखिन्छ । २०८० असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ, क्यूआरमार्फत ३० अर्ब १४ करोड रुपैयाँ तथा वालेटमार्फत २० अर्ब ३२ करोड रुपैयाँ कारोबार भएको छ । एक वर्षको अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता ३० लाख थपिएका छन् । २०७९ असारमा १ करोड ८३ लाख जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८० असारमा २ करोड १३ लाख पुगेका छन् । यस्तै वालेटका प्रयोगकर्ता १ करोड ३६ लाखबाट १ करोड ८९ लाख पुगेका छन् । यसरी तथ्यांक बढ्दै जानुको कारण प्रविधिको प्रयोगले सहजता भइरहेको छ भनेरै हो ।  अहिले नेपालमा जसरी बैंक तथा वित्तीय संस्थाले प्रविधिको प्रयोगलाई जोड दिएका छन्, त्यसैगरी सबै सेवाप्रदायक कार्यालयले पनि त्यसलाई अँगाल्न सक्नुपर्छ । अनि मात्र देशमा एउटै खाले संयन्त्रको विकास हुन्छ । यतिमात्र होइन, कनेक्ट आईपीएस, आरटीजीएस, पोस, र ईकमर्सको प्रयोग पनि बढ्दो छ । यी सबै विद्युतीय भुक्तानीकै माध्यम हुन् । एटीएम मेशिनबाट पैसा निकाल्नेको संख्या पनि बढ्दो छ । यद्यपि यो विद्युतीय भुक्तानीको माध्यम भने मानिन्न किनकि यसबाट नगद निकालेर कारोबार गरिन्छ । विद्युतीय कारोबारले समयको बचत हुन्छ र लागत पनि कम गर्छ । तर, नेपालको आफ्नै पेमेन्ट गेटवे नहुँदा अन्तरबैंक कारोबारका लागि विदेशी गेटवे प्रयोग गर्नुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकले आफ्नै गेटवे बनाउने भनी तयारी थालेको पनि वर्षौं बितिसक्यो । यसमा विलम्ब हुँदा अन्तरबैंक कारोबारका लागि पैसा विदेशिइरहेको छ ।  अर्को, आफ्नै गेटवे हुँदा विद्युतीय भुक्तानी केही सस्तो बनाउन सकिन्छ । यसो भयो भने नगद कारोबार बिस्तारै हट्दै जानेछ । नोट छपाइका लागि लाग्ने खर्चसमेत यसले जोगाउनेछ । पारदर्शिताका लागि विद्युतीय कारोबार महत्त्वपूर्ण हुन्छ । मोबाइल बैंकिङलाई प्रभावकारी बनाउन सक्ने हो भने गरीबी निवारणमा समेत योगदान पुग्ने तथ्य केही अफ्रिकी देशले प्रमाणित गरिसकेका छन् ।  अहिले विद्युतीय भुक्तानी गर्दा असफल हुने, इन्टरनेटको शुल्क महँगो, तथा प्रविधिको प्रयोगको अज्ञानता आदि कारणले स्मार्टफोनको व्यापकताको दाँजोमा विद्युतीय भुक्तानी बढ्न सकेको छैन । त्यसैले आफ्नै गेटवे बनाउनेदेखि कारोबार शुल्क घटाउनेसम्मका काम गरेर विद्युतीय भुक्तानी बढाउन सकिन्छ ।  नेपालमा जसरी बैंक तथा वित्तीय संस्थामा नयाँ प्रविधिको प्रयोग बढ्दो छ, त्यसैगरी सरकारी निकायले भने नयाँ प्रविधिमा सक्रियता देखाएको पाइँदैन । अझै पनि कैयन् सरकारी कार्यालयमा कर्मचारीले रजिस्टरमा हाजिरी गर्ने प्रचलन छ । पक्कै पनि प्रविधिको प्रयोगमा एकैखालै प्रणालीको आवश्यकता पर्छ । यस्तो प्रणाली सबैका लागि एउटै हुन्छ । कागजमा जस्तो यसमा व्यक्तिले आफूले चाहेजस्तो मिलाउन सक्ने सम्भावना अलि कम हुन्छ । व्यक्तिको साटो प्रणाली हावी हुने हुँदा अनुशासनको विकास भई लक्ष्य प्राप्तिमा मद्दत पुग्छ । अहिले नेपालमा जसरी बैंक तथा वित्तीय संस्थाले प्रविधिको प्रयोगलाई जोड दिएका छन्, त्यसैगरी सबै सेवाप्रदायक कार्यालयले पनि त्यसलाई अँगाल्न सक्नुपर्छ । अनि मात्र देशमा एउटै खाले संयन्त्रको विकास हुन्छ, गफ होइन काम गरेको देखिन्छ । त्यसैले बैंक तथा वित्तीय संस्थाले गरिरहेको प्रविधिको प्रयोग सबैका लागि उदाहरणीय बन्नुपर्छ ।

मोबाइलबाट भुक्तानीमा सर्वसाधारणको आकर्षण बढ्दो

काठमाडौं । मोबाइलमार्फत बैंकिङ कारोबार गर्न तथा कारोबारको भुक्तानीमा सर्वसाधारणको आकर्षण बढेको छ । स्मार्टफोन तथा इन्टरनेटको बढ्दो पहुँच, बैंक, वित्तीय संस्था र विभिन्न वालेट कम्पनीको सेवा विस्तार तथा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने सरकारी नीतिका कारण प्रयोगकर्ताको संख्यासँगै कारोबार रकम पनि बढ्दै गएको हो ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०८० असारमा मोबाइल बैंकिङमार्फत २ खर्ब ३३ अर्ब ४४ करोड रुपैयाँ, क्यूआरमार्फत ३० अर्ब १४ करोड रुपैयाँ तथा वालेटमार्फत २० अर्ब ३२ करोड रुपैयाँ कारोबार भएको छ । एक वर्षअघिको तुलनामा मोबाइल बैंकिङ कारोबार ४२ दशमलव ९९ प्रतिशतले वृद्धि हुँदा क्यूआर कोडमार्फतको भुक्तानी १०७ दशमलव ५४ र वालेटको १४ दशमलव ४९ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले बताएको छ ।  एक वर्षको अवधिमा मोबाइल बैंकिङका प्रयोगकर्ता मात्र ३० लाख थपिएका छन् । २०७९ असारमा १ करोड ८३ लाख जना मोबाइल बैंकिङ प्रयोगकर्ता रहेकोमा २०८० असारमा २ करोड १३ लाख पुगेका छन् । यस्तै वालेटका प्रयोगकर्ता १ करोड ३६ लाखबाट १ करोड ८९ लाख पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।  हाल बैंक, वित्तीय संस्थाका अतिरिक्त विभिन्न भुक्तानी प्रणाली सञ्चालक तथा सेवाप्रदायक कम्पनीले समेत मोबाइल भुक्तानी सेवा सञ्चालन गरिरहेका छन् । विद्युतीय भुक्तानी बढाउन राष्ट्र बैंकले निजी कम्पनीलाई समेत मोबाइल वालेट सञ्चालनको अनुमति दिँदै आएको छ । हाल २७ ओटा कम्पनीले वालेट सेवा सञ्चालन गर्छन् ।  यसैगरी नेपाल राष्ट्र बैंकले कोभिड–१९ महामारीपछि विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्दै कारोबारको सीमा बढाउँदै लगेको छ ।  हाल मोबाइल बैंकिङबाट प्रतिदिन ३ लाख, बैंक खाताबाट वालेटमा तथा बालेटबाट बैंक खातामा प्रतिदिन २ लाख र प्रतिमहीना १० लाख रुपैयाँ कारोबार गर्न पाउने सीमा छ । यस्तै एक वालेटबाट अर्को वालेटमा प्रतिदिन ५० हजार र प्रतिमहीना ५ लाखको सीमा तोकिएको छ । विदेशबाट रेमिट्यान्स (विप्रेषण) पनि सिधै वालेटमा पठाउन सकिने सुविधा दिएको छ ।  हाल बैंकहरूले मोबाइल बैंकिङमार्फत सम्पूर्ण बैंकिङ सेवा र कारोबार गर्न पाउने सुविधा दिएका छन् । अर्को बैंक खातामा रकम भुक्तानीदेखि बजारमा किनमेल, मोबाइल, टेलिफोन, इन्टरनेट, खानेपानीलगायत बिल तिर्न पनि मोबाइल बैंकिङ तथा वालेट प्रयोग गर्न सकिन्छ ।  क्यूआर कोडलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले दर्ता नभएका व्यवसायीका लागि समेत क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था गरेको छ । स्थायी लेखा नम्बर लिएका एकल स्वामित्वमा सञ्चालित व्यवसायीको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको बचत खातामा रकमान्तर हुने गरी क्यूआर कोड उपलब्ध गराउन सक्ने व्यवस्था छ । यसैगरी स्थायी लेखा नम्बर नलिएका दैनिक ५ हजारसम्मको व्यापारिक कारोबार गर्ने प्राकृतिक व्यक्ति–खुद्रा व्यापारीलाई समेत आधिकारिक परिचयपत्रको आधारमा उसको नाममा मर्चेन्टका रूपमा क्यूआर कोड उपलब्ध गराउन सकिने प्रावधान छ ।

२.४० करोडसम्मका विद्युतीय गाडी नाडा इभी एक्स्पोमा, ६ लाखसम्मका बाइकमा आकर्षण

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा भइरहेको नाडा इभी एक्स्पोमा साढे ३ लाखदेखि ६ लाख रुपैयाँसम्मका बाइक र ३० लाख रुपैयाँदेखि २ करोड

ङादी ग्रुप पावरको शेयरमूल्यमा निरन्तर वृद्धि, सोमवार सर्वाधिक रकमको कारोबार

साउन ११, काठमाडौं । नेपालको शेयर बजारमा पछिल्लो समय जलविद्युत् कम्पनीको शेयरप्रति लगानीकर्ताको आकर्षण बढीरहेको अवस्थामा सोमवार ङादी ग्रुप पावरको सर्वाधिक रकमको शेयर कारोबार भएको छ ।  यो दिन कम्पनीको रू. ३९ करोड ३० लाख ३७ हजार बराबरको ४ लाख ६९ हजार ५६५ कित्ता शेयर कारोबार भएको हो । कम्पनीको सर्वाधिक रकमको कारोबारसँगै मूल्य पनि सर्किट लेभलमै बढेको छ । यसर्थ कम्पनीको शेयर सर्वाधिक कारोबार भएको अवस्थामा पनि शेयर खरीद माग बढी भएको बुझिन्छ । शेयर बजारमा कम्पनीहरुको शेयरको खरीद माग र विक्री मागको आधारमा मूल्य निर्धारण हुने गर्दछ । यस कम्पनीको शेयरमूल्य असार २९ गतेदेखि निरन्तर बढेको छ । असार २८ गते रू. ४७७ अन्तिम मूल्य कायम भएको कम्पनीको असार २९ गते प्रतिकित्ता रू. १६ ले बढेर अन्तिम मूल्य रू. ४९३ कायम भएको थियो । त्यसपछि निरन्तर मूल्य वृद्धि भई साउन ११ गते कम्पनीको अन्तिम मूल्य रू. ८३९ दशमलव ८० कायम भएको छ । कम्पनीको शेयरमूल्य आइतवार र सोमवारनै सर्किट लेभलमा बढेको हो । आइतवार पनि कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको थियो । आइतवारकोे तुलनामा सोमवार कम्पनीको अन्तिम शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ७६ दशमलव ३० ले बढेको हो ।   हाल उक्त कम्पनीको चुक्तापूँजी रू. ५८ करोड ९१ लाख १० हजार रहेको छ । कम्पनीले हालसम्म गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छैन । तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको जगेडा कोषमा रू. ४ करोड १६ लाख २७ हजार छ । उक्त अवधिसम्म कम्पनीले २ करोड ८० लाख ९५ हजार खुद नाफा गरेको थियो । प्रतिशेयर आम्दानी रू. ६ दशमलव ३६ रहेको यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०७ दशमलव शून्य ७ रहेको छ । कम्पनीले आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीको लाभांश इतिहासमा हालसम्मकै उच्च लाभांश १० दशमलव ५३ प्रतिशत रहेको छ । विगत पाँच आर्थिक वर्षको लाभांश इतिहासलाई हेर्दा कम्पनीले तीन आर्थिक वर्ष नगद लाभांश मात्र वितरण गरेको छ भने गत आर्थिक वर्षसँगै आर्थिक वर्ष ०७३/ ७४ को सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश बाडेको थियो । यस वर्ष अझ राम्रो लाभांश दिने अपेक्षासहित लगानीकर्ता कम्पनीको शेयर खरीदमा सक्रिय रहेको देखिन्छ ।